अस्ट्रिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुतुरमुर्गबाट अनुप्रेषित)

अस्ट्रिच
सामयिक शृङ्खला: pleistocene–present Pleistocene to Recent
भाले (बायाँ) र पोथी (दायाँ)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
उपसङ्घ:
Vertebrata
वर्ग:
अधिगण:
Paleognathae
गण:
Struthioniformes
कुल:
Struthionidae
वंश:
Struthio
प्रजाति:
S. camelus
वैज्ञानिक नाम
Struthio camelus
कार्लस लिनियस, सन् १९७८[२]
उपप्रजाति

S. c. australus John Henry Gurney, 1868[२]
Southern Ostrich

S. c. camelus Linnaeus, 1758[२]
North African Ostrich

S. c. massaicus Oscar Rudolph Neumann, 1898[२]
Masai Ostrich

S. c. syriacus Lionel Walter Rothschild, 2nd Baron Rothschild, 1919[२]
Arabian Ostrich

S. c. molybdophanes Reichenow, 1883[२]
सोमाली सुतुरमुर्ग

वितरण

सुतुरमुर्ग वा अस्ट्रिच अफ्रिका तथा अरब मरुभूमिमा पाइने सबैभन्दा ठूलो चरा हो। स्ट्रुथिओनिडि कुलको एकमात्र जीवित प्रजाति यस चरा स्ट्रुथिओ वंश अन्तर्गत पर्दछ। सुतुरमुर्गको गण स्ट्रुथिओफर्मको अन्य सदस्य एमु, किवी आदि हुन्। यस चराको घाँटी र खुट्टा लामो हुन्छन् भने आवश्यकता अनुसार यो चरा ७० किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा दगुर्न सक्दछ जो पृथ्वीमा पाइने अन्य पंक्षी भन्दा अधिक हो। यो चरा उड्न सक्दैन।[३][४] यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ। सबैभन्दा ठूलो अण्डा पार्ने चरा पनि सुतुरमुर्ग हो। यसको अण्डाको तौल १.५ किलो ग्राम हुन्छ। यसको अण्डा उसिन्न ५० मिनेट लाग्छ। सुतुरमुर्ग पंक्षीहरूमा सबैभन्दा ठूलो जीवित प्रजाति हो भने यसले कुनैपनि अन्य जीवित पंक्षी प्रजातिको तुलनामा सबैभन्दा ठूलो अण्डा दिन्छ। साधारणतया सुतुरमुर्ग शाकाहारी हुन्छ तर यसको आहारमा अमेरुदण्डी प्राणीहरू सामेल हुन्छन्।

शारीरिक विवरण[सम्पादन गर्नुहोस्]

सुतुरमुर्ग सबैभन्दा ठूलो जीवित चरा हो। एक वयस्क भाले अस्ट्रिजको २.७५ मिटरसम्म (लगभग ९ फिट) अग्लो हुन सक्छ र यसको उचाइको लगभग आधा भाग घाँटीको हुन्छ। एक वयस्क भालेको वजन १५० किलोग्राम (३३० पाउण्ड) भन्दा बढी हुन्छ भने पोथी केही हदसम्म सानो हुन्छ। सतुरमुर्गको अण्डाको औसत लम्बाइ १२५ मि.मि.(५ इन्च) र यसको तौल करिब १.३५ किलो (३ पाउण्ड) हुन्छ जुन कुनैपनि चराको अण्डाको तुलनामा विश्वकै सबैभन्दा ठूलो अण्डा पनि हो। भाले प्रायः कालो हुन्छ, तर त्यसको पँखेटा र पुच्छर केही हदसम्म सेतो हुन्छ। पोथीहरू प्रायजसो खैरो हुन्छन्। टाउको र घाँटीको अधिकांश भाग हल्का रातो र रङ्गिविरङ्गी हुन्छ। यस चराको टाउको सानो हुन्छ भने यसको चुच्चो छोटो र फराकिलो हुने गर्दछ। यस चराको आँखा ठूलो खैरो रङ्गको हुन्छ। नयाँ बचेराहरू रङ्गीविरङ्गी हुन्छन् र यिनीहरूको शरीरमा खैरो धब्बाहरू हुने गर्दछन्। जीवनको पहिलो वर्षमा चल्लाहरू प्रति महिना लगभग २५ सेन्टिमिटर (१० इन्च) बढ्ने गर्दछन्। एक वर्षको उमेरमा सामान्य सतुरमुर्गको वजन लगभग ४५ किलोग्राम (१०० लिटर) हुन्छ। एक अस्ट्रिजको आयु सामान्यतया ४० देखि ४५ वर्षको हुने गर्दछ।

वयस्क भालेका प्वाँखहरू प्रायजसो कालो र छिर्केमिर्के सेतो हुने गर्लछन् भने पुच्छरको रङ्ग सेतो हुन्छ। तथापि, एउटा उपजातिको पुच्छर रङ्ग भने बदामी रङ्गको हुने गर्दछ। पोथी र जवान भाले खैरो र सेता हुन्छन्। भाले र पोथी दुवैको टाउको र घाँटी लगभग रौँ रहित हुने गर्दछन्। पोथीको घाँटी र तिघ्राको छाला गुलाबी र खैरो हुन्छ भने भालेको छाला खैरो वा गुलाबी हुनुुुमा उपजातिमा निर्भर गर्दछ।

लामो घाँटी र खुट्टाको कारण अस्ट्रिजको टाउको जमिनभन्दा २.८ मिटर माथि (९ फिट २ इन्च) हुने गर्दछ भने यी चराहरूको आँखा कुनै पनि जमिनाका मेरुदण्ड भएका चराहरूको भन्दा ठूलो हुन्छ जसको लम्बाइ ५० मिलिमिटर (२ इन्च) व्यासको हुन्छ जसले गर्दा यी चराहरूले धेरै टाढासम्म सिकार हेर्न मद्दत गर्छ। यी चराहरूको ठूलो आकारको शरीर भएतापनि टाउको र चुच्चो भने तुलनात्मक रूपमा साना हुन्छन्। एक वयस्क अस्ट्रिजको चुच्चोको लम्बाइ १२ देखि १४.३ सेन्टिमिटर हुने गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (2010)(b)
  2. २.० २.१ २.२ २.३ २.४ २.५ Brands, S. (2008)
  3. Doherty, James G. (1974)
  4. http://www.trails.com/arts/amazing-bird-records.aspx

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]