सतलज नदी
सतलज नदी | |
---|---|
स्थान | |
देश | चीन, भारत, पाकिस्तान |
State | तिब्बत स्वायत्त क्षेत्र, हिमाचल प्रदेश, पन्जाब, भारत, पन्जाब, पाकिस्तान |
भौतिक विषेशताहरू | |
लम्बाइ | १,४५० किमी (९०० माइल) |
जलाधारकाे क्षेत्रफल | ३,९५,००० किमी२ (१,५३,००० वर्ग माइल) |
सतलज या सतलुज नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडि सम्म पश्चिमी नेपालको सिमाना जस्तै थियो। यो नदी देखि महाकाली नदीसम्मका सम्पूर्ण पहाडी तथा तराई भू-भाग नेपाल सरकारले सुगौली सन्धि मार्फत इस्ट इन्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्यो।
सतलज नदी ऐतिहासिक पन्जाब क्षेत्र (विभाजन हुनुभन्दा पहिला)को पाँच नदीहरूमध्य सबैभन्दा लामो नदी हो जुन अहिलेको भारत र पाकिस्तानको पन्जाब प्रान्त हुँदैं बग्ने गरेको छ। यो नदी हिमालयको हिन्दुकुश शृंखलाको उत्तर, र पाकिस्तानको मध्य सुलेमान शृंखलाको पूर्वबाट निस्कने गर्छ।
सतलज नदी कहिले रातो नदी (red river)को नामले जानिने गरिन्थ्यो। यो सिन्धु नदीको सबैभन्दा पूर्वको सहायक नदी (tributary) हो। यस नदीको उद्गम् स्थल चीनको तिब्बतको राकसताल भनिने ताल नजीकै कैलाश पर्वतबाट छ र यो साधारणरत: पश्चिम तथा दक्षिण-पश्चिम तर्फ बग्दै सिप्किला हुँदै हिमाचल प्रदेश नजिकभारतमा प्रवेश गर्छ। पाकिस्तानमा यसले प्राचीन र ऐतिहासिक, भूतपूर्व बाहावलपुरलाई सिंचित गर्छ, यस क्षेत्रको दक्षिण र पूर्वको भाग शुष्क छ जुन चोलिस्तान नामले जानिन्छ, जुन बहावलपुर क्षेत्रको एक हिस्सा हो। हरि के पाटन भनिने ठाँउमा सतलज नदीमा बिज नदी आयेर मिल्छ र अमृतसर, पन्जाब, भारत हुँदै यो दक्षिण-पश्चिम पाकिस्तानमा प्रवेश गर्छ र चिनाब नदीमा आएर मिल्छ र बहावलपुर नजिकआएर पंजनाद नदीको रूप धारण गर्छ। पंजनाद नदी मिठानकोट नजिकआएर सिन्धु नदीमा मिल्दछ। त्याहाँदेखि सिन्धु नदी पहाडहरू मध्यहुँदै सुक्कुर पुग्दछ त्यसपछि सिन्धको उपजाऊँ तराई क्षेत्रहुँदै पाकिस्तानको बन्दरगाहहरूको शहर कराँची नजिकआएर अरब सागरमा झर्दछ।
सतलज नदीका पानी भारतमा सिन्धु जलसंधि अन्तर्गत भारत र पाकिस्तानमध्य आवँटित छन् , र यस नदीबाट भारतमा अधिक मात्रामा नहरहरू निकालिएका छन्