टेन्सेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेन्सेन्ट होल्डिङ्स लिमिटेड
मौलिक नाम
腾讯控股有限公司
रोमन लिपिमा नाम
Téngxùn Kònggǔ Yǒuxiàn Gōngsī
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनKYG875721634 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबहुउद्योग कम्पनी
स्थापित११ नोभेम्बर १९९८; २५ वर्ष पहिले (१९९८-११-11)
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालयनान्सान सेन्जेन, ग्वाङदोङ, चीन
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्वह्रास ¥५५४.५५२ अर्ब ($७७.९९ अर्ब) (सन् २०२२)[१]
परिचालन आय
ह्रास ¥२३५.७०६ अर्ब ($३३.१५ अर्ब) (सन् २०२२)[१]
ह्रास ¥१८८.७०९ अर्ब ($२६.५४ अर्ब) (सन् २०२२)[१]
कुल सम्पत्तिह्रास ¥१.५७८ खर्ब ($२२१.९४ अर्ब) (सन् २०२२)[१]
कुल इक्विटीह्रास ¥७८२.८६० अर्ब (US$११०.१० अर्ब) (सन् २०२२)[१]
मालिकहरू
कर्मचारी सङ्ख्या
११२,७७१ (सन् २०२१)[१]
विभाग
ASN
वेबसाइटtencent.com
टेन्सेन्ट
"टेन्सेन्ट" सरलीकृत चिनियाँ (माथि) र परम्परागत (तल) चिनियाँ अक्षरहरू
सरलीकृत चिनियाँ 腾讯
परम्परागत चिनियाँ 騰訊
टेन्सेन्ट डोल्डिङ्स लिमिटेड
सरलीकृत चिनियाँ 腾讯控股有限公司
परम्परागत चिनियाँ 騰訊控股有限公司

टेन्सेन्ट होल्डिङ्स लिमिटेड (चिनियाँ: 腾讯; फिनयिन: Téngxùn) एक चिनियाँ बहुराष्ट्रिय प्रविधि समूह र नियन्त्रक कम्पनी हो जसको प्रधान कार्यालय सेन्जेनमा रहेको छ। यो राजस्वको आधारमा विश्वको सबैभन्दा धेरै कमाई गर्ने मल्टिमिडिया कम्पनीहरू मध्ये एक हो। यो यसको इक्विटी लगानीमा आधारित भिडियो गेम उद्योगमा विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो, टेन्सेन्ट गेम्स टेनसेन्ट इन्टरएक्टिभ इन्टरटेन्मेन्ट ग्रुप (आइइजी)को उपविभाजन हो जुन खेलहरूको प्रकाशनमा केन्द्रित छ।[४]

सन् १९९८ मा स्थापना भएको यसको सहायक कम्पनीहरूले विश्वव्यापी रूपमा मनोरञ्जन, कृतिम बौद्धिकता र अन्य प्रविधि लगायत इन्टरनेटसँग सम्बन्धित विभिन्न सेवा र उत्पादनहरूको बजारीकरण गर्दछ। [५] यसको प्रधान कार्यालय सेन्जेनको नान्सन जिल्लामा रहेको छ।[६]

टेन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम विक्रेता हो,[७] साथै सबैभन्दा आर्थिक रूपमा मूल्यवान कम्पनीहरू मध्ये एक हो।[८] यो सबैभन्दा ठूलो सामाजिक सञ्जाल, उद्यम पूँजी, र लगानी निगमहरू मध्ये एक हो।[९] यसको सेवाहरूमा सामाजिक सञ्जाल, सङ्गीत, वेब पोर्टलहरू, ई-वाणिज्य, मोबाइल गेमहरू, इन्टरनेट सेवाहरू, भुक्तानी प्रणालीहरू, स्मार्टफोनहरू, र बहुखेलाडी अनलाइन गेमहरू समावेश छन्।[१०][११] यसले तत्काल सन्देश वाहकहरू टेन्सेन्ट क्युक्यू, विच्याट सञ्चालन गर्दछ, र क्युक्यू डटकम सञ्चालन गर्दछ।[१२] यसको स्वामित्व टेन्सेन्ट सङ्गीत पनि रहेको छ।

कम्पनीले सन् २०१८ मा ५०० अर्ब अमेरिकी डलरको बजार मूल्य पार गरेको थियो र यो मूल्याङ्कन सीमा पार गर्ने पहिलो एसियाली प्रविधि कम्पनी बनेको थियो। त्यसपछि यो चीनमा सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गरिएको कम्पनीको रूपमा उदाएको छ[१३][१४][१५], र फेब्रुअरी २०२२ सम्म बजार मूल्यको आधारमा विश्वको दसौँ सबैभन्दा मूल्यवान कम्पनी हो। [१६][१७][१८][१९]सन् २०१५, २०१८ र २०२० मा, कम्पनीलाई बोस्टन कन्सल्टिङ ग्रुप र फास्ट कम्पनीद्वारा विश्वव्यापी ५० सबैभन्दा नवीन कम्पनीहरूको सूचीमा स्थान दिइएको थियो।[२०][२१][२२] टेन्सेन्टको ६०० भन्दा बढी कम्पनीहरूमा हिस्सेदारी रहेको छ[२३], र सन् २०१७ मा एसियामा प्रविधि कम्पनीहरूमा ध्यान केन्द्रित गर्न सुरु गरेको थियो।[२४] सन् २०२१ को जनवरीमा टेन्सेन्टको मूल्याङ्कन १ खर्ब अमेरिकी डलर पुगेको थियो।[२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "2022 Annual Report", Tencent.com, अन्तिम पहुँच १३ जनवरी २०२४ 
  2. "prosus2021-annual-report2", मूलबाट २५ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०२१ मिति
  3. "TENCENT HOLDINGS LIMITED (700)", १५ सेप्टेम्बर २०२३, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२३ 
  4. "Top Public Video Game Companies | By Revenue", Newzoo (अङ्ग्रेजीमा), मूलबाट १३ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०२१ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named biobk
  6. "Tencent 2020 Annual Report", hkexnews.hk, मूलबाट ३० अक्टोबर २०२१-मा सङ्ग्रहित। 
  7. "Inside Tencent's Struggle to Bring World's Hottest Game to China", Bloomberg.com, २३ अगस्ट २०१८, मूलबाट ६ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१८ 
  8. French, Sally, "China has 9 of the world's 20 biggest tech companies", marketwatch.com, मूलबाट १९ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१८ 
  9. Ballard, John (२४ डिसेम्बर २०१८), "Is Tencent a Buy?", The Motley Fool (अङ्ग्रेजीमा), मूलबाट १० जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०१९ 
  10. "Tencent's 60,000% Runup Leads to One of the Biggest VC Payoffs Ever", Bloomberg.com, मूलबाट ९ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१८ 
  11. "Tencent, the "SoftBank of China," has invested tens of billions globally since 2015 – Quartz", qz.com (अङ्ग्रेजीमा), मूलबाट ८ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१८ 
  12. "Tencent, More Than QQ Instant Messaging In China", thechinaobserver.com, २७ जनवरी २००९, मूलबाट २६ अप्रिल २००९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ अप्रिल २००९ मिति
  13. "Tencent joins US$500 billion valuation line up", मूलबाट २४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  14. "Tencent Holdings Market Cap (TCEHY)", ycharts.com (अङ्ग्रेजीमा), मूलबाट ४ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०१७ 
  15. "Tencent posts 69 percent jump in quarterly net profit; becomes the most valuable company in Asia", Tech2, मूलबाट १७ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  16. Kharpal, Arjun (२० नोभेम्बर २०१७), "Tencent becomes first Asian company to be valued over $500 billion", CNBC, मूलबाट २० नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named wsj-tesla-stock
  18. "Companies ranked by Market Cap – CompaniesMarketCap.com", companiesmarketcap.com (en-usमा), मूलबाट १४ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  19. Soon, Weilun (१८ फेब्रुअरी २०२२), "Chinese tech giant Tencent jumps onto the list of the world's 10 most valuable companies as Meta slides on stock rout", Business Insider (en-USमा), अन्तिम पहुँच ३० अगस्ट २०२२ 
  20. Borromeo, EL (५ डिसेम्बर २०१५), "World's 50 Most Innovative Firms Include Tencent, Huawei and Lenovo", Yibada English, मूलबाट २८ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१७ 
  21. "BCG: Tencent is the Most Innovative Company in China in 2015", China Internet Watch, ५ जनवरी २०१६, मूलबाट २९ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१७ 
  22. Ge, Yang (२२ फेब्रुअरी २०१८), "Tencent Tops Chinese Leader Board on Global Innovator List", Caixin Global (अङ्ग्रेजीमा), मूलबाट १५ अगस्ट २०१८-मा सङ्ग्रहित। 
  23. "Tencent grows profits with aggressive investment strategy", South China Morning Post (अङ्ग्रेजीमा), १६ जनवरी २०१९, मूलबाट १६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१९ 
  24. Krapels, Nicholas (१७ जुलाई २०१७), "Tencent Vs. Alibaba: Complex Cross-Ownership Structures Cause Criminally Undervalued Chinese Super-Conglomerates", Seeking Alpha, मूलबाट ३० सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७ 
  25. "Tencent Shares Tumble After Approaching $1 Trillion Valuation", Bloomberg (अङ्ग्रेजीमा), २५ जनवरी २०२१, अन्तिम पहुँच १ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]