सेकेन्ड लेफ्टिनेन्ट
अधिकांश सशस्त्र सेनामा, सेकेन्ड लेफ्टिनेन्ट जुनियर कमिशन्ड अधिकृत सैन्य पद हो। यो सामान्यतया लेफ्टिनेन्ट वा फर्स्ट लेफ्टिनेन्टभन्दा तल राखिन्छ।
अष्ट्रेलिया
[सम्पादन गर्नुहोस्]अस्ट्रेलियाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको पद सन् १९८६ सम्म अस्तित्वमा थियो।
संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल देशहरू
[सम्पादन गर्नुहोस्]सेकेन्ड लेफ्टिनेन्टको पद (2Lt) सन् १८७७ मा ब्रिटिस सेना मा सुरु भएको थियो । सब-लेफ्टिनेन्ट अल्पकालीन पदलाई प्रतिस्थापन गर्न सुरु गरिएको थियो, यो श्रेणी सन् १८८१ मा समाप्त भयो तर सन् १८८७ मा पुनः प्रस्तुत गरियो। [१]
संयुक्त राज्य अमेरिका
[सम्पादन गर्नुहोस्]
संयुक्त राज्य अमेरिकामा, सेकेन्ड लेफ्टिनेन्ट सेना, मरीन कर्प्स, एयर फोर्स, र स्पेस फोर्स अधिकांश कमिशन्ड अफिसरहरूका लागि प्रवेश-स्तरको पद हो।
बङ्गलादेश
[सम्पादन गर्नुहोस्]बङ्गलादेश सेना र बङ्गलादेश नौसेना मुक्ति युद्धदेखि नै सेकेन्ड लेफ्टिनेन्टको पद रहेको छ। यो लेफ्टिनेन्ट भन्दा तलको र मास्टर वारेन्ट अफिसर भन्दा माथिको पद हो। सेनामा,सेकेन्ड लेफ्टिनेन्टले इकाइमा प्रशासनिक अधिकारी वा स्टाफ अफिसरको रूपमा काम गर्दछ।[२] नौसेनामा सेकेन्ड लेफ्टिनेन्टको पद छैन। यसको समकक्ष उप-लेफ्टिनेन्ट हुन्छ। [३]
नेपाल
[सम्पादन गर्नुहोस्]नेपाली सेना सेकेन्ड लेफ्टिनेन्ट बाराअबाराको दर्जालाई सहायक सेनानी भनिन्छ ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Roper, Michael (१९९८), The Records of the War Office and Related Departments, 1660-1964 (अङ्ग्रेजीमा), Public Record Office, पृ: २७१, आइएसबिएन 978-1-873162-45-3।
- ↑ "Ranks & Insignia", Bangladesh Army। अभिलेखिकरण २०२४-११-२७ वेब्याक मेसिन
- ↑ "Rank & Insignia", Bangladesh Navy।