हट माेबाईल
मौलिक नाम | הוט מובייל |
---|---|
व्यवसाय प्रकार | सहायक कम्पनी |
उद्योग | दूरसञ्चार |
स्थापित | १९९४ |
केन्द्रीय कार्यालय | , इजरायल |
सेवा क्षेत्र | इजरायल |
उत्पादनहरू | आइडेन, युएमटिएस, एचएसडिपिए, एलटिइ |
मूल सङ्गठन | हट |
वेबसाइट | www |
हट मोबाईल (पहिला सन् २०१२ सम्म मेर्स कम्युनिकेशन लिमिटेडको रूपमा चिनिने), इजरायल मा आधारित एक वायरलेस वा ताररहित दूरसञ्चार कम्पनी हो र हट दूरसञ्चार सिस्टम्स लिमिटेड (हट) को एक सहायक कम्पनी हो । यसको मुख्य कार्यलय इजरायलको हेभल मोदिन क्षेत्रीय परिषदमा अवस्थित छ ।
इजरायलका सबै क्षेत्रहरूमा सेवा नपुर्याइन्जेल हट मोबाईलले इजरायलको अर्को एक प्रमुख दूरसञ्चार सेवा प्रदायक पार्टनरसँग घरेलू रोमिङ सम्झौता मार्फत यसले इजरायल सम्पुर्ण क्षेत्र आफ्नो सेवा सञ्चालन गरेको थियोे । हट मोबाईलले २१०० मेगाहर्ज ब्यान्डमा युएमटिएस प्रयोग गरी राष्ट्रव्यापी रूपमा ताररहित वा वायरलेस सेवा प्रदान गर्दछ ।
इतिहास
[सम्पादन गर्नुहोस्]मिर्स सन् १९९४ मा मोटोरोला सञ्चार विभागको एक भागको रूपमा स्थापित भएको थियो, यसले इजरायली सेना र ठूला सङ्गठनको लागि एक एकीकृत डिजिटल उन्नत नेटवर्क (आइडेन) को उपयोग गरेर वायरलेस वा ताररहित नेटवर्क प्रदान गरेको थियोे । पहिला यो एक बन्द प्रणाली थियो र यसले केवल मिर्सका प्रयोगकर्ताको बीच सञ्चार सुविधा सञ्चालन गरेको थियोे तर केही वर्षको अन्तराल पछि यसले अन्य नेटवर्क सँग जोडिन मिल्ने सुविधा विस्तार गरेको थियोे । यसैले यसलाई एक ल्यान्डलाइन नम्बर (०३-७७ मा) र सन् २००१ मा प्रयोग गरेर यसलाई पूर्ण ताररहित सञ्जालमा बदेलेको थियोे । आधिकारिक प्रदायक लाइसेन्स प्राप्त गरेपछि, यसको प्रदायक कोड ०४७ थियोे र सन् २०१३ मा ०५३ यसले प्रदायक कोड परिवर्तन गरेको थियो ।[१]
सन् २००६ मा मेर्सले इजरायली रक्षा बल (आईडीएफ) को लागि ताररहित सेवाको एकमात्र प्रदाता वनेको थियोे । पेलेफोन सँगको अघिल्लो अनुब्धनको अन्त्य पछि इजरायली रक्षा बल (आइडीएफ)ले नि: शुल्क मिर्स फोनहरूलाई यसको अधिकारीहरूलाई प्रदान गरेको थियोे । सन् २०१० मा कम्पनीले मोटोरोलालाई फ्रेन्च एल्टिसमा बेचेको थियो ।
इजरायलको सञ्चार मन्त्रालयले नयाँ राष्ट्रव्यापी युएमटिएस नेटवर्क इजाजत पत्रको लागि सन् २०१० मा हट मोबाईल र अर्को समूह इजरायलको प्रमुख दूरसञ्चार कम्पनी गोलान टेलिकम लाई सञ्चालन इजाजत पत्र प्रदान गरेको थियोे ।[२]
सन् २०१२ मा कम्पनीलाई "हट मोबाइल" को रूपमा एल्टिस समुहको स्वामित्वमा रहेको हट ब्रान्डको रूपमा पुनर्गठन गरिएको थियो । नयाँ नेटवर्कको आधिकारिक सुरूवात १४ मे २०१२ मा भएको थियोे ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-११ मिति