टेन्सेन्ट सङ्गीत
पूर्व नाम | चीन सङ्गीत निगम |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी, संयुक्त उद्यम |
व्यावसायिक रूप | ढाँचा:न्युयोर्क सेयर बजार |
आइएसआइएन | US88034P1093 |
पूर्ववर्ती | चीन सङ्गीत निगम टेन्सेन्टको क्युक्यु सङ्गीत विभाग |
स्थापित | जुलाई 2016 |
केन्द्रीय कार्यालय | सेन्झेन, चीन |
उत्पादनहरू | क्युक्यु सङ्गीत, कुगौ, कुवो |
मालिक | टेन्सेन्ट स्पोटिफाई |
कर्मचारी सङ्ख्या | २,४००[१] (सन् २०१७) |
वेबसाइट | www |
टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह (सरलीकृत चिनियाँ: 腾讯音乐娱乐集团 ) एक चिनियाँ कम्पनी हो जसले चिनियाँ बजारको लागि सङ्गीत प्रवाह सेवाहरूको विकास गरेको थियो। यो टेन्सेन्ट र स्पोटिफाई बीच एक संयुक्त उद्यम हो। कम्पनीका अनुप्रयोगहरू जस्तै क्युक्यु सङ्गीत , कुगो, र कुवो सहित यसमा ७०० मिलियन भन्दा भन्दा बढी सक्रिय प्रयोगकर्ता र १२० मिलियन भुक्तान ग्राहकहरू रहेका छन्।[२][३][४] जुलाई २०१६ सम्ममा, टेन्सेन्ट सङ्गीतका तीन सेवाहरूले चीनमा सङ्गीत प्रवाह सेवाको अनुमानित ५६% भाग ओगटेको छ।[५]
इतिहास
[सम्पादन गर्नुहोस्]टेन्सेन्ट सङ्गीतलाई जुलाई २०१६ मा सृजना गरिएको थियो। [६]परिणाम स्वरूप टेन्सेन्ट यसको सङ्गीत प्रस्तावलाई सुदृढ गर्न चीन सङ्गीत निगमको खरीद गरेको थियो। ४ जुलाई २०१८ मा, सोनी / एटिभी सङ्गीत प्रकाशनले टेन्सेन्ट सङ्गीतमा एक सेयर प्राप्त गरेको थियो।[७] अक्टोबर २०१८ मा, कम्पनीले अमेरिकामा करीव २ अर्ब अमेरिकी डलरको प्रारम्भिक सार्वजनिक प्रस्ताव लागि फाइल दर्ता गरेको थियो।[८][९]
डिसेम्बर २०१८ मा, कम्पनीले लगभग १.२३ अर्ब अमेरिकी डलरको सेयरको कुल मूल्यको साथ प्रारम्भिक सार्वजनिक प्रस्तावको घोषणा गरेको थियो जसमा अमेरिकी विश्वस्त सेयर ८२ मिलियन र नियमित सेयरको मूल्य १३ देखि १५ मिलियन रहेको थियो।[१०] ४६.६% टेन्सेण्ट सङ्गीतको सामान्य सेयर स्पोटिफाईको स्वामित्वमा रहेको छ। [११]
कोशेढुङ्गा
[सम्पादन गर्नुहोस्]सन् २००३: क्युक्युले अनलाइन सङ्गीत सेवाको सुरु गरेको थियो।
सन् १००४: कुगु सङ्गीतको प्रक्षेपण गरिएको थियो।
सन् २००५: क्युक्यु सङ्गीत र कुवो सङ्गीतको प्रक्षेपण गरिएको थियो।
सन् २०१२: कुगु,प्रत्यक्ष (पूर्व कुगु फ्यानसिङ) को प्रक्षेपण गरिएको थियो।
सन् २०१३: चीन सङ्गीत निगमले कुवोलाई अधिग्रहण गरेको थियो र कुवो प्रत्यक्षको सुरुवात
सन् २०१४: चीन सङ्गीत निगमले कुगोको अधिग्रहण गरेको थियो।
विसिङ्को सुरुवात
सन् २०१६: टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह र चिनियाँ सङ्गीत निगममा टेन्सेण्टको अनलाइन सङ्गीत व्यवसायको संयोजनबाट सृजना गरिएको थियो।
सन् १०१७: टेन्सेन्ट सङ्गीतकार कार्यक्रमको सुरुवात
टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूहले अल्टिमेट सङ्गीतलाई अधिग्रहण गरेको थियो।
सन् १०१८: टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह र सोनी सङ्गीतले संयुक्त रूपमा लिक्क्युड ष्टेट नामक सङ्गीत लेबलको सुरुवात गरेका थिए।
टेन्सेन्ट सङ्गीतले गैर नाफामूलक कार्यक्रमको सुरुवात गरेको थियो।
सोनी सङ्गीत र वार्नर सङ्गीतले टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूहमा रणनीतिक लगानी गरेको थियो।
टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह, न्यू योर्क सेयर बजारमा सूचीबद्ध भएको थियो।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Tencent Music’s Andy Ng talks China and expansion", म्युजिकल्ली, ६ जुन २०१८, अन्तिम पहुँच ८ जुलाई २०१८।
- ↑ "Tencent Music drowns out Spotify and Apple", ब्लुमबर्ग समाचार।
- ↑ "Revealed: Billboard's 2017 Digital Power Players, Guiding the Future in Music and Tech", बिलबोर्ड।
- ↑ लि, पर्ल (२७ जुन २०१७), "Why China’s music streaming is leading the world", टेक इन एसिया।
- ↑ सु, जेन (१५ जुलाई २०१६), "Tencent to merge QQ Music service with China Music Corp to create streaming giant", साउथ चाइना मर्निङ पोष्ट, अन्तिम पहुँच ८ अगस्ट २०१८।
- ↑ "Tencent spikes on music arm move", द स्ट्यान्डर्ड।
- ↑ ह्युग, जेनिफर, "Crunch time for Tencent Music's 2018 $2 billion IPO hopes", युएस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-२१।
- ↑ Sony/ATV Share Tencent IPO Profits with Songwriters वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१२ मिति वानइडिएम, अभिगमन मिति ११ अगष्ट २०१८
- ↑ Sony/ATV owns a stake in Tencent Music Entertainment म्युजिक बिजनेस वर्ल्डवाइड, अभिगमन मिति ११ अगष्ट २०१८
- ↑ "Tencent Music moving ahead with its $1.2B U.S. stock market debut", टेक क्रञ्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०४।
- ↑ MarketScreener, "SPOTIFY TECHNOLOGY SA : Shareholders Board Members Managers and Company Profile | LU1778762911 | MarketScreener", मार्केट स्क्रिनर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-०७।
- ↑ "हाम्रो बारेमा", आधिकारिक वेबसाइट।