अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।
माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)
राजतन्त्र ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ।
बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि ब्रुनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब, इस्वातिनी र थाइल्यान्ड, जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ।