श्यामल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हरिहर अधिकारी 'श्यामल'बाट अनुप्रेषित)
श्यामल
जन्महरिहर
वि.स. २०१६ साल पौष ३०
गन्मगाउँ पगनाथ, दैलेख
पेशासाहित्य, पत्रकारिता, सामाजिककार्य
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
शिक्षासाहित्यमा स्नातकोत्तर
विधाकविता, निबन्ध
उल्लेखनीय कार्यहरूनिबन्ध सङ्ग्रह रित्तो गाउँका लेखक
उल्लेखनीय पुरस्कारहरूराष्ट्रिय प्रतिभा पुरस्कार २०५५
अभिभावकहरूउदयराम अधिकारी (पिता)
कलावती अधिकारी (माता)

हरिहर अधिकारी (जन्म: वि.सं. २०१६ पौष ३०) एक नेपाली पत्रकार तथा साहित्यकार हुन्।[१][२] उनी 'श्यामल' को नामले परिचित रहेका छन्।[३]

साहित्यकार श्यामल

जीवनी[सम्पादन गर्नुहोस्]

हरिहर अधिकारीको जन्म दैलेखको गन्मगाउँ पगनाथमा पिता उदयराम अधिकारी र माता कलावती अधिकारीको कोखबाट भएको थियो।

साहित्य तथा पत्रकारिता[सम्पादन गर्नुहोस्]

तीसको दशकदेखि पत्रकारिता र साहित्यलेखनमा सक्रिय श्यामलको पत्रकारिता भने ‘मातृभूमि’ पत्रिकाबाट सुरू भएको हो । करिब चारदशकबाट वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमद्वारा समग्र नेपाली समाजको रूपान्तर गर्ने अभियानमा सक्रिय श्यामलको प्रमुख विधा भने कविता र निबन्ध नै हो । साहित्यलेखन, पत्रकारिता तथा समाजरूपान्तरणको अभियानका अभियान्ता श्यामले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसकेका छन् ।

हरिहर अधिकारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय विकास परियोजना सञ्चालन गरेर संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका श्यामलले ‘रूपरेखा’ मासिक, ‘प्रख्यात’ साहित्यिक मासिक, ‘घोषणा’, ‘दृष्टि’ (साप्ताहिक), ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नयाँ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सम्पादक तथा सल्लाहकार सम्पादकको रूपमा कार्य गरेका थिए ।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

साहित्य तथा पत्रकारितामा विशिष्ट योगदान गरे वापत श्यामलले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू

  • राष्ट्रिय प्रतिभा पुरस्कार २०५५
  • साझा प्रकाशनबाट गरिमा सम्मान २०६४
  • अग्निशिखा पत्रकारिता पुरस्कार २०६६
  • साहित्य सन्ध्या पुरस्कार २०७३

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • कविता सङ्ग्रहहरू
    • लयब्रह्म
    • हतारमा यात्रा
  • निबन्ध सङ्ग्रहहरू
    • रित्तो गाउँ

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राससको अध्यक्षमा श्यामल, नेपाल टेलिभिजनमा विष्ट", nepalkhabar, अन्तिम पहुँच २०१९-०५-२१ [dead link]
  2. "राससको अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’ नियुक्त", News of Nepal (अङ्ग्रेजीमा), २०१८-०६-१४, अन्तिम पहुँच २०१९-०५-२१ 
  3. "श्यामल", nepal.ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०५-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]