भक्ति थापा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सरदार श्री भक्ति थापा | |
|---|---|
![]() सरदार भक्ति थापा | |
| देउथलका महावृद्धवीर | |
| व्यक्तिगत विवरण | |
| जन्म | सन् १७४१ लमजुङ जिल्ला, नेपाल |
| मृत्यु | सन् १८१५ देउथल, उत्तराखण्ड, भारत |
| सन्तान | रामदास सिंह थापा |
| पुरस्कार | राष्ट्रिय विभूति |
| सैन्य सेवा | |
| निष्ठा | |
| श्रेणी | सरदार |
| लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध |
भक्ति थापा क्षेत्री वि.स. १८७१ सालतिर नेपाल-अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ।
सुरुवात
[सम्पादन गर्नुहोस्]
उनी लमजुङ राज्यको पुँवर थापा परिवारमा जन्मेका थिए ।[१] उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडे । गोरखा (नेपाल) संगको अन्तिम् युद्धमा पराजित भै युद्धबन्दि का रूपमा काठ्माडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा संलग्न भएका थिए । [स्रोत नखुलेको]
जीवन र मृत्यु
[सम्पादन गर्नुहोस्]
७३ वर्षको उमेरमा नेपाल-अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गरेका थिए। उक्त युद्धमा अङ्ग्रेज हमलामा परि वि.स. १८१५(७४बर्ष)साल वैशाख ६ गते उनको मृत्यु भएको थियो। उनको सहासको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो। अङ्ग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तराखण्ड राज्यमा अवस्थित छ। [स्रोत नखुलेको]
प्रसिद्धी
[सम्पादन गर्नुहोस्]७३ वर्षको वृद्ध उमेरमा नेपाली सेनाको नेतृत्व गर्दै बेलायती तालिमप्राप्त जवान सैनिक फौजमाथि हमला गरेका भक्ति थापा एक अमर्त्य देशभक्तिको उदाहरण हुन् । बेलायती फौजले दोसला ओडाएर सम्मानपूर्वक उनको लाश जिम्मा लगाएका थिए । [स्रोत नखुलेको]
