एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सचिन तेन्दुलकर
भारतका सचिन तेन्दुलकरको नाममा क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान रहेको छ ।

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । [१][२][३] सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ वर्षपछि भारतका मोहम्मद अजहरुद्दीनले तोड्न सफल भए ।[४] अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए ।[५] त्यसको एक वर्षपछि, घरेलु मैदानमा अस्ट्रेलिया विरुद्धको शृङ्खलामा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए ।[६] २०१५ को अक्टोबर सम्ममा, ६ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये ४ जना खेलाडीहरू श्रीलङ्का र ३ जना भारतका छन् । यस्तै पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिजदक्षिण अफ्रिकाका एक एक खेलाडीले १०,००० रन पुरा गरेका छन् ।[७] बङ्गलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्डजिम्बाब्वेका कुनै पनि खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् ।

१०,००० रन पुरा गर्न भारतका सचिन तेन्दुलकरले सबैभन्दा कम (२५९) र श्रीलङ्काका माहेला जयवर्दनेले सबैभन्दा बढी (३३३) इनिङ लगाएका छन् । तेन्दुल्करको नाममा अन्य धेरै किर्तिमान रहेका छन् जस्तैः सर्वाधिक शतक, सर्वाधिक अर्ध शतकसौरभ गांगुली १०,००० रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । उनले सबैभन्दा छोटो समयमा १०,००० रन बनाउन सफल भए । उनलाई १०,००० रन पूरा गर्न मात्र १० वर्ष र ३१७ दिन लागेको थियो । [क][१०] राहुल द्रविड यो कोसेढुङ्गा पार गर्ने तेस्रो भारतीय खेलाडी हुन् । यस्तै ब्रायन लाराले लगाएको १६ वर्ष १७ दिन १०,००० रन पुरा गर्न लागेको सबैभन्दा धेरै समय हो ।[११] २०१५ को अक्टोबर सम्ममा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सचिन तेन्दुल्कर १८,४२६ रन सहित पहिलो र श्रीलङ्काका कुमार संगाकारा १४,२३४ रन सहित दोस्रो स्थानमा छन् ।[१२] श्रीलङ्का कै तिलकरत्ने दिलशान १०,००० रन पुरा गर्ने पछिल्लो खेलाडी हुन् [ख][१४] र १०,००० रन पूरा गरी अहिलेसम्म सक्रिय खेलाडी पनि दिलशान मात्रै हुन् अन्य सबै खेलाडीले खेल जीवनबाट सन्यास लिइसकेका छन् ।[७]

सङ्केतहरू

  • पहिलो – पहिलो खेल खेलेको वर्ष
  • अन्तिम – अन्तिम खेल खेलेको वर्ष
  • खेल – खेलेको सम्पूर्ण म्याचको संख्या
  • इनिङ – ब्याटिङ गरेको जम्मा इनिङ
  • मिति – १०,००० रन पुरा गरेको मिति
  • समयावधि – डेब्यु गरेदेखि १०,००० रन पूरा गर्दाको समयावधि
  • १०K – १०,००० रन पूरा गर्न लागेको इनिङ
  • dagger – वर्तमानमा खेलिरहेको

१०,००० वा सो भन्दा बढि रन

एकदिवसीय क्रिकेटमा १०,००० रन[११]
क्र. स. खेलाडी राष्ट्र पहिलो अन्तिम म्याच इनिङ रन औषत स्ट्रा/रेट १०० ५० मिति[११] समयावधि[११] १० हजार[११]
तेन्दुलकर, सचिनसचिन तेन्दुलकर[१५]
Sachin Tendulkar
 भारत १९८९ २०१२ ४६३ ४५२ १८,४२६ ४४.८३ ८६.२३ ४९ ९६ ३१ मार्च २००१ ११ वर्ष, १०३ दिन २५९
संगाकारा, कुमारकुमार संगाकारा[ग][१६]
Kumar Sangakkara
 श्रीलङ्का २००० २०१५ ४०४ ३८० १४,२३४ ४१.९८ ७८.८८ २५ ९३ १७ फेब्रुअरी २०१२ ११ वर्ष, २२७ दिन २९६
पोन्टिङ, रिकीरिकी पोन्टिङ[घ][१७]
Ricky Ponting
 अस्ट्रेलिया १९९५ २०१२ ३७५ ३६५ १३,७०४ ४२.०३ ८०.३९ ३० ८२ २४ मार्च २००७ १२ वर्ष, ३७ दिन २६६
जयसूर्या, सनथसनथ जयसूर्या[ङ][१८]
Sanath Jayasuriya
 श्रीलङ्का १९८९ २०११ ४४५ ४३३ १३,४३० ३२.३६ ९१.२० २८ ६८ ९ अगस्ट २००५ १५ वर्ष, २२६ दिन ३२८
जयवर्दने, माहेलामाहेला जयवर्दने[च][१९]
Mahela Jayawardene
 श्रीलङ्का १९९८ २०१५ ४४८ ४१८ १२,६५० ३३.०१ ७८.६७ १९ ७७ १८ नोभेम्बर २०११ १३ वर्ष, २८९ दिन ३३३
उल हक, इन्जमामइन्जमाम उल हक[२०]
Inzamam-ul-Haq
 पाकिस्तान १९९१ २००७ ३७८ ३५० ११,७३९ ३९.५२ ७४.२४ १० ८३ १९ सेप्टेम्बर २००४ १२ वर्ष, ३०२ दिन २९९
कालिस, ज्याकज्याक कालिस[छ][२१]
Jacques Kallis
 दक्षिण अफ्रिका १९९६ २०१४ ३२८ ३१४ ११,५७९ ४४.३६ ७२.८९ १७ ८६ २३ जनवरी २००९ १३ वर्ष, १४ दिन २७२
गांगुली, सौरभसौरभ गांगुली[ज][२२]
Sourav Ganguly
 भारत १९९२ २००७ ३११ ३०० ११,३६३ ४१.०२ ७३.७० २२ ७२ ३ अगस्ट २००५ १३ वर्ष, २०४ दिन[क] २६३
द्रविड, राहुलराहुल द्रविड[झ][२३]
Rahul Dravid
 भारत १९९६ २०११ ३४४ ३१८ १०,८८९ ३९.१६ ७१.२४ १२ ८३ १४ फेब्रुअरी २००७ १० वर्ष, ३१७ दिन २८७
१० लारा, ब्रायनब्रायन लारा[ञ][२४]
Brian Lara
 वेस्ट इन्डिज १९९० २००७ २९९ २८९ १०,४०५ ४०.४८ ७९.५१ १९ ६३ १६ डिसेम्बर २००६ १६ वर्ष, ३७ दिन २७८
११ दिलशान, तिलकरत्नेतिलकरत्ने दिलशान[२५] dagger
Tillakaratne Dilshan
 श्रीलङ्का १९९९ २०१५ ३१९ २९३ १०,००७ ३९.७१ ८५.९० २२ ४५ २६ जुलाई २०१५ १५ वर्ष, २२७ दिन २९३

यो पनि हेर्नुहोस्

नोटहरू

  1. १.० १.१ गांगुलीले १९९२ मा डेब्यु गरे, तर उनी फेरि टिममा पर्न सकेनन् तर १९९६ मा उनी पुनः टिममा बोलाइए ।[८][९]
  2. दिलशानले सबैभन्दा पाको उमेर(३८ वर्ष)मा यो सफलता प्राप्त गरेका हुन ।[१३]
  3. संगाकाराको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेस छ ।
  4. पोन्टिङको विवरणमा आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  5. जयसूर्याको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।]].
  6. जयवर्दनेको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  7. कालिसको विवरणमा अफ्रिका एघार र आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  8. गांगुलीको विवरणमा एसिया एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  9. द्रविडको विवरणमा एसिया एघार र आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।
  10. लाराको विवरणमा आइसिसी वर्ल्ड एघार टिमबाट खेलेको खेल समेत समावेश छ ।

सन्दर्भ सामग्रीहरू

  1. Ugra, Sharda (२४ डिसेम्बर २००९), "1987 – Gavaskar is the first to score 10,000 test runs: A 10 tonne toast", India Today, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  2. S, Santhosh (३१ मार्च २००१), "Sachin Tendulkar's brilliance sinks the Australians", ESPNcricinfo, अन्तिम पहुँच २८ अगस्ट २०१५ 
  3. "Australia take charge after Lankan collapse", Wisden India Almanack, Agence France-Presse, २६ डिसेम्बर २०१२, अन्तिम पहुँच २८ अगस्ट २०१५ 
  4. Kahate, Atul (९ नोभेम्बर १९९८), "Azharuddin's world record", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  5. Gupta, Rajneesh (१८ अक्टोबर २०००), "Tendulkar overhauls Azharuddin's record tally of runs in one-day Internationals", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  6. "Time Line of Tendulkar’s cricketing achievements", The Hindu, १० अक्टोबर २०१३, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  7. ७.० ७.१ Jeswant, Bishen (२६ जुलाई २०१५), "Dilshan joins the 10,000 club", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  8. "Factbox on Sourav Ganguly", Rediff.com, ३ अगस्ट २००५, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  9. "Statistics / Statsguru / SC Ganguly / One-Day Internationals", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  10. Gollapudi, Nagraj (३ अगस्ट २००५), "Ganguly landmark no consolation", ESPNcricinfo, अन्तिम पहुँच २४ अक्टोबर २००९ 
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ "Records / One-Day Internationals / Batting records / Fastest to 10000 runs", ESPNcricinfo, अन्तिम पहुँच २३ फेब्रुअरी २०१४ 
  12. "Records / One-Day Internationals / Batting records / Most runs in career", ESPNcricinfo, अन्तिम पहुँच २४ अक्टोबर २००९ 
  13. "Pakistan vs Sri Lanka 5th ODI: Kusal ton leads Lanka to big win", Emirates 24/7, २६ जुलाई २०१५, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  14. "Sri Lanka make record 368–4 against Pakistan after Dilshan joins 10,000-run club", Daily News and Analysis, Press Trust of India, २६ जुलाई २०१५, अन्तिम पहुँच २८ अगस्ट २०१५ 
  15. "Sachin Tendulkar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  16. "Kumar Sangakkara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  17. "Ricky Ponting | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  18. "Sanath Jayasuriya | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  19. "Mahela Jayawardene | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  20. "Inzamam-ul-Haq | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  21. "Jacques Kallis | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  22. "Sourav Ganguly | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  23. "Rahul Dravid | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  24. "Brian Lara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  25. "Tillakaratne Dilshan | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 

बाह्य कडीहरू