बङ्गलादेशी सेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेशी सेन
बङ्गलादेशी सेनाको प्रतीक
स्थापना२६ मार्च १९७१ (५३ वर्ष पहिले) (१९७१-०३-26)
देश बङ्गलादेश
निष्ठाबङ्गलादेशको संविधान
प्रकारसैन्य बल
भूमिकाभूमि युद्ध
आकार२,२५,००० जना सैन्य कर्मचारी[१]
भागबङ्गलादेशी सशस्त्र बल
सेना प्रधान कार्यालयढाका छाउनी
संरक्षकबङ्गलादेशको राष्ट्रपति
आदर्श वाक्य(हरू)समरे आमरा, शान्तिते आमरा, सर्वोत्रो आमरा देशेर तोरे
रङहरूकालो, हरियो   
मार्चचल चल चल
वार्षिकोत्सवहरूसशस्त्र सैन्य दिवस
संलग्नताहरूबङ्गलादेशको स्वतन्त्रता युद्ध
पर्वतीय चट्टोग्राम सङ्घर्ष
उपसागरीय युद्ध
बङ्गलादेश-आराकान सेनावाहिनीको सङ्घर्ष
सन् २०१८ जुलाईको ढाका आक्रमण
सन् २०१७ को दक्षिण सुरमा उपजिल्लामा बल हमला
सजावट१. वीर श्रेष्ठ
२. वीर उत्तम
३. वीर विक्रम
४. वीर प्रतीक
वेबसाइटसरकारी वेबसाइट
कमाण्डरहरू
प्रधान सेनापति राष्ट्रपति हामिद
सेनाप्रमुखचित्र:Bangladesh Army General Flag (4 star).svg जनरल एसएम शफिउद्दिन आहमेद[२][३]
रथी प्रमुख रथी आताउल हाकिम सरवार हासान[४]
प्रतीक चिह्न
बङ्गलादेशी सेनाको झण्डा
Aircraft flown
Helicopterयुरोकप्टर एएस३६५ डाउफिन, बेल-२०६, एमआई-१७१एसएच
Trainerसेसना-१५२
Transportसेसना-२८०बि, कासा सि-२९५


बङ्गलादेशी सेना (बङ्गाली: বাংলাদেশ সেনাবাহিনী) बङ्गलादेश सशस्त्र बलको एक महत्त्वपूर्ण सैन्य शाखा हो। यो बङ्गलादेशको सशस्त्र फौजको सबैभन्दा ठूलो शाखा हो। बङ्गलादेश सेनाको प्रमुख जिम्मेवारी बङ्गलादेशी भूभागको अखण्डताको रक्षा लगायत सम्पूर्ण सुरक्षा र रक्षा सहयोगका साथै आवश्यक ऊर्जा र जनशक्ति उपलब्ध गराउनु हो।[६] सेनाको सबै प्रकारका क्रियाकलापलाई सेनाको मुख्यालयद्वारा नियन्त्रित छ। प्राथमिक जिम्मेवारीको अतिरिक्त बङ्गलादेश सेना कुनै पनि राष्ट्रिय आकस्मिक अवस्थामा निजामती प्रशासनको सहायताद्वारा संवैधानिक रूपमा प्रतिबद्ध छ।

इतिहास[सम्पादन गर्नुहोस्]

पदविन्यास[सम्पादन गर्नुहोस्]

आयुक्त अधिकारीहरू[सम्पादन गर्नुहोस्]

सैनिकका प्रमुखहरूलाई आयुक्तको पद बङ्गलादेश सैन्य प्रतिष्ठानमा दिइन्छ भने र यी अधिकारीहरूलाई प्रथम श्रेणीका राजपत्रितको रूपमा मान्यता प्रदान गरिन्छ।[७][८]

दर्जा समूह ओएफ-१० ओएफ-९ ओएफ-८ ओएफ-७ ओएफ-६ ओएफ-५ ओएफ-४ ओएफ-३ ओएफ-२ ओएफ-१
बङ्गलादेश बङ्गलादेश पद नभएको
जनरल रथी मेजर जनरल सहायक रथी कर्णेल प्रमुख सेनानी मेजर सह-सेनानी उपसेनानी सहायक सेनानी

हाल बङ्गलादेशी सेनाका आयुक्त अधिकृतको पहिलो दर्जा उपसेनानी रहेको छ भने हालै सहायक सेनानीको पद खारेज गरिएको छ।

सङ्गठन[सम्पादन गर्नुहोस्]

भविष्यको आधुनिकरण योजना[सम्पादन गर्नुहोस्]

बङ्गलादेशी सेनाले सन् २०३० सम्मका लागि लागु हुने गरि 'द फोर्स लक्ष २०३०' नामक दीर्घकालीन आधुनिकीकरण योजना बनाएको छ। योजना अनुसार सेनालाई उत्तर, मध्य र दक्षिण गरी तीन भागमा विभाजन गरिनेछ। किशोरगञ्जस्थित मिठामइनमा नदी आधारित सैनिक गणको स्थापना गर्ने काम चलिरहेको छ। सरकारको योजना अनुसार सन् २०२१ सम्ममा सेनामा ९७ वटा नयाँ इकाइ थपिने छन्।[९][१०] यसमध्ये सिलेट छाउनीमा १९ इकाई, रामु छाउनीमा २२ र बरिशालको शेख हसिना छाउनीमा ५६ इकाई जडान हुनेछ। केही पैदल सैनिक पल्टनहरूलाई पारा पल्टन र यान्त्रिक पल्टनमा परिणत गर्ने कार्य अघि बढिरहेको छ। दुई साजोआ सैन्य समूह स्थापना गर्ने कार्य विचाराधीन रहेको छ।[११][१२][१३]

बङ्गलादेशी सेनाले पैदल सैनिक प्रणाली नामक महत्वाकांक्षी आधुनिकीकरण कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमको अन्तर्गत प्रत्येक रात्री दृष्टि चश्मा, सैनिक हेल्मेट, आँखा सुरक्षा उपकरण, गोली छेक्न सक्ने कवच, प्रत्येक व्यक्तिबीचको सञ्चार उपकरण, हात जिपिएस उपकरणहरू सहित बिडी-०८ बन्दुकहरू दिइने छ। अप्रिल २०१८ मा बङ्गलादेशी सेनाले नयाँ आक्रमण राइफल र केही आधुनिक बन्दुकहरू खरीदका लागि मूल्याङ्कन प्रक्रिया सुरु गरेको थियो।[१४]

सन् २०१८ को मार्च महिनामा सेनाले २२० ट्याङ्क प्रतिरोधात्मक हतियारहरू किन्न ठेक्का आह्वान गरेको थियो।[१५] यस ठेक्काको छोटो सूचीमा रूसी-निर्मित आरपिजी-७भि२ र चिनियाँ-निर्मित टाइप ६९-१ ट्याङ्क हतियार समावेश छन्। सन् २०१८ को अप्रिलमा सेनाले मध्यम क्षेत्र समावेश ट्याङ्क विनाशक निर्देशित क्षेप्यास्त्रको मूल्याङ्कन सूचना जारी गरेको थियो।[१६]

सेनाको हलुका सशस्त्र सवारी साधन खरिदका लागि मुल्याङ्कन सूचना सन् २०१७ को नोभेम्बरमा जारी गरिएको थियो भने सेनाले सन् २०१७ को सेप्टेम्बरमा हलुका ट्याङ्कहरू किन्न ठेक्का आह्वान गरेको थियो।[१७][१८]

सन् २०१७ को सेप्टेम्बरमा सेनाले १५५ एमएम तोप खरिदका लागि मुल्याङ्कन गर्दै सूचना जारी गरेको थियो। सन् २०१७ को नोभेम्बरमा सेनाले १२२ एमएम तोप खरिदका लागि मूल्याङ्कन प्रक्रिया सुरु गरेको थियो।[१९][२०] सोही महिनामा सेनाका १०५ एमएम तोप खरिदका लागि ठेक्का खुलाएको थियो।[२१] सेनाले सन् २०१८ को अप्रिलमा लामो दुरीको मल्टिपल लन्च रकेट प्रणाली खरिदका लागि मूल्याङ्कन प्रक्रिया सुरु गरेको थियो। सूचना अनुसार यी प्रणालीको दायरा १२० देखि २८० किलोमिटर हुनेपर्ने मापदण्ड रहेको थियो।[२२]

सन् २०१८ को मार्च महिनामा दुई वटा स्थानीय चेतावनी राडार खरिदका लागि ठेक्काहरू खुलाइएको थियो जसअन्तर्गत फ्रान्सेली ग्राउण्ड मास्टर २००, जर्मनीको टिआरएमएल ३डि/३२ र इटालीको क्रोनोस भूमि राडार रहेका छन्।[२३] सेनाले १८१ वटा हाले एयरक्राफ्ट हतियार खरिदका लागि पनि ठेक्कालाई प्रकाशमा ल्याएको थियो चिनियाँ एफएन–१६, रूसी इग्ला–एस र स्विडेनी आरबिएस ७० लाई सूचीकृत गरिएको थियो।[२४]

बङ्गलादेश सरकारले सैन्य विमान समूह पुनर्संरचना योजना अघि सारेको छ। योजना अनुसार सैन्य विमान समूह र त्यसको जनशक्ति २०४ बाट बढाएर ७०४ मा बढुवा गरिनेछ। सन् २०२१ सम्ममा सैन्य विमान समूहद्वारा गरिएको कुल उडान सङ्ख्या २६ हुनेछ। १४७ जना सैन्य कर्मचारीहरूलाई मर्मत सम्भार अन्तर्गत ४९० जनाको सैन्य इन्जिनियरिङ कार्यशालामा पुनर्गठन गरि मर्मत कार्य गरिने भएको छ भने सेनामा पनि उड्डयन विभाग स्थापना गरिनेछ।।[२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "সংরক্ষণাগারভুক্ত অনুলিপি", मूलबाट ७ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०७ मिति
  2. "সেনাপ্রধান হিসেবে দায়িত্ব নিলেন শফিউদ্দিন আহমেদ", ইত্তেফাক, अन्तिम पहुँच २०२१-०६-२४ 
  3. "New army chief SM Shafiuddin adorned with rank badge of General", the daily star, अन्तिम पहुँच २४ जुन २०२१ 
  4. "Gen Sarwar Hasan made chief of general staff, replaced by Gen Akbar as NDC commandant", bdnews24.com (Dhaka), १३ जनवरी २०२१, अन्तिम पहुँच २८ जनवरी २०२१ 
  5. "ABOUT BANGLADESH ARMY", Bangladesh Army, मूलबाट २७ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१६ मिति
  6. "বাংলাদেশ সেনাবাহিনীতে যোগ দেয়ার আগে যে বিষয়গুলো জানতে হবে", Newspaper1971 Magazine, अन्तिम पहुँच ६ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ मे २०१६ मिति
  7. "Ranks and Insignia - Join Bangladesh Army"। सङ्ग्रह मिति २६ अप्रिल २०१८ 
  8. "Rank Categories - Bangladesh Army" 
  9. "Army to get 97 more units in 4 years"। The Independent। १६ जुलाई २०१७। सङ्ग्रह मिति ११ अगस्ट २०१७ 
  10. "Bangladesh Army to get 97 more units in four years, says report"। Jane's 360। २६ जुलाई २०१७। सङ्ग्रह मिति ११ अगस्ट २०१७ 
  11. "সেনা সদস্যদের প্রতি অভ্যন্তরীণ এবং বৈদেশিক হুমকি মোকাবেলায় সতর্ক থাকার আহ্বান প্রধানমন্ত্রীর"। বাসস। १३ मे २०१८। सङ्ग्रह मिति १६ मे २०१८ 
  12. "PM reaffirms to do everything for modernisation of army"। বাসস। सङ्ग्रह मिति २३ नोभेम्बर २०१५ 
  13. "Uphold dignity of national flag, PM to Army"। The Independent। सङ्ग्रह मिति २३ नोभेम्बर २०१५ 
  14. "EVALUATTON OF SUTTABLE SMALLS ARMS /ASSAULT RIFLE/SUB MACHINE GUN FOR BANGLADESH ARMY" (PDF)। DGDP। सङ्ग्रह मिति १० अप्रिल २०१८ 
  15. "Tender for platoon level ATW" (PDF)। DGDP। सङ्ग्रह मिति २४ मार्च २०१८ 
  16. "RE-EVATUATTON OF ANTI-TANK GUIDED WEAPON (MEDIUM RANGE) FOR BANGIADESH ARMY" (PDF)। DGDP। सङ्ग्रह मिति २७ अप्रिल २०१८ 
  17. "Evaluation of LAV" (PDF)। dgdp। १६ नोभेम्बर २०१७। सङ्ग्रह मिति २४ नोभेम्बर २०१७ 
  18. "Technical specification for light tank" (PDF)। dgdp। १० सेप्टेम्बर २०१७। सङ्ग्रह मिति २४ नोभेम्बर २०१७ 
  19. "Evaluation of 155mm Howitzer" (PDF)। dgdp। २४ सेप्टेम्बर २०१७। सङ्ग्रह मिति २४ नोभेम्बर २०१७ 
  20. "Evaluation of 122mm Howitzer" (PDF)। dgdp। २१ नोभेम्बर २०१७। सङ्ग्रह मिति २४ नोभेम्बर २०१७ 
  21. "Procurement of 105mm howitzer" (PDF)। dgdp। सङ्ग्रह मिति २५ नोभेम्बर २०१७ 
  22. "Evaluation of multiple launch rocket system Type A" (PDF)। DGDP। सङ्ग्रह मिति १० अप्रिल २०१८ 
  23. "Tender specification of Local Warning Radar" (PDF)। DGDP। सङ्ग्रह मिति २४ मार्च २०१८ 
  24. "for surface to air missile"। DGDP। 
  25. "সেনাবাহিনীর জন্য নতুন এভিয়েশন পরিদপ্তর হচ্ছে" (बङ्गाली भाषा)। Daily BD News। ५ डिसेम्बर २०१७। सङ्ग्रह मिति २० डिसेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]