सुशीला कन्दङ्वा
स्वरूप
सुशीला कन्दङ्वा | |
|---|---|
| संविधानसभा सदस्य | |
| कार्यकाल सन् २००८ – सन् २०१२ | |
| निर्वाचन क्षेत्र | सामानुपातिक एकीकृत नेकपा माओवादीबाट |
| व्यक्तिगत विवरण | |
| जन्म | २३ जनवरी १९८२[१] आठराई, तेह्रथुम, नेपाल |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेकपा एमाले |
सुशीला कन्दङ्वा, (उपनाम वर्षा) एक नेपाली महिला राजनीतिज्ञ तथा पूर्व संविधानसभा सदस्य हुन्। उनी नेकपा एमालेकी सदस्य हुन्।[२] उनी सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एकीकृत नेकपा माओवादीबाट पहिलो संविधानसभाको सदस्य भएकी थिइन्।[३][४]
जीवनी
[सम्पादन गर्नुहोस्]सामान्य परिवारका जयबहादुर लिम्बु र धनकुमारी लिम्बुकी छोरीको रूपमा उनको जन्म भएको हो। उनले राजनीतिज्ञ मणिकुमार साम्पाङसँग विवाह गरेकी छिन्।[१]
राजनीति
[सम्पादन गर्नुहोस्]वि.सं. २०५४ देखि एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीतिमा लागेकी वर्षाले वि.सं. २०५६ देखि जनमिलिसियामार्फत माओवादीमा प्रवेश गरेकी थिइन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "देब्रे हात छियाछिया भएको बेला...", हाम्रो मत (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
- ↑ "को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)", न्युज कोशेली (नेपालीमा), २०१६-०५-१५, अन्तिम पहुँच २०२१-१०-२३। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
- ↑ "संघ र प्रदेशका लागि तेह्रथुम काँग्रेस र माओवादीद्वारा उम्मेदवार सिफारिस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
- ↑ "प्रतिनिधि सभा चुनावका लागि तेह्रथुममा कुन पार्टीबाट को-को भए सिफारिस ? (नामसहित)", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
- ↑ "माओवादी केन्द्रीय सदस्यमा कस्ता अनुहार आए ।", नेपाली हेडलाइन्स (नेपालीमा), २०१३-०४-२६, अन्तिम पहुँच २०२१-१०-२३।