सूर्यदर्शन (गुफा राख्ने)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यदर्शन गरिएको बालिका
सूर्यदर्शन गरिएको बालिका
सूर्यदर्शन गरिएको बालिका
सूर्यदर्शन गरिएको बालिका
गुफा राखिएको बालिकाले सूर्यदर्शन गर्दै

नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जसमा बेललाई साक्षी राखी सुवर्णकुमारसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

विधि तथा प्रक्रिया[सम्पादन गर्नुहोस्]

यसको सुरुको अवधीमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राख्ने र कोही पनि पुरुषमान्छेलाई भेट गर्न दिइदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानु भन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ । छ दिन पछि नुहाइधुवाइ गरेर सफा कपडा लगाइन्छ त्यसपछि आफन्तहरु जस्तै माइजूहरु, फूपूहरु, काकीहरु तथा छरछिमेकीहरु फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरु लिएर भेट्न आउन्छन् । गुफा राखेको अवसरमा विशेषप्रकारको "कों" (पाउडर) सबै महिलाहरूले आफनो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्दछन् । १२ औँ दिनमा गुफा बस्ने बालिकालाई विशेष श्रृङ्गार गरी विहानी घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पुजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]