सन् २०१२-२०१३ को प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिमियर लिग
संस्करण२०१२–१३
विजेताम्याचेस्टर युनाइटेड
च्याम्पियन्स लिगम्यानचेस्टर युनाइटेड
युरोपा लिगस्वानसी सिटी
खेलिएका खेलहरू३३७
गोलहरू९३० (प्रति खेलमा २.७६)
सर्वाधिक गोलकर्तारोबिन भान पर्सी
(२४ गोलहरु)[१]
Biggest home winचेल्सी ८–० एस्टन भिल्ला
गृहमैदान बाहिर विजयीक्विन्स पार्क रेन्जर्स ०–५ स्वानसी सिटी
सर्वाधिक अङ्कआर्सनल ७–३ न्युक्यासल
लामो विजय यात्रा७ खेल[२]
म्यान्चेस्टर युनाइटेड
लामो अपराजित यात्रा१८ खेल[२]
म्यान्चेस्टर युनाइटेड
लामो जितविहीन यात्रा१६ खेल[२]
क्विन्स पार्क रेन्जर्स
लामो पराजय यात्रा७ खेल[२]
रिडिङ
सर्वाधिक उपस्थिति७५,६०५[२]
म्यानचेस्टर युनाइटेड १-० रिडिङ
(१६ मार्च २०१३)
सबैभन्दा कम उपस्थित१५,४३६[२]
विगन एट्लेथिक ३–२ रिडिङ
(२४ नोभेम्बर २०१२)
औसत उपस्थिति३५,७४५[२]

सन् २०१२-२०१३को प्रिमियर लिग (प्रायोजक भएको कारण बारक्लेज प्रिमियर लिग भनेर चिनिने) बेलायती फुटबल क्लबहरूको लागि व्यवसायिक लिग हो । सन् १९९२ देखि सुरु भएको यो लिग एक्काइसौं संस्करण हो । यसपालीको खेल तालिका सन् २०१२ जुन १८ मा सार्वजनिक भएको थियो ।[३][४] यो फुटबल लिग सन् २०१२ अगष्ट १८मा सुरु भएर सन् २०१३ मे १९ तारिखमा सम्पन्न भएको हो । [४] यसभन्दा अघि सन् २०११-१२को सिजनमा जित हासिल गरेर म्यानचेस्टर सिटी यसपाला डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा उत्रेको थियो । म्यान्चेस्टर सिटीको लागि सन् १९६७–६८ देखि अहिलेसम्मको पहिलो जित थियो ।

सन् २०१३ अप्रिल २२मा ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड यो सिजनको उपाधि विजेता भएको छ । म्यान्चेस्टर युनाइटेडका लागि यो उपाधिमाथिको १३औं तथा इङ्लिस उपाधिमाथिको २०औं विजय हो । पाँच खेल खेल्न बाँँकी रहँदा नै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको पूर्व विजेता टिम म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेडभन्दा १६ अङ्कले पछि परेपछि युनाइटेडलाई विजेता घोषणा गरिएको हो ।[५][६] सन् २००५-०६मा चेल्सीलाई विजेता घोषणा गरिएपछि विजेता बारे अप्रिलमा निर्णय लिइएको यो पहिलोपटक हो । त्यस्तै प्रिमियर लिगको इतिहासमा चारवटा खेल बाँँकी हुँदा नै खेलको विजय सुनिस्चित भएको यो चौथो पटक हो । यसभन्दा अघि सन् २००३-०४मा आर्सनल यसैगरी च्याम्पियन घोषित भएको थियो ।[७] बेलायती राष्ट्रिय फुटबल टिम व्यवस्थापक रोय हड्सनले युनाइटेडका व्यवस्थापक एलेक्स फर्गसनलाई २१ सिजनमा १३ उपाधि जिताउन सफल जादुगरको संज्ञा दिएका छन् ।.[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Barclays Premier League Stats: Top Goal Scorers – 2012–13", ESPN Soccernet, Entertainment and Sports Programming Network (ESPN), अन्तिम पहुँच २५ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१२ मिति
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Barclays Premier League Stats – 2012–13", ESPN Soccernet, Entertainment and Sports Programming Network (ESPN), अन्तिम पहुँच १८ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१३ मिति
  3. "Fixtures out on Monday", manutd.com, १६ जुन २०१२, अन्तिम पहुँच १७ जुन २०१२ 
  4. ४.० ४.१ "When does the 2012/13 season start?", premierleague.com, Premier League, ८ मे २०१२, अन्तिम पहुँच १५ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१२ मिति
  5. "Sir Alex Ferguson hails Robin van Persie's 'goal of the century'", Guardian UK, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३ 
  6. "Man United 3 Aston Villa 0", Daily Mail, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३ 
  7. "The Champions by Numbers: How does Man United's 20th league title success compare to the others?", Daily Mail, २२ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३ 
  8. "Sir Alex Ferguson is a magician, says England boss Roy Hodgson", BBC Sport, २३ अप्रिल २०१३, अन्तिम पहुँच २३ अप्रिल २०१३