सामग्रीमा जानुहोस्

सुशीला कन्दङ्वा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुशीला कन्दङ्वा
संविधानसभा सदस्य
पदमा
सन् २००८ – सन् २०१२
निर्वाचन क्षेत्रसामानुपातिक
एकीकृत नेकपा माओवादीबाट
व्यक्तिगत विवरण
जन्म (1982-01-23) २३ जनवरी १९८२ (उमेर ४४)[१]
दलनेकपा एमाले

सुशीला कन्दङ्वा, (उपनाम वर्षा) एक नेपाली महिला राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्। उनी नेकपा एमालेकी सदस्य हुन्।[२] उनी सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभाको सदस्य भएकी थिइन्।[३][४]

जीवनी

[सम्पादन]

सामान्य परिवारका जयबहादुर लिम्बु र धनकुमारी लिम्बुकी छोरीको रूपमा उनको जन्म भएको हो। उनले राजनीतिज्ञ मणिकुमार साम्पाङसँग विवाह गरेकी छिन्।[१]

राजनीति

[सम्पादन]

वि.सं. २०५४ देखि एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीतिमा लागेकी वर्षाले वि.सं. २०५६ देखि जनमिलिसियामार्फत माओवादीमा प्रवेश गरेकी थिइन्।[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "देब्रे हात छियाछिया भएको बेला...", हाम्रो मत (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
  2. ↑ "को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)", न्युज कोशेली (नेपालीमा), २०१६-०५-१५, मूलबाट २०२१-१०-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-२३।
  3. ↑ "संघ र प्रदेशका लागि तेह्रथुम काँग्रेस र माओवादीद्वारा उम्मेदवार सिफारिस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।[स्थायी मृत कडी]
  4. ↑ "प्रतिनिधि सभा चुनावका लागि तेह्रथुममा कुन पार्टीबाट को-को भए सिफारिस ? (नामसहित)", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
  5. ↑ "माओवादी केन्द्रीय सदस्यमा कस्ता अनुहार आए ।", नेपाली हेडलाइन्स (नेपालीमा), २०१३-०४-२६, अन्तिम पहुँच २०२१-१०-२३।