पार्टनर सञ्चार कम्पनी
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप | ढाँचा:TASE न्याजड्याक: PTNR |
आइएसआइएन | IL0010834849 |
उद्योग | दूरसञ्चार |
स्थापित | १९९९ |
स्थापनाकर्ता | हचिसन दूरसञ्चार अन्तर्राष्ट्रिय लिमिटेड, इल्बिट र युरोकम |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | इजरायल |
मुख्य व्यक्ति | आइज्याक बेनबेनिस्टि (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | जिएसएम, जिपिआरएस, युसएमटिएस, डिसी-एचएसपिए+, एलटिइ |
आम्दानी | |
परिचालन आय |
|
| |
मालिक | फ्रि फ्लोट (६९.८%) इजरायल टेलिकम (३०.२%) |
वेबसाइट | www.partner.co.il |
पार्टनर सञ्चार कम्पनी लिमिटेड (यहूदी: חברת פרטנר תקשורת בע"מ) व्यापारीक नाम पार्टनर र पहिला आेरेञ्ज इजरायल (यहूदी: אורנג' ישראל) को रूपमा चिनिने एक मोबाइल सञ्जाल सञ्चालक, इन्टरनेट वाइफाइ, निश्चित टेलिफोन सेवा र इजरायलको ओटीटी / आईपीटीभी प्रदायक पनि हो। यसले पहिलाको ब्राण्ड नाम आेरेञ्ज अन्तर्गत १६ फेब्रुअरी २०१६ सम्म काम सञ्चालन गरेको थियो।
सञ्चालन
[सम्पादन गर्नुहोस्]पार्टनर सञ्चारले जनवरी १९९९ मा पूर्ण व्यावसायिक सेवा सुरु गरेको थियोे र ३१ मार्च २०११ सम्ममा यसका दश लाख प्रयोगकर्ता पुगेका थिए, यसले त्यसबेला इजरायलको सेलुलर बजारको अनुमानित २१% प्रतिनिधित्व गरेको थियोे । जुन २०१७ मा यसका २.७ मिलियन प्रयोगकर्ताहरू पुगेका थिए ।[२]
पार्टनर ग्राहकहरूको लागि क्षेत्रिय कोड ०५४ हो, यद्यपि ग्राहकहरू जसले विभिन्न सेलुलर कम्पनीबाट आफ्नो पुरानो नम्बर राख्नका लागि अनुरोध गरिएको छ, कानून अनुसार आवश्यक क्षेत्रीय कोड फरक हुने गरेको छ ।[३]
१ जनवरी २००९ मा कम्पनीले व्यावसायिक रूपमा इन्टरनेट सेवा र ल्यान्डलाइन सेवाहरू निजी प्रयोगकर्ता र साना व्यवसायहरूको लागि सुरू गरेको थियोे ।
सञ्जाल
[सम्पादन गर्नुहोस्]पार्टनर सञ्जालले जिएसएम (९०० मेगाहर्ट्ज / १८०० मेगाहर्ट्ज), युएमटिएस (९००/२१०० मेगाहर्ज) प्रविधि र ३ जी सेवाहरूको उपयोग गर्दछ। एचएसपिए हाल देशको ९०% भन्दा बढी क्षेत्रमा यस सुबिधा पुर्याएको छ साथै यसले एलटिइ सञ्जाल (१८०० मेगाहर्ज) पनि सञ्चालन गर्दै आईरहेको छ।
सञ्जालका प्रयोगकर्ताले ३५० जीएसएम र १३० युएमटिएसका साथ अन्तर्राष्ट्रिय सञ्जालहरूमा रोमिङ सम्झौताका कारण विश्वभरी उन्नत सेवाहरू प्रयोग गर्न सक्छन्। सञ्जाल प्रयोगकर्ताहरूको २३% व्यापार ग्राहकहरू छन्, २९% पूर्व-भुक्तानी (प्रिपेड) र बाँकी निजी पोस्टपेड ग्राहकहरू रहेका छन्।
आवृत्ति | ब्याण्ड सङ्ख्या |
प्रोटोकुल | वर्ग |
---|---|---|---|
९०० मेगाहर्ज | ८ | जिएसएम/जिपिआरएस/एज | २ जी |
१८०० मेगाहर्ज | ३ | ||
९०० मेगाहर्ज | ८ | युएमटिएस/एचएसपिए+ | ३ जी |
२१०० मेगाहर्ज | १ | ||
१८०० मेगाहर्ज | ३ | एलटिई | ४ जी |
इतिहास
[सम्पादन गर्नुहोस्]पार्टनर १९९९ मा स्थापित भएको थियो र इजरायली बजारमा प्रवेश गर्ने यो तेस्रो मोबाइल नेटवर्क सञ्चालक थियो, जसका दुई दूरसञ्चार सेवा प्रदायकहरू - सेलकम (स्थापना १९९४) र पेलेफोन (स्थापना १९८६) सँग प्रतिस्पर्धा रहेको छ । इजरायल दूरसञ्चार मन्त्रालयले इजरायलमा नयाँ तेस्रो दूरसञ्चार सेवा प्रदायकको लागि मात्रै ठाउँ रहेको र चौथोको लागि कुनै ठाउँ रहेको कुरा घोषणा गरेको थियोे । यसैले केवल दुई कम्पनीहरूले निविदाको जवाफ दिएका थिए जसमा पार्टनर र "टापुज" पर्दछन् । बोलि प्रक्रियामा पार्टनरले टपुज (जसलाई यहूदी भाषामा सुन्तला भन्ने गरिन्छ) लाई हराएपछि , टपुज पार्टनरकै एक भाग बनेको थियोे ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य सुत्रहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२० मिति