सिक्किम अकादेमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिक्किम अकादेमी भारतको सिक्किम राज्यको सरकारद्वारा स्थापित प्रज्ञिक संस्था हो। यसको कार्यालय गान्तोकको सोनाम छिरिङ मार्गमा रहेको छ। यसका अध्यक्ष सानु लामा रहेका छन्। सन् १९७८-देखि नै सिक्किम अकादेमीको स्थापनाको प्रयास भए पनि सिक्किम सरकारले १९९८-मा आएर सिक्किम अकादेमीको स्थापना गऱ्यो। शुरुमा यस संस्थाको अध्यक्ष तुलसीराम कश्यप, महानन्द पौड्यालसानु लामा लाई मनोनित गरिए पनि यसले सक्रियता देखाउन नसपछि सन् २००२, अप्रेल ११-मा सिक्किम सरकारबाट सिक्किम अकादेमी अधिसूचना जारी गरी सांस्कृतिक मामिला एवं धरोहर विभाग अन्तरगत यसको गठन भयो।

राज्यका मान्यता प्राप्त भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति आदिको सम्बर्द्धन र संरक्षण गर्नु नै यसको मूल उद्देश्य रहेको छ। यस संस्थाले सन् २००३ देखि वार्षिक रूपमा अकादेमी जर्नल, खबर पत्रिका-को नियमित प्रकाशन गर्दै आएको छ। यसका साथै वार्षिक रूपमा चित्रकला र पुस्तक मेलाको आयोजना अनि समय-समयमा साहित्यिक, साङ्गीत, कला विषयक संगोष्ठी, सम्मेलन आदिको आयोजना यसले गरेको देखिन्छ। यसले हालसम्ममा सिक्किमका चाडपर्व जस्तै दशैं, माघे संक्रान्ति, पाङल्हाबसोल, टेण्डोङ लोरुम फात, लोसुङ आदिको वृत्तचित्र तयार गरेको छ। यसका अतिरिक्त हिमावर्त, कवि सन्धि, संगोष्ठी पत्र आदि प्रकाशित गरिसकेको छ।

यसले औपचारिक मान्यता पाए पछि जयश्री प्रधान र सानु लामा अध्यक्ष बनिसकेका छन् भने सानु लामा र रुद्र पौड्याल सचिव, प्रवीण राई जुमेली साहित्य सचिव रहेका छन्।

स्रोतः[सम्पादन गर्नुहोस्]