आल्प्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भू-उपग्रहबाट लिइएको आल्प्सको एक दृष्य

आल्प्स (जर्मनमा: Alpen; फ्रान्सेलीमा: Alpes; इटालियनमा: Alpi; स्लोभेनियनमा: Alpe) मध्य युरोपमा रहेको हिम शृङ्खला हो । आल्प्स पूर्वमा अस्ट्रियास्लोभेनिया देखि इटाली, स्विजरल्याण्ड, लिश्टेनस्टाईनजर्मनी हुँदै पश्चिममा फ्रान्स सम्म फैलिएको छ ।

आल्प्स शब्द फ्रान्सेली भाषा हुँदै ल्याटिनको alpes (आल्पहरू)बाट आएको हो जुन ल्याटिन भाषाका अन्य शब्दहरू जस्तै altus (अग्लो), अथवा albus (सेतो)बाट बनेको हुन सक्तछ ।

आल्प्सको सबैभन्दा अग्लो पहाड मोन्ट ब्लाङ्क हो, जुन ४,८०८ मिटर अग्लो छ । पश्चिम युरोपको सबैभन्दा अग्लो यो पहाड फ्रान्स र इटालीको सिमानामा पर्दछ ।