स्तन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्तन
Closeup of female breast.jpg
गर्भवती महिलाको स्तन
ल्याटिन mamma (mammalis "of the breast")[१]
धमनी internal thoracic artery
रक्तनली internal thoracic vein

मानिस(स्त्री तथा पुरुष) शरीरको मध्य माथिल्लो भागमा देब्रे तथा दाहिने तर्फे हुने मांसपेशी युक्त अंगलाई स्तन भनिन्छ । युवा अवस्थामा एस्ट्रोजेन (estrogen), (स्त्री मदजन), हारमोन र मदचक्र (estrons cycle)को कारण स्त्री हरूमा यसको अधिक विकास भई पुरुषको भन्दा ठूलो हुन जान्छ । स्तन दोस्रो करङ्गबाट शुरु भई छैठौं करङ्ग सम्म पुगेको हुन्छ । यसको उपयोगिताको बारेमा बिभिन्न मत भए पनि प्रमुख शारिरिक कार्य चाहि बालकको लागि दुध उत्पादन गर्नु हो । यो स्त्रि हरूको प्रमुख सौर्न्दय अङ्ग पनि हो ।

बनावट[सम्पादन गर्ने]

बनावटको अनुसार, स्तन बोसोयुक्त नरम Sudoriferous मांसपिण्ड हो जसले स्त्रीहरूमा तथा आंसिक रूपमा पुरुषमा पनि दुध उत्पादन गर्ने काम गर्छ । यो स्तन्य ग्रन्थी(Glandular tissue), Fibrous tissue र Fatty or Adipose tissue मिलेर बनेको हुन्छ । प्रत्येक स्तनमा Areolaले घेरीएको मुन्टा हुन्छ । Areolaको रंग फुस्रो देखि गाढा खैरोमा बदलिन्छ र यसमा धेरै Sebaceous ग्रन्थीहरू हुन्छन्। स्त्रीहरूमा यो भीत्र रहेका स्तन्य ग्रन्थीहरूले दुध उत्पादन गर्ने काम गर्छन। यि स्तन्य ग्रन्थीहरू चुकको आधार भन्दा ३० मि.मि. भित्र पट्टी दोस्रो वा तेस्रो तन्तु संग रहेको हुन्छ, जसको निकास lactiferous नली हुदै स्तनको मुन्टाबाट हुन्छ। स्तनमा ४ देखि १८ वटाको संख्यामा lactiferous नलीहरू रहेका हुन्छन्, जसको खुल्ने मुख पनि छुट्टा छुट्टै रहेको हुन्छ। स्तन भित्र यि नलीहरू रुखको जराहरू जेलिएको झै देखिन्छन्। बच्चा जन्मिए पछि Pituitary glandले Prolactin hormone निकाल्छ, सोही hormoneले दुध उत्पादनमा सहयोग गर्छ । स्तनको अघिल्लो भन्दा पछिल्लो भागमा दुध बढी हुने गर्छ र स्तनपान गर्दा स्तनमा रहेका ग्रन्थीका नरम तन्तुले दुधलाई अगाडी धकेल्ने काम गर्छ ।

स्तनको निर्माण संयोजक तन्तु (connective tissue)(कोलेजन र elastin), बोसोका तन्तु (adipose tissue), कुपर्स लिगामेन्ट (Cooper's ligaments)को संयोजनमा भएको हुन्छ । ग्रन्थिहरूको अनुपात बोसोका तन्तु (adipose tissue)मा स्तानपान नगराउने महिलामा १:१ देखि स्तनपान नगराउने महिलाहरूमा २:१ हुन्छ ।

स्तन पेक्टोर्यालिस मेजर(pectoralis major) माथि बस्छन र सामान्यतया स्तन पदोस्रो करङ्गबाट शुरु भई छैठौं करङ्ग सम्म पुगेको हुन्छ । स्तनको माथिल्लो पाश्विक वृत्तपाद (Superior lateral quadrant axillae) माथि एक्साईल (axillae) तिर छड्के फेलिएको हुन्छ र स्पेन्सको पुच्छरको (tail of Spence) रूपमा चिनिन्छ। स्तन्यतन्तुको एक पातलो तह माथि काँधको हाड (clavicle) देखि तल सातौं वा आठौं करङ सम्म तथा मध्यरेखा (midline)बाट पछाडीको ल्याटिसिमस डोर्सि (latissimus dorsi)को किनारासम्म फैलिएको हुन्छ ।

स्तनहरूलाई धमनीरक्त आंतरिक वक्ष (पूर्वमा भनिन्छ आंतरिक स्तन धमनी) धमनी (internal thoracic artery), पाश्विक वक्ष धमनी (lateral thoracic artery), थोराकोआक्रोमिएल धमनी (thoracoacromial artery), र पछिल्लो ईन्टरकोस्टल धमनी (posterior intercostal arteries)बाट आपूर्ति हुन्छ । स्तनको शिरापरक निकासी मुख्य रूपमा एकसिलरी भेन (axillary vein)मा जान्छ, तर वहाँ आंतरिक वक्ष नसा (internal thoracic vein) र करङहरूको बीच नसाहरू (intercostal veins)लाई केही निकासी जान्छ । स्त्री र पुरुष दुवैको स्तनको मुन्टा(nipples)मा ठूलो संख्यामा रक्त blood vessels र नसाहरू (nerves)को समाहरण रहेको हुन्छ । दुवै महिलाहरू र पुरुषहरूको स्तनको मुन्टा(nipples) यौन उत्तेजनाको समयमा, कसैले छोएमा र जाडो हुँदा ठाडो हुन्छ वा फुल्छ ।

स्तनलाई छैठौं intercostal nerves हुदै चौथोका अघिल्ला र पछिल्ला cutaneous शाखाहरू द्धारा स्नायु प्रदान हुन्छ । स्तनको मुन्टामा T4 dermatome द्धारा आपूर्ति हुन्छ ।

आकार[सम्पादन गर्ने]

स्तनहरू भिन्न - भिन्न आकार, घनत्व, आकार र स्थितिमा एक महिलाको छातीमा रहेको हुन्छ र यसको बाह्य स्वरूपबाट आफ्नो आंतरिक शरीर रचना या दुध निकालने क्षमताको बारेमा थाहा हुन सक्दैन। एक महिलाको स्तनहरूको आकार प्राकृतिक मुख्यतः कुपर्स लिगामेन्ट( Cooper's ligaments) र स्तन रहेको अन्तर्निहित छाती( आधार)मा निर्भर छ। कुपर्स लिगामेन्ट( Cooper's ligaments), जसलाई कुपरको पनि अड्याउने बन्धन (suspensory ligaments of Cooper)को रूपमा जानिन्छ, the clavicle तथा the clavi-pectoral fasciaद्वारा स्तनहरू अड्छयाउँन। यसरी यसका फाइबर स्तनको आसपास तथा स्तन हुदै फैलिएका हुन्छन, यिनी अस्थिबन्धन (ligaments) स्तनहरूलाई छातीमा यसको स्थानमा अड्याउन र आफ्नो आकार बनाई राख्न सहयोग गर्दछ । स्तन पनि छातीको यसको आधार स्थानमा deep fasciaद्वारा pectoral muscles माथि टाँसिएर रहन्छ । केही महिलाहरूमा, स्तनमा अघिल्ला नलिकाहरू (ampullae)हरू स्तनका आसपासका तन्तुहरू संग जोडिएका हुदैनन, जसको कारण स्तनको साईनस क्षेत्र (sinus area)

स्तन जुन क्षितिजिय रूपमा झुण्डिएका हुन्छन

केहि स्तन ठूला र गोलाकार हुन्छन् र छातीबाट लगभग क्षितिजिय रूपमा बाहिर निस्किएका वा झुण्डिएका हुन्छन् । यस्तो ठूला र उच्च स्तनहरू विकासको प्रारम्भिक चरणमा रहेका केटीहरू र महिलाहरूमा समान हुन्छ। झुण्डिएका वा उच्च स्तनहरू छातीको आधार स्थानमा अडिएर रहेका हुन्छन् र वजन लगभग समान रूपमा, गुम्बज वा शंकु आकारमा स्तनहरूको आधारको क्षेत्रमा वितरित भएको हुन्छ।

साना स्तन मा, स्तनको वजनको अनुपात छातीको आडद्वारा कम स्तनको सतह सम्म समानुपतिक रूपमा फैलिएको हुन्छ, । वजन यस तरिका बाट ठूलो क्षेत्रमा फैलिएको हु्न्छ, जुन तनावको कम गर्नको असरमा वितरित गरिन्छ। दुवै पुरुषहरू र महिलाहरूमा थोरासिक क्याविटि(thoracic cavity) थोरासिक ईनलेट(thoracic inlet)(स्तन हाड(breastbone)को माथि) देखि तल्लो करङको माथि सम्म बाहिर तर्फ ढल्दै आएको हुन्छ जसले आफ्नो तल्लो सीमालाई स्तनहरूलाई आड दिन लगाउँदै संकेत गर्छ ।

विकास[सम्पादन गर्ने]

पुरुषहरू तथा महिलाहरू दुवैमा, गर्भावस्थाको विकास (Prenatal development)मा नै स्तनहरूको आधारभुत संरचनाको गठन भईसक्छ। स्त्रीहरूको स्तनको विकास वास्तबिक रूपमा यौवन अवस्थामा, सेक्स हार्मोन(sex hormones)को परीवर्तन(मुख्यत: एस्ट्रोजोन), जुन पुरुषहरूमा पनि आइमाइको जस्तै ठूला स्तन विकासको कारकको रूपमा चिनिन्छ, यसको कारण हुने गर्छ, यसलाई एक शर्तमा गाईनेकोमास्टिया (Gynecomastia) पनि भनिन्छ । यस द्वैतियिक (प्रसव पछिको) स्तन विकासको शुरुवातलाई थेलार्च (Thelarche) भनिन्छ। अन्य सबै जनावरहरूमा, स्तन विकास यौवन अवस्थाको सट्टा पोथि जातिको पहिलो गर्भावस्थाको समयमा हुने गर्छ ।

ज्यादातर मामलाहरूमा, स्तन टान्नर चरण विकास (Tanner stage development)को समयमा छातीमा माथिबाठ तल झोलिन्छ । स्त्रीहरूको स्तनको आकारमा असमान हुने लक्षण विशेष रूपले स्तनहरूको विकासको अवस्थामा नै देखा पर्छ । परिगणनात्मक रूपमा यो बायाँ स्तन ठूलो हुनुमा केही अधिक साझा रहन्छ । दुर्लभ मामलाहरूमा मात्र, स्तनहरू अलग अलग आकारमा हुन सक्छन्, या एक स्तन पूर्ण रूपमा विकसित हुन विफल हुन सक्छ । अधिक संख्यामा चिकित्सा शर्तनामाहरूको यौवन अवस्थाको समयमा स्तनहरूको असामान्य विकासको कारणको रूपमा जानिन्छन । अक्षत स्तन अतिवृद्धि (Virginal breast hypertrophy) स्तनको अत्यधिक विकास हुने साथै केही अवस्थाहरूमा युवा वा वयस्क अवस्थाको उमेर पार भईसकेपछि पनि स्तनको निरन्तर वृद्धि भईरहने अवस्था हो । भने स्तन हाईपोप्लासिया (hypoplasia) एक या दुवै स्तनहरू विकसित हुनमा विफल हुने अवस्था हो ।

परीवर्तन[सम्पादन गर्ने]

स्तन मुख्यरूपमा बोसोयुक्त तन्तुले बनेको हुनन्छ, यिनिहरूको आकार समय संगै बदलिन पनि सक्छ। यस्तो बिभिन्न कारणहरू जस्तै; सबैभन्दा प्रत्यक्ष रूपमा जब एउटा केटी यौवन अवस्थामा बढ्छ र जब महिला गर्भवती हुन्छले गर्दा हुने गर्छ । साथै यदि कुनै अन्य कारणले स्त्रीको वजनमा घटबढ हुँदा पनि स्तनको आकारमा परीवर्तन हुन सक्छ । स्तनहरूको आकारमा निरन्तर तिब्र वृद्धिको कारण स्तनमा तन्किएको दाग(stretchmarks) देखापर्न सक्छ ।

प्रष्ट तन्किएको दाग(stretchmarks) सहितको स्तन

साथै सांख्यिकरूपमा अन्य परिवर्तनहरू गर्भावस्थाको समयमा हुने गर्छ , मुख्यत: हार्मोन प्रोलैक्टिन(hormone prolactin)को जवाबमा अवयववृद्धिको कारणले ; यसबेला स्तन अझ ठूलो हुनाका साथै साधारणतया स्तन मजबूत पनि बन्छ । यसबेला स्तनको मुन्टाको आकारमा पनि काफि वृद्धि हुन्छ र यसको रंग गाढा हुन्छ । यि परिवर्तनहरू स्तनपान गराईरँहदाको समयमा पनि जारी रहन सक्छन । साधारणतया स्तन गर्भावस्था पछि लगभग आफ्नो पछिल्लो आकारमा फिर्ता हुन्छन, यद्धपि स्तन केही बढी झोल्लिने र तन्किएको दाग(stretchmarks) रहन सक्छन ।

एउटि महिलाको स्तनहरूको आकारमा मासिकचक्रको समयमा Premenstrual water retentionसँग संगै विशेष रूपले उतार चढाव हुन सक्छ। केही सामान्य गर्भनिरोधक गोली(combined oral contraceptive pill)को उपयोगको एक साधारण प्रभावको कारणले पनि स्तनको आकारमा बृद्धि हुने गर्छ।

यदि अस्थिबन्धन (ligaments)तन्किएमा स्तन झोलिन्छ, यो एक प्राकृतिक प्रक्रिया हो जुन समय संगै हुन्छ र यो व्यायामको क्रममा स्तन लच्किने कारणबाट पनि प्रभावित हुन्छ । एस्ट्रोजेन(estrogen)को स्तरमा गिरावट भएपनि स्तनहरूको आकार घटन सक्छ ।

कार्य[सम्पादन गर्ने]

स्तनपान[सम्पादन गर्ने]

स्तन्य ग्रन्थीको प्रमुख कार्य नै दुधको उत्पादन गर्नु हो । दुध उत्पादन हुने प्रक्रियालाई अङ्ग्रेजीमा lactation भनिन्छ ( हुनत दुध उत्पादन गर्ने स्तन्य ग्रन्थी पुरुषमा पनि अबिकसित रूपमा हुन्छ) । स्तनहरूको गोलो आकारले एकदम उच्च तापक्रमलाईको कमीमा मद्दत गर्छ, जुन तापक्रम दूध उत्पादन गर्नको लागि आवश्यक हुन्छ। वैकल्पिक रूपले, एक सिद्धान्तमा भनिएको छ कि मानव स्तनको आकार स्तनपानको क्रममा शिशुहरूलाई निसास्सिनबाट जोगाउने गरी विकास भएको हुन्छ । मानव शिशुको च्यापु सानो हुन्छ, यसैले यदी आमाको स्तन फराकिलो भएमा शिशु नाक अवरुद्ध हुन सक्छ । यस सिद्धान्तको अनुसार, जब च्यापु पछाडी संकुचित हुदै जान्छ, तब स्तनको आकार पनि ठूलो बन्दै जान्छ ।

स्तनपान गरिरहेको बालक

कहिले काहीं महिला गर्भवति नहुँदा पनि स्तनबाट दुध उत्पादन हुन सक्छ। यस अवस्थालाई गालाक्टोर्हिया(galactorrhea) भनिन्छ, जुन केही औषधी (जस्तै केही antipsychotic medications)को प्रतिकुल प्रभाव, आन्तरिक शारीरिक तनाव वा अन्त;स्राब(endocrine) विकारहरूका कारणबाट हुन सक्छ। यदि यो अवस्था पुरुषहरूमा भएमा male lactation भनिन्छ । नवजात शिशुहरू स्तनबाट पनि अक्सर दुध उत्पादन हुने गर्छ किन भनें उनिहरूलाऐ आमाको रक्तनलीको माध्यमबाट प्रोलैक्टिन(prolactin) र अक्सीटोसिन(oxytocin) नामक हार्मोन प्राप्त भई placentaद्वारा छानिन्छ । यस नवजात शिसुको बोलचालको भाषा witch's milk भनिन्छ ।

योनमा भुमिका[सम्पादन गर्ने]

अन्य कार्य[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

स्वास्थ्य[सम्पादन गर्ने]

स्तन स्वास्थ्यका कारकहरू[सम्पादन गर्ने]

स्तनमा लाग्ने रोगहरू[सम्पादन गर्ने]

यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]