सिद्धार्थ कोइराला
स्वरूप
सिद्धार्थ कोइराला नेपाली चलचित्र अभिनेता हुन् । उनले फन-क्यान बि डेन्जरस समटाइम चलचित्रबाट बलिवुड चलचित्र क्षेत्रमा प्रवेश गरे ।
परिवार
[सम्पादन गर्नुहोस्]सिद्धार्थ कोइरालाको जन्म नेपालको चर्चित राजनीतिक परिवार कोइराला परिवारमा भएको थियो । उनी नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका नाति तथा बलिवुड चलचित्र अभिनेत्री मनिषा कोइरालाका भाइ हुन् ।
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]| वर्ष | नाम | भूमिका | नोट |
|---|---|---|---|
| २००४ | पैसा वसुल | निर्माताको रूपमा | |
| २००५ | टेरोरिजम: बायो याट्यक | लेखकको रूपमा | |
| २००५ | फन-क्यान बि डेन्जरस समटाइम | आर्यन | बलिवुड चलचित्र क्षेत्रमा प्रवेश |
| २००७ | अनवर | अनवर | आलोचित |
| २००९ | देख भाइ देख | श्याम | |
| २००९ | देशद्रोही २ | ||
| २०१४ | मेघा | गौरब | नेपाली चलचित्रमा प्रवेश |