हुमायुन आजाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हुमायुन आजाद
Humayun Azad with fellow graduate-mates (cropped).jpg
जन्महुमायुन काबिर
(१९४७-०४-२८)२८ अप्रिल १९४७
विक्रमपुर, बङ्गाल राज्य, बेलायती भारत
(हाल मुन्सिगञ्ज जिल्ला बङ्गलादेश)
मृत्यु१२ अगस्ट २००४(२००४-०८-१२) (५७ वर्ष)
म्युनिख, जर्मन
समाधि स्थलमुन्सिगञ्ज
पेशालेखक, कवि, प्रवक्ता
भाषाबाङ्ला, अङ्ग्रेजी
राष्ट्रियताबाङाली
शिक्षाविद्यावारिधि
अल्मा मेटरढाका विश्वविद्यालय
एडिनबर्ग विश्वविद्यालय
उल्लेखनीय पुरस्कारहरूबाङ्ला आकादमी साहित्य पुरस्कार
एकुशे पदक
जीवनसाथी
लतिफा कोहिनुर
(
वि १९७५)

हुमायुन आजाद (बङ्गाली: হুমায়ুন আজাদ, जन्म: २८ अप्रिल १९४७, मृत्यु: ११ अगष्ट २००४) एक बङ्गलादेशी कवि, उपन्यासकार, लेखक, अनुसन्धानकर्ता तथा प्रध्यापक थिए। उनी बङ्गलादेशको मुख्य प्रथाविरोधी र बहुआयामी लेखक थिए जसले १९८० को दशकदेखि धर्म, कट्टरपन्थी, संस्था र सुधारवाद, नारीवाद र राजनीति सम्बन्धी आलोचनात्मक भाषणका लागि पाठकहरूको ध्यानाकर्षण गर्न सक्षम थिए। कवि आजादको ७ काव्यसङ्ग्रह, १२ उपन्यास, २२ समालोचना सङ्ग्रह, ७ भाषाविज्ञानविषय सङ्ग्रह, ८ किशोर साहित्य तथा अन्य थुप्रै कृतिहरूका साथ ८० भन्दा बढी कृतिहरू प्रकाशित छन्।[१][२] सन् १९९२ मा उनको नारीवादी शोध प्रबन्धले महिलाको प्रकाशनपछि विवाद उत्पन्न गर्‍यो र तात्कालिक बङ्गलादेश सरकारले यस पुस्तकलाई सन् १९९५ देखि सन् २००० सम्म प्रतिबन्ध लगाएको थियो। उसले पनि उनको सबैभन्दा व्यापक छलफल गरिएको अनुसन्धान कार्यको रूपमा मान्यता प्राप्त गरेको थियो। यसको साथसाथै उनको पुस्तकहरू अविश्वास (सन् १९९७), शुभब्रत, सुसमाचार (सन् १९९७), द्वितीय लिङ्थ (सन् २००१) र पाक सार जमिन साख बाद (सन् २००४) ले पनि विवाद उत्पान्न गराएको थियो। उनी द्वारा रचित प्रवचनशुच्छ नामक एक कृति सन् १९९२ मा सार्वजनिक गरिएको थियो। उनलाई सन् १९८६ मा बाङ्ला एकाडेमि पुरस्कार तथा सन् २०१२ सालमा समग्र साहित्यिक कार्य र भाषाविज्ञानमा विशेष योगदानको लागि मरणोपरान्त एकुषी पदकबाट सम्मानित गरिएको थियो।

उनले जानाजानी परम्परागत अभ्यासलाई वेवास्ता गरे। उनको साहित्यको विशेषताहरूमा भावनात्मकता, चित्रण, प्रकृतिवाद, मानव प्रेम, देशभक्ति, सौन्दर्य, विचारको विविधता, भाषा, लय र सामग्री, यथार्थवाद र प्रगति, साथै धर्मनिरपेक्षता, सैन्य शासन र अधिनायकवाद, नारीवाद, नारीवाद, नारिवाद समावेश छन्। उनको धार्मिक र राजनीतिक विश्वास र व्यक्तिगत महत्त्वाकाङ्क्षाले उनको साहित्यलाई प्रभावित पारेको थियो। कथा र निबन्धका माध्यमबाट उनले समाज राजनीति र राजनीतिमा आफ्नो विचार व्यक्त गरे। उनको लेखनमा उनी राजनीतिक विपक्षीहरूको तीव्र आक्रमणका कारण सन् २००४ मा उनीलाई मारिएको थियो।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्ने]

आजादको जन्म २८ अप्रिल १९४७ का दिन विक्रमपुरको रारिखल गाउँमा हुमायुन कबीरको रूपमा जन्म भएको थियो जुन गाउँ हाल मुन्सिगञ्ज जिल्लाको श्रीनगर उपजिल्ला अन्तर्गत रहेको छ।[३] प्रसिद्ध वैज्ञानिक जगदीशचन्द्र बोसको जन्म पनि सोही गाउँमा भएको थियो। उनले सन् १९९२ मा सर जगदीशचन्द्र बसु संस्थानबाट माध्यमिक परीक्षा र सन् १९६४ मा ढाका क्याम्पसबाट उच्च माध्यमिक परीक्षा उतिर्ण गरेका थिए।उनले सन् १९६७ र १९६८ मा ढाका विश्वविद्यालयबाट बङ्गाली भाषा र साहित्यमा बिए र स्नातकोत्तर हासिल गरेका थिए। आजादले सन् १९८८ सेप्टेम्बर २८ मा आफ्नो थर कबिरबाट आजादमा परिवर्तन गरेका थिए। [४] आजादले सन् १९६९ मा चट्टग्राम कलेजमा भर्ना हुँदै आफ्नो कार्यकालको सुरूवात गरेका थिए। ११ फेब्रुअरी १९७० मा उनले चट्टग्राम विश्वविद्यालय र सन् १९७२ मा जहाँगीरनगर विश्वविद्यालयको प्राध्यापकको रूपमा प्रवेश गरेका थिए।[४][५] उनीले १ नोभेम्बर १९७८ मा ढाका विश्वविद्यालयमा बङ्गाली भाषाको सहयोगी प्राध्यापकको रूपमा नियुक्त भए र सन् १९८६ मा प्रध्यापकको पदमा पदोन्नती भभएका थिए।

साहित्यिक कार्यकाल[सम्पादन गर्ने]

सन् १९७६ मा ढाका विश्वविद्यालयबाट बाङ्ला भाषामा स्नातकोत्तर गरेपछि उनले वे एडिनबरा विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए भने उनी पछि बङ्गलादेश फर्किए पछि ढाका विश्वविद्यालयमा बाङ्ला विभागमा अध्यापन कार्यमा सामेल भएका थिए।[६] सन् १९७३ देखि उनले कविता लिख्न सुरु गरेका थिए।

सन् १९९४ देखि उनले उपन्यास पनि लेख्न सुरु गरेका थिए भने यसको साथसाथै उनले बाङ्ला भाषामा पुस्तकहरू पनि लेख्न थाले र समाज, धर्म, राजनीति पर आलोचनाहरू प्रकाशित गरेका थिए।[७] भाषाविज्ञानमा आधारित उनको पुस्तक कोलकाता तथा ढाका सहित थुप्रै विश्वविद्यालहरूमा पढाइन्छ। सन् १९८०बाट जब उनी ढाकाको इत्तफाक अखवारमा स्तम्भ लेख्न सुरु गरे उनलाई बङ्गलादेश सामाजको भित्री अन्धकारमा रहेका मानिसहरूलाई अगाडि ल्याउने मौका मिलेको थियो।[८] बङ्गलादेशमा व्यक्ति, मुख्यतया महिलाहरूको सम्बन्धमम उनको टिप्पणिहरूका कारण रूढीवादीहरू उनको शत्रु बनेका थिए।[९] समाजमा धर्मका कारण परेको कुप्रभावलाई लिएर उनको पुस्तक तथा लेखन चिन्तन एकदमै उज्ज्वल तथा नौला थिए।

मृत्यु[सम्पादन गर्ने]

सन् २००३ मा आजाद द्वारा लिखित उपन्यास पाक सर जमिन साद बाद जब इत्तफाक अखवारमा प्रकाशित भएको थियो।[१०] जसका कारण उनलाई उनको घरमै गुण्डाहरूले ज्यान लिने धम्की दिएका थिए तर आजादले त्यसलाई व्यवस्था गर्दै उसको उक्त उपन्यासको श्रृङ्खलाहरू सार्वजनिक गर्ने अग्रसर बनेका थिए।[११][१२] पछि सन् २००३ मा उही पुस्तकको आकारमा प्रकाशित भएको एक पुस्तक कट्टरपन्थीहरूले उक्त पुस्तकको प्रतिवन्ध लगाउन माग गरेका थिए।[१३] १२ अगस्त २००४ का दिन आजाद जर्मनीको म्युनिखमा रहेको उनको डेरामा मृत अवस्थामा फेला परेका थिए जहाँ उनी १९औँ शताब्दीका जर्मन कवि हेनरिक हिइनमा अनुसन्धान गर्न एक हप्ता अघि त्यहाँ आइपुगेका थिए। यसअघि उनलाई ढाका विश्वविद्यालयको बाहिर एक पुस्तक मेला चलिरहेको बेला गुण्डाहरूको एक समूहले चारैतिरबाट घेरी हमाला गरेका थिए जसकारण उनी गम्भीर घाइते भएका थिए।[१४] उनको परिवारले अनुसन्धानको माग गर्दै पहिला हत्याको प्रयास गरेको समूहले उनक‍ हत्या गरेको भनि आरोप लगाएका थिए।

जीवित छँदा आजादले उनको मृत्यु पछि मेडिकल कलेजमा आफ्नो शरीर दान गर्ने इच्छा व्यक्त गरेका थिए। तर उनलाई उनको जन्म भएको गाउँमा गाडिएको थियो।[१५]

उनको शरीर जर्मनीबाट बङ्गलादेश ल्याइपुर्‍याउन धेरै दिन बितिसकेको कारण चिकित्सकहरूले उनको शरीरलाई मेडिकल अनुसन्धानका लागि लैजान अस्वीकार गरेका थिए। आजादको पहिलो पुण्यतिथि शुक्रबार, १२ अगस्त २००५ का दिन रारिखल गाउँमा सम्मानका साथ मनाइएको थियो।

कृति[सम्पादन गर्ने]

कविता[सम्पादन गर्ने]

  • अलौकिक इसटिमार (सन् १९७३)
  • ज्वलो चिताबाघ (सन् १९८०)
  • सब किचु नष्टोदेर अधिकारे जाबे (सन् १९८५)
  • जतोइ गभीरे जाइ मधु जतोइ उपरे जाइ नील (सन् १९८७)
  • आमि बेञ्चेचिलाम अन्यदेर समये (सन् १९९०)
  • हुमायुन आजादेर श्रेष्ठो कविता (सन् १९९३)
  • आधुनिक बाङ्ला कविता (सन् १९९४)
  • काफने मोडा अश्रुबिन्दु (सन् १९९८)
  • काव्य सङ्ग्रह (सन् १९९८)
  • चोषा बोइ (सन् १९९९)

उपन्यास[सम्पादन गर्ने]

  • ५६ हाजार बर्गोमाइल (सन् १९९४)
  • सब किसन भेङ्गे पडे (सन् १९९५)
  • मानुष हिसाबे आमार अपराधसमूह (सन् १९९६)
  • जादुकरेर मृत्यु (सन् १९९६)
  • पाक सर जमिन साद बाद (सन् २००३)

आलोचना[सम्पादन गर्ने]

  • भाषा आन्दोलन:साहित्यिक पटभूमि (सन् १९९०)
  • नारी (सन् १९९२)
  • प्रतिक्रियाशीलतार दीर्घ चायार निचे (सन् १९९२)
  • निबिड नीलिमा (सन् १९९२)
  • माताल तरणि (सन् १९९२)
  • नरके अनन्त ऋतु (सन् १९९२)
  • जलपा रङ्गेर अन्धकार (सन् १९९२)
  • रबीन्द्र प्रबन्ध/राष्ट्र ओ समाजचिन्ता (सन् १९९३)
  • आमार अबिश्वास (सन् १९९७)
  • आमरा कि एइ बङ्गलादेश चेयेचिलाम (सन् २००३)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "একুশে পদক পেতে হুমায়ুন আজাদ", বিডিনিউজ টোয়েন্টিফোর ডটকম, ९ फेब्रुअरी २०१२, अन्तिम पहुँच ३ अगस्ट २०१९ 
  2. "একুশে পদক ১৫ জন ব্যক্তিত্ব গ্রহণ করেছেন", বিডিনিউজ টোয়েন্টিফোর ডটকম, २० फेब्रुअरी २०१२, अन्तिम पहुँच २० फेब्रुअरी २०१२ 
  3. इसलाम, सिराजुल (सन् २०१२), "हुमायुन आजाद", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. ४.० ४.१ जामान, मोस्ताफा; महुसेइन, आहमेद (१ सेप्टेम्बर २००४), "একটি কাটা জীবন", ডেইলি স্টার (বাংলাদেশ), अन्तिम पहुँच २३ नोभेम्बर २०१७ 
  5. H., Kabir, (१९७६), Pronominalization in Bengali 
  6. "বাবার স্বপ্ন ছিল সেক্যুলার বাংলাদেশ : মৌলি আজাদ (बाङ्लामा)", एनटिभी, १२ अगस्ट २०१५, अन्तिम पहुँच १५ अगस्ट २०१८ 
  7. "হুমায়ুন আজাদ মামলার রায় १२ বছরেরও বেশি সময় কাটছে", বিডিনিউজ টোয়েন্টিফোর ডটকম, २८ फेब्रुअरी २०१६, अन्तिम पहुँच १५ अगस्ट २०१८ 
  8. নোহা সবন্ত মওলা (१८ सेप्टेम्बर २०१४), "ফেমিনিজম কী", ডেইলি স্টার (বাংলাদেশ) 
  9. आसान, सैयद बादरुल (२ मार्च २०१३), "যে শব্দগুলি একটি পার্থক্য তৈরি করেছে", ডেইলি স্টার (বাংলাদেশ), अन्तिम पहुँच २०१३-०६-२१ 
  10. "হুমায়ুন আজাদ মিউনিখে মৃত অবস্থায় পাওয়া গেছে", ডেইলি স্টার (বাংলাদেশ), १४ अगस्ट २००४, अन्तिम पहुँच ८ अगस्ट २०१५ 
  11. "শীর্ষ বাংলাদেশী লেখক নিহত হয়েছেন", ব্রিটিশ ব্রডকাস্ট কর্পোরেশন, २००४-०८-१३, अन्तिम पहुँच २०१६-०४-२६ 
  12. ডেইলি স্টার (বাংলাদেশ) (११ अगस्ट २००९), "हुमायुन आजाद", ডেইলি স্টার (বাংলাদেশ), अन्तिम पहुँच ३ अगस्ट २०१९ 
  13. "হুমায়ুন আজাদ মিউনিখে মৃত অবস্থায় পাওয়া গেছে", ডেইলি স্টার (বাংলাদেশ), १४ अगस्ट २००४, अन्तिम पहुँच ३ अगस्ट २०१९ 
  14. "হুমায়ুন আজাদ, ভেতর-বাহিরে", एनटिभी, २०१५-०८-१२, अन्तिम पहुँच २०१६-०९-०७ 
  15. "প্রফেসর ডঃ হুমায়ুন আজাদের প্রথম মৃত্যুবার্ষিকী শুক্রবার", বিডি নিউজ ২৪ ডটকম, १० अगस्ट २००५, अन्तिम पहुँच ३ अगस्ट २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]