सपना प्रधान मल्ल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सपना प्रधान मल्ल | |
---|---|
सर्वोच्च अदालत | |
पद बहाली २०७३ साउन १७ | |
व्यक्तिगत विवरण | |
जन्म | १९६३ नोभेम्बर १५[१] |
नागरिकता | नेपाली |
अभिभावक | गोविन्दबहादुर तथा राधा प्रधान |
पेशा | न्यायाधीश |
सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्यरत छिन्।[२]
शिक्षा
[सम्पादन गर्नुहोस्]नेपाल ल क्याम्पस (त्रिवि)बाट कानुनमा स्नातक मल्लले दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरी हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्रेसन) कोर्स पूरा गरेकी छिन्। वि. सं. २०४३ साल चैतमा उनले अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी हुन्। [३]
योगदान
[सम्पादन गर्नुहोस्]वि. सं. २०६५ वैशाखमा पहिलो संविधानसभामा सदस्य [४]भएकी सपनाले वर्तमान संविधानलाई लैंगिकमैत्री, सीमान्तकृतमैत्री तथा प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएकी छिन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]