सलोनी असवानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सलोनी असवानी
Saloni Aswani
जन्मवन्दानी असवानी[१]
(1977-06-01) १ जुन १९७७ (उमेर ४६)
उल्हासनगर, महाराष्ट्र, भारत
अन्य नामसलोनी
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००३–वर्तमान
मातापितारेशमा असवान, करमचन्द असवानी[१]

सलोनी असवानी एक भारतीय चलचित्र अभिनेत्रीमोडल हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा आफ्नो करियरको सुरुवात गर्न तिर लागिन् । तत्पश्चात उनले विभिन्न दक्षिण भारतीय चलचित्रहरुमा अभिनय गर्दागर्दै एउटा उल्लेख्य कमर्सियल सफलता[२][३] त प्राप्त गर्न सकिनन् तर उनले एस.एस. राजमौलीको सन् २०१० मा आएको चलचित्र "मर्यादा रमन्ना" बाट ख्याती प्राप्त गरेकी थिइन् । तत्पश्चात विभिन्न तेलुगु उच्च प्रोडक्सनहरुमा मुख्य भूमिकाहरुमा देखिँदै आइरहेकी छन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

असवानीको जन्म भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा सिन्धी भाषा बोल्ने परिवारमा वन्दनाको रुपमा भएको हो । उनको पिता नार्कोटिक्स (भारतमा रहेको लागूऔषध नियन्त्रण कार्यालय) मा सहायक कमिसनर थिए ।[२] जब उनी लगभग ५ वर्षकी थिइन् त्यतिबेला उनको परिवारको सीजिएस क्वार्टरमा बसोबासका लागि मुम्बईको वडाला स्थानान्तरण भएको थियो ।[४] विद्यालयको पढाइ सकेर, मुम्बईमा अवस्थित न्यु मेराइन लाइन्स/चर्चगेटमा रहेको श्रीमती नाथीबाई दामोदर ठाकरे विश्वविद्यालयमा साइकोलोजी विषयमा उनले ग्रयाजुएट भएकी थिईन ।[२] उनी सधैं अभिनयमा आफ्नो रुची राखेकी थिईन र यस कुरामा उनको आमाले पनि उनलाई समर्थन गरिरहेकी थिइन[३][५][६][७][८] जबकी उनको पिताले उनलाई "कुनै राम्रो आदरार्थी जागिर गर्न" अभिप्रेरित गर्दथे[२]। उनले उनको पितालाई पत्तो नदिईकन आफ्नो एउटा पोर्टफोलियो तयार पारी मोडलिङ एजेन्सीहरुमा पठाएकी थिइन[९][१०]। उनी टेलिभिजनमा प्रशारित विभिन्न विज्ञापनहरु जस्तै:- भ्यासलिन, लाइफबोय, पारासुट तेल, मूभ, चिक शयाम्पू, थ्री रोजेज टी र मीरा साबुनमा नजर आएकी छन्[३]। उनले आफ्नो शिक्षा करियरमा हुँदा, उनी जहिले नि ड्रामा, श्रीदेवी जी को मिमिक्री गर्ने गर्दथे । सलोनीले थिएटर ग्रुप काला सांसदमा पनि भाग लिएकी थिइन ।[२] अनि अशोक कुमार ड्रामाटिक एकेडमी जो कि उनको छोरी प्रिती गाङ्गुलीले चलाउने गर्थी त्यहाँबाट सलोनीले अभिनय गर्न सिकेकी पनि थिइन ।[२][११][१२][१३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

साँचो
Films that have not yet been released यसले चलचित्र रिलिज नभएको इङ्गित गर्दछ
वर्ष शीर्षक भूमिका भाषा टिप्पणी सन्दर्भ सामग्री
२००३ दिल परदेशी हो गया रुख्सा खान हिन्दी बलिउड पदार्पण
२००५ धना ५१ लक्ष्मी तेलुगु टलिउड पदार्पण
ओका ओरिलो ललिता तेलुगु
२००६ चुक्कालो चन्द्राडू शालिनी तेलुगु

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Saloni Biography", movies.dostana.com, अन्तिम पहुँच २०१२-०१-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "Saloni interview – Telugu Cinema interview – Telugu film actress", Idlebrain.com, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 
  3. ३.० ३.१ ३.२ "Saloni interview on Rajamouli's Maryada Ramanna >> Tollywood Star Interviews", Ragalahari.com, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २८ अक्टोबर २०१० मिति
  4. "Saloni's back in Tamil films for an item number", Deccan Chronicle, २ नोभेम्बर २०११, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०११ मिति
  5. Special Correspondent (२९ जुलाई २०१०), "Cities / Vijayawada : I am basking in the success of Maryada Ramanna, says director", The Hindu (Chennai, India), अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 
  6. "Maryada Ramanna film review – Telugu cinema Review – Sunil & Saloni", Idlebrain.com, २३ जुलाई २०१०, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 
  7. "Saloni is on cloud nine", The Times of India, ५ अगस्ट २०११, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२  = Archive.today अभिलेखिकरण २१ जुलाई २०१२ मिति
  8. "Saloni interview on Telugammayi >> Tollywood Star Interviews", Ragalahari.com, २ अगस्ट २०११, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 
  9. "Dubai Babu Review – Kannada Movie Review by RGV", Nowrunning.com, २३ मे २००९, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १४ फेब्रुअरी २०१२ मिति
  10. Super Admin (२९ मे २००९), "Dubai Babu Review | Actress Nikitha", Entertainment.oneindia.in, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०१० मिति
  11. "Saloni Aswani returns to Sandalwood – The Times of India", The Times of India 
  12. "Meelo Evaru Koteswarudu Teaser Out !" 
  13. https://timesofindia.indiatimes.com/entertainment/telugu/movies/photo-features/tollywood-actresses-who-are-away-from-the-silver-screen/anuradha-mehta/photostory/65502429.cms

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]