स्वात जिल्ला
स्वात
سوات | |
---|---|
उपनाम: पूर्वको स्विजरल्यान्ड | |
निर्देशाङ्क: ३५°१२′उ॰ ७२°२९′पू॰ / ३५.२००°N ७२.४८३°Eनिर्देशाङ्कहरू: ३५°१२′उ॰ ७२°२९′पू॰ / ३५.२००°N ७२.४८३°E | |
देश | पाकिस्तान |
प्रदेश | खैबर पख्तुनख्वा |
ठुलो सहर | मिङ्गावारा |
क्षेत्रफल | |
• जिल्ला | ५,३३७ किमी२ (२०६१ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जिल्ला | २,३०९,५७० |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
• सहरी | ६९५,९०० |
• ग्रामीण | १,६१३,६७० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत | ०९४६ |
भाषा (१९८१) | ९०.२८% पस्तो ८.६७% कोहिस्तानी |
स्वात जिल्ला (उर्दु سوات) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक जिल्ला हो। स्वात यहाँ रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ।
स्वात जिल्ला स्वात नदी को माथिल्लो भागमा केन्द्रित छ जहाँबाट बौद्ध धर्म को एक प्रारम्भिक बौद्ध विचारको उत्पत्ति भएको थियो। पहिला यो प्रदेश गन्धारा राज्य को एक भागको रूपमा रहेको थियो। स्वात जिल्ला पहिला स्वात प्रदेशीय राज्यको एक भाग थियो जसलाई सन् २००७ पाकिस्तानी तालेवानहरूले आक्रमण गरेर आफ्नो कब्जामा ल्याएको थियो। हाल स्वात जिल्ला रहेको उत्कृष्ट प्राकृतिक सुन्दरता को लागि प्रसिद्ध छ जसले गर्दा वार्सिक थुप्रै पर्यटकहरू अवलोकन गर्न आउछन्। स्वात जिल्लाको राजधानी सहर सिन्धु सरिफा हो भने मिङ्गगोरा यस जिल्ला ठुलो सहर हो। स्वात जिल्ला खैबर पख्तुनख्वाको तेस्रो ठुलो जिल्ला हो जसमा अधिकांश पठान जनजाति बसोबास गर्दै आएका छन्।[२][३]
शव्दको उत्पत्ति
[सम्पादन गर्नुहोस्]स्वात जिल्लाको नाम संस्कृत शव्दबाट उत्पत्ति भएको हो। यस जिल्लाको नाम विषेश गरी नजिकमा रहेको स्वात नदिबाट आएको हो। अर्को सिद्धान्त अनुसार संस्कृत शब्द "शिवता" (श्वेत) शब्दबाट स्वाट शब्द प्राप्त गरिएको हो जसले स्वातको निश्चिल पानीको वर्णन गर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]स्वात जिल्लालाई पश्चिमबाट चित्राल र उपर दिर जिल्लाले धेरेका छन् भने गिल्गित-बाल्तिस्तानले उत्तरबाट घेरेको छ भने कोहिस्तान, शाङ्गला र बुनेर जिल्लाले पर्व र दक्षिणबाट घेरेको छ। यो जिल्ला खैबर पख्तुनख्वाको दक्षिणमा अवस्थित छ भने भिरपाखा र हिमशिखरबाट नजिकमा रहेको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]स्वात जिल्लाको ३८% अर्थतन्त्र पर्यटनमा निर्भर छ भने ३१% अर्थतन्त्र कृषिमा निर्भर छ भने बाँकी अन्य पेशामा आवद्ध छन्।[४]
कृषि
[सम्पादन गर्नुहोस्]मिङ्वाला शहरको नजिकमा ग्वालराइ गाउँ छ जसले वार्सिक १८ किसिमकन स्याउको उत्पादन गर्छ। यहाँ उत्पादन भएका स्याउहरू पाकिस्तानमा पुण रूपमा खपत नभई अन्य देशहरूमा पनि निर्यात हुने गरेको छ। स्वात जिल्ला स्याउ पछि आरु खेतीको लागि पनि प्रख्यात छ जुन जिल्लाको समथर भागमा उत्पादन हुन्छ। यस जिल्लामा उत्पादन हुने आरुको ८०% आरु समथल भागमा उत्पादन हुने थरेको छ। आरु र अन्य फलफूलहरूको निर्यात अप्रिल महिनामा सुरु हुन्छ भने यो सेप्टेम्बर सम्म चल्छ।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार स्वात जिल्लाको जनसङ्ख्या २३,०९५,७० रहेको छ जसले गर्दा यस जिल्ला खैबर पद्तुनख्वाको पेशावर जिल्ला र मरदान जिल्ला पछिको तेस्रो ठुलो जिल्लाको रूपमा रहेको छ। स्वात जिल्लामा विषेश गरी पठान र गुर्जार जाती बसोबास गर्छन्। यस जिल्लाको प्रमुख भाषा पठान हो भने टोरवाली र कोहिस्तानी भाषा साहायक भाषाको रूपमा रहेका छन्। सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लामा लगभग ९०.२८% मानिसहरू पठान भाषा बोल्छन् भने ८.६७% मानिस कोहिस्तानी र बाँकी रहेका जनजातिले अन्य भाषा बोल्दै आएका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "खैबर पख्तुनख्वाको जनसङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
- ↑ "पर्यटकहरू स्वातको आफ्नै प्राकृतिक सुन्दरता पत्ता लगाउन सघाउँछन्", डन डट कम, २०१८-०१-१७, अन्तिम पहुँच २०१८-०२-१०।
- ↑ "पाकिस्तानमा पर्यटकहरू", डेली टाइम्स, २०१८-०२-०९, अन्तिम पहुँच २०१८-०२-१२।
- ↑ प्रमुख सम्पादक, "स्वात जिल्लाको अर्थतन्त्र", अन्तिम पहुँच १७ फेब्रुअरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१६ मिति