खनिज तेल
खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर्जा हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल, प्राकृतिक ग्यास आदि पर्दछ्न् ।
खनिज तेल बन्ने तरिका
[सम्पादन गर्नुहोस्]पृथ्वीमा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई हाइड्रोकार्बनका यौगिकहरु बन्दछ । हाइड्रोकार्बन यौगिकहरूबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।
खनिज तेलको महत्त्व
[सम्पादन गर्नुहोस्]- खनिज तेललाई यातायातका साधनहरु सञ्चालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
- विभिन्न उद्योगहरूमा सञ्चालन गरिने यन्त्रहरु सञ्चालन गर्नका लागि खनिज तेल प्रयोग गरिन्छ ।