अहमदाबाद जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अहमदाबाद जिल्ला
जिल्ला कार्यालय भवन
जिल्ला कार्यालय भवन
गुजरातको नस्सामा अहमदाबाद जिल्लाको अवस्थिति
गुजरातको नस्सामा अहमदाबाद जिल्ला
देश भारत
राज्यगुजरात
सदरमुकामअहमदाबाद
क्षेत्रफल
 • जम्मा७१७० किमी (२७७० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)[१]
 • जम्मा७२१४२२५
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती
समय क्षेत्रयुटिसी+५:३० (आइएसटी)
वेबसाइटahmedabad.gujarat.gov.in

अहमदाबाद जिल्ला भारतको गुजरात राज्यको मध्य भागमा अवस्थित एक जिल्ला हो। यो भारतको सातौँ सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला हो (७३९ मध्ये)। अहमदाबाद वरपरको क्षेत्र ११औँ शताब्दीदेखि बसोबास गर्दै आएको छ, जब यसलाई अशावलको नामले चिनिन्थ्यो। त्यस समयमा अखिलवारा (आधुनिक पाटन) का चौलुक्या (सोलंकी) शासक कर्णले अशावलका भील राजाविरुद्ध सफल युद्ध गरे र साबरमतीको किनारमा कर्णावती नामक नगर को स्थापना गरे।[२]

सन् २०११ को जनगणना अनुसार अहमदाबाद जिल्लाको जनसङ्ख्या ७२,१४,२२५ रहेको छ, जुन हङकङ वा अमेरिकी राज्य वासिङ्टनको बराबर छ। यसले यसलाई भारतमा आठौँ स्थान (कुल ६४० मध्ये) प्रदान गर्दछ। यस जिल्लाको जनघनत्व ९८३ बासिन्दाहरू प्रति वर्ग किलोमिटर (२,५५०/वर्ग माइल) रहेको छ। सन् २००१-२०११ को दशकमा यसको जनसङ्ख्या वृद्धिदर २२.३१ प्रतिशत थियो। अहमदाबादमा प्रति १० पुरुषमा ९०३ महिलाको लिंग अनुपात रहेको छ भने साक्षरता दर ८६.६५% रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Districts of Gujarat" 
  2. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India Through the Ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: १७३ 
  3. "District Census Hand Book – Ahmedabad", Census of India, Registrar General and Census Commissioner of India।