ब्याटम्यान
ब्याटम्यान (अङ्ग्रेजी: Batman) डिसी कमिक्सको एक काल्पनिक पात्र हो। बब केन र बिल फिंगरले यसको रचना गरेका हुन्। ब्याटम्यान ब्रुस वेनको नामबाट गोथम शहरमा बस्छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ।
अधिकांश सुपरहिरोको जस्तो ब्याटम्यानसँग कुनै अलौकिक शक्ति छैन।
पात्र
[सम्पादन गर्नुहोस्]ब्रुस वेन
[सम्पादन गर्नुहोस्]ब्याटम्यानको गोप्य पहिचान एक धनी अमेरिकी उद्योगी ब्रुस वेन हुन्। बालक हुँदा, उनको आफ्नो आमाबुबा डक्टर थोमस वेन र मार्था वेन को हत्या उनकै आँखा अगाडि भएको थियो। त्यसैले आफ्नो जस्तो नियति अरुले भोगुनु नपरोस् र अपराध विरुद्ध न्यायको खोजी गर्न ब्रुस वेन ब्याटम्यान बने। उनी गोथम सहरमा रहेको आफ्नो निवास वेन मेनर मा बस्छन्। आफ्नो पारिवारिक पैतृक सम्पत्ति र वेन इन्टरप्राइजको नाफाबाट एक ऐयासी देखावटी जीवन बिताएर ब्रुस आफ्नो ब्याटम्यान रुपी अनुहार लुकाउने गर्छन्। [१][२] उनले वेन फाउन्डेसन मार्फत परोपकारको काम पनि गर्छन्, जस अनुसार अपराधका पिडितलाई सहायता पुर्याइन्छ।[३] सार्वजनिक रुपमा, उनी कहिलेकाही उच्च वर्गको पार्टीमा देखिन्छन्।[४] ब्रुस वेन एक सकृय ऐयासी जीवन बिताएको देखिए पनी, उनले आफ्नो अधिकांश समय ब्याटम्यानको रुपमा भिजितान्ते गतिविधिमा बिताउँछन्। [५]
धेरै आधुनिक कथाहरूमा ब्रुस वेनको खर्चालु र ऐयासी छविलाई देखावटी मुहारको रुपमा प्रस्तुत गरिएको छ।[६] यस विपरित क्राइसिस,सुपरम्यान मा क्लार्क केन्ट वास्तविक परिचान हो भने सुपरम्यान देखावटी हो।[७][८] टेलिभिजन डकुमेन्ट्री ब्याटम्यान अनमाक्स्डमा ब्याटम्यानको व्यक्तित्व ब्रुस वेन परिवारको पैतृक मानवताबाट प्रेरित भएको उल्लेख गरेका छन्। ब्रुस वेनको सिद्धान्तमा भविस्यमा हुन सक्ने हानी रोक्ने र "कसैको ज्यान नलिने" पर्छ। ब्रुस वेन यो कुरामा विश्वास गर्छन् कि हाम्रो कदमले हामीलाई परिभाषित गर्छ, हामी केही कारण वश असफल हुन्छौ र जे कुरा पनि सम्भव हुन्छ। [९]
ब्याटम्यान र सुपरम्यान कथाका लेखहरूले अक्सर यी दुईको तुलना र फरक गर्ने गरेका छन्। यो व्याख्या लेखक, कथा, र समय अनुसार फरक हुने गर्छ। ग्रान्ट मरिसन[१०] ले दुवै हिरोले उनीहरूको दिन/ रातको भुमिकाको बाबजुद "उस्तै किसिमको कुरामा विश्वास गर्ने" उल्लेख गरेका छन्। उनले उनीहरूको वास्तविक पहिचानमा फरक पनि उल्लेख गरेका छन्। ब्रुस वेन र क्लार्क केन्ट भिन्न सामाजिक वर्गसँग सम्बन्धित छन्: "ब्रुस सँग बटलर छ, क्लार्कको आफ्नो मालिक छ।" टि. जेम्स मस्लरको किताब अनलिसिङ द सुपरहिरो इन अस अलमा ब्रुस वेनलाई उनको जीवन र ब्याटम्यानको भुमिकामा प्रस्तुर हुन उनको व्यक्तिगत सम्पत्ति कति महत्त्वपूर्ण थियो भन्ने कुरा उजागर गरेका छन्। [११]
विल ब्रुकरले आफ्नो किताब ब्याटम्यान अनमाक्स्डमा लेखेका छन् "ब्याटम्यानको पहिचानको पुष्टिले युवा दर्शकलाई झुट हुन्छ ...उनलाई ब्रुस वेन हुन पर्दैन; उनलाई सुट र ग्याजेट, दक्ष र अझ महत्त्वपूर्ण नैतिकता र मानवता भए हुन्छ। 'उनीहरूले उनलाई विश्वास गर्छन् ...र उनीहरू कहिल्यै गलत हुदैनन्।"[१२]
चलचित्रहरूमा
[सम्पादन गर्नुहोस्]ब्याटम्यानको धेरै चलचित्रहरू बनेका छन्।
- ब्याटम्यान (१९८९ चलचित्र), सन् १९८९ को चलचित्र
- ब्याटम्यान बिगिन्स, सन् २००५ को चलचित्र
- द डार्क नाइट (चलचित्र), सन् २००८ को चलचित्र
- द डार्क नाइट राइजेज, सन् २०१२ को चलचित्र
- द ब्याटम्यान (चलचित्र), सन् २०२२ को चलचित्र
भिडियो गेम
[सम्पादन गर्नुहोस्]- ब्याटम्यान: आरखम असायलम
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dennis O'Neil, Batman: Knightfall. 1994, Bantam Books. आइएसबिएन ९७८-०-५५३-०९६७३-६
- ↑ Daniels (1999)[page needed]
- ↑ Pearson & Uricchio (1991), p. 202
- ↑ Lewis, Andrew (जनवरी ३, २०१७), "Batman: 15 Things You Didn't Know About Bruce Wayne", ScreenRant, अन्तिम पहुँच २ डिसेम्बर २०२१।
- ↑ Morrison, Grant (w). Batman Incorporated v2, #0 (September 2012), DC Comics
- ↑ Scott Beatty, The Batman Handbook: The Ultimate Training Manual. 2005, Quirk Books, p51. आइएसबिएन ९७८-१-५९४७४-०२३-७
- ↑ Aichele, G. (1997). "Rewriting Superman" in G. Aichele & T. Pippin (eds.), The Monstrous and the Unspeakable: The Bible as Fantastic Literature, pp. 75–101. Sheffield: Sheffield Academic Press.
- ↑ Superman vol. 2 #53
- ↑ "Holy Wisdom, Batman!: 24 Most Famous Batman Quotes", brightdrops.com, अगस्ट २५, २०१७, अन्तिम पहुँच मे १३, २०१९।
- ↑ Boucher, Geoff (अगस्ट १३, २०१०), "Batman versus Superman as class warfare? Grant Morrison: 'Bruce has a butler, Clark has a boss'", Los Angeles Times, मूलबाट अक्टोबर १५, २०१२-मा सङ्ग्रहित।
- ↑ T. James Musler. 2006. Unleashing the Superhero in Us All.
- ↑ Brooker, Will (२००१), Batman Unmasked, NY/London: Continuum International Publishing Group, पृ: ३६८, आइएसबिएन 978-0-8264-1343-7।