स्वात जिल्ला
स्वात
سوات | |
---|---|
![]() | |
उपनाम: पुर्वको स्विजरल्यान्ड | |
![]()
| |
निर्देशाङ्क: ३५°१२′उ॰ ७२°२९′पू॰ / ३५.२००°N ७२.४८३°Eनिर्देशाङ्कहरू: ३५°१२′उ॰ ७२°२९′पू॰ / ३५.२००°N ७२.४८३°E | |
देश | ![]() |
प्रदेश | खैबर पख्तुनख्वा |
ठूलो शहर | मिङ्गावारा |
क्षेत्रफल | |
• जिल्ला | ५,३३७ किमी२ (२०६१ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जिल्ला | २,३०९,५७० |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
• सहरी | ६९५,९०० |
• ग्रामीण | १,६१३,६७० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०९४६ |
भाषा (१९८१) | ९०.२८% पश्तो ८.६७% कोहिस्तानी |
स्वात जिल्ला (उर्दु سوات) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक जिल्ला हो । स्वात यहाँ रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ ।
स्वात जिल्ला स्वात नदी को माथिल्लो भागमा केन्द्रित छ जहाँबाट बौद्ध धर्म को एक प्रारम्भिक बौद्ध विचारको उत्पत्ति भएको थियो । पहिला यो प्रदेश गन्धारा राज्य को एक भागको रूपमा रहेको थियो । स्वात जिल्ला पहिला स्वात प्रदेशीय राज्यको एक भाग थियो जसलाई सन् २००७ पाकिस्तानी तालेवानहरूले आक्रमण गरेर आफ्नो कब्जामा ल्याएको थियो । हाल स्वात जिल्ला रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ जसले गर्दा वार्सिक थुप्रै पर्यटकहरू अवलोकन गर्न आउछन् । स्वात जिल्लाको राजधानी शहर सिन्धु सरिफा हो भने मिङ्गगोरा यस जिल्ला ठूलो शहर हो । स्वात जिल्ला खैबर पख्तुनख्वाको तेस्रो ठूलो जिल्ला हो जसमा अधिकांश पठान जनजाति बसोबास गर्दै आएका छन् । [२][३]
शव्दको उत्पत्ति[सम्पादन गर्नुहोस्]
स्वात जिल्लाको नाम संस्कृत शव्दबाट उत्पत्ति भएको हो । यस जिल्लाको नाम विषेश गरी नजिकमा रहेको स्वात नदिबाट आएको हो । अर्को सिद्धान्त अनुसार संस्कृत शब्द "शिवता" (श्वेत) शब्दबाट स्वाट शब्द प्राप्त गरिएको हो जसले स्वातको निश्चिल पानीको वर्णन गर्दछ ।
भूगोल[सम्पादन गर्नुहोस्]
स्वात जिल्लालाई पश्चिमबाट चित्राल र उपर दिर जिल्लाले धेरेका छन् भने गिल्गित-बाल्तिस्तानले उत्तरबाट घेरेको छ भने कोहिस्तान, शाङ्गला र बुनेर जिल्लाले पर्व र दक्षिणबाट घेरेको छ । यो जिल्ला खैबर पख्तुनख्वाको दक्षिणमा अवस्थित छ भने भिरपाखा र हिमशिखरबाट नजिकमा रहेको छ ।
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
स्वात जिल्लाको ३८% अर्थतन्त्र पर्यटनमा निर्भर छ भने ३१% अर्थतन्त्र कृषिमा निर्भर छ भने बाँकी अन्य पेशामा आवद्ध छन् । [४]
कृषि[सम्पादन गर्नुहोस्]
मिङ्वाला शहरको नजिकमा ग्वालराइ गाउँ छ जसले वार्सिक १८ किसिमकन स्याउको उत्पादन गर्छ । यहाँ उत्पादन भएका स्याउहरू पाकिस्तानमा पुण रूपमा खपत नभई अन्य देशहरूमा पनि निर्यात हुने गरेको छ । स्वात जिल्ला स्याउ पछि आरु खेतीको लागि पनि प्रख्यात छ जुन जिल्लाको समथर भागमा उत्पादन हुन्छ । यस जिल्लामा उत्पादन हुने आरुको ८०% आरु समथल भागमा उत्पादन हुने थरेको छ । आरु र अन्य फलफूलहरूको निर्यात अप्रिल महिनामा सुरु हुन्छ भने यो सेप्टेम्बर सम्म चल्छ ।
जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]
सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार स्वात जिल्लाको जनसङ्ख्या २३,०९५,७० रहेको छ जसले गर्दा यस जिल्ला खैबर पद्तुनख्वाको पेशावर जिल्ला र मरदान जिल्ला पछिको तेस्रो ठूलो जिल्लाको रूपमा रहेको छ । स्वात जिल्लामा विषेश गरी पठान र गुर्जार जाती बसोबास गर्छन् । यस जिल्लाको प्रमुख भाषा पठान हो भने टोरवाली र कोहिस्तानी भाषा साहायक भाषाको रूपमा रहेका छन् । सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लामा लगभग ९०.२८% मानिसहरू पठान भाषा बोल्छन् भने ८.६७% मानिस कोहिस्तानी र बाँकी रहेका जनजातिले अन्य भाषा बोल्दै आएका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "खैबर पख्तुनख्वाको जनसङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३।
- ↑ "पर्यटकहरू स्वातको आफ्नै प्राकृतिक सुन्दरता पत्ता लगाउन सघाउँछन्", डन डट कम, २०१८-०१-१७, अन्तिम पहुँच २०१८-०२-१०।
- ↑ "पाकिस्तानमा पर्यटकहरू", डेली टाइम्स, २०१८-०२-०९, अन्तिम पहुँच २०१८-०२-१२।
- ↑ प्रमुख सम्पादक, "स्वात जिल्लाको अर्थतन्त्र", अन्तिम पहुँच १७ फेब्रुअरी २०१६।