कव्वाली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कव्वाली
Stylistic origins पर्सियन तथा भारतिय उपमहद्विपका पारम्परिक संगित
Cultural origins १३ औं शताब्दी भारतपाकिस्तान
Typical instruments आवाज, हार्मोनियम, तबला, ढोलक, सारंगी, ताली
भारतको आगरा नजिक फतेहपुर सिक्रिमा भएको दर्गाह सलिम चिस्तीमा शुक्रबार साँझमा कव्वाली गाउँदै ।

कव्वाली (उर्दू/पर्सियन/पास्टो/सिन्धी: قوٌالی; पञ्जाबी/सरैकी: ਕ਼ੱਵਾਲੀ, قوٌالی; ब्रजभाषा/हिन्दी: कव्वाली; बाङ्गला: কাওয়ালী) ससक्त मुस्लिम उपस्थिति भएको पाकिस्तान, पंजाब, सिन्ध, हैदराबाद र उत्तर भारतको केही क्षेत्रमा प्रख्यात सूफी संगित हो । कव्वाली गायनको एक बिरलै पाईने शैली हो । यो संगितको परम्परा ७०० वर्ष पुरानो हो । मुख्यत: सूफी दरगाहमा प्रदर्शन गर्ने भएता पनि कव्वालीले संगितको मूलधारमा ख्याति पाइसकेको छ । कव्वाली संगितले नुसरत फतेह अलि खानको Real World लेबलमा गीतको विमोचन र WOMAD पर्वमा वहाँको लाईभ गायन/कार्यले गर्दा अन्तराष्ट्रिय ख्याति पाएको हो । अन्य प्रख्यात कव्वाली गायकहरु पाकिस्तानकै सब्री बन्धुअजिज मियाँ हुन् ।

उत्पति[सम्पादन गर्ने]

कव्वाली संगितको जडा आठौं शताब्दीको फारस (हाल ईरानअफगानिस्तान) बाट शुरु भएको हो । ११ शताब्दीमा फारसको प्रथम महत्वपूर्ण स्थानांतरगमनको बेला सेमाको सांगितिक परम्परा दक्षिण एसिया, टर्कीउजबेकिस्तानमा आएको हो । १३ शताब्दीका चिस्ती खलकका सूफी मध्ये आमिर खुसरो देहलवी लाई फारसी र भारतिय संगित परम्परा सम्मिश्रण गरि हाल सुनिने कव्वाली संगित निर्माण गर्ने श्रेय दिईन्छ (भारतिय शास्त्रिय संगितको श्रेय पनि वहाँलाई नै दिईन्छ) । टर्की र मध्य एसियामा कव्वालीको विभिन्न स्वरुपलाई समा भन्ने गरिन्छ भने भारत, पाकिस्तान र बाङ्गलादेशमा कव्वालीको औपचारिक सत्रलाई महफिल-ए-समा भनिन्छ ।

गीत[सम्पादन गर्ने]

कव्वाली सूचिमा रहेका धेरैजसो गीतहरु उर्दूपंजाबीमा छन्, तर केही गीतहरु फारसी, ब्रजभाषा र सिरैकीमा पनि छन् । कव्वालीका केही गीतहरु स्थानिय भाषामा भएता पनि बिरलै सुन्न पाइन्छ (उदा. छोटे बाबु कव्वाल बंगालीमा गाउँछन्) । संगसंगै स्थानिय कव्वालीको ध्वनी र शैली पनि मुख्यधार कव्वाली भन्दा फरक हुन सक्दछ । उदाहरण स्वरुप छोटे बाबु कव्वालको ध्वनि बाउल संगित सँग नजिक छ र नुसरत फतेह अलि खानको ध्वनी/शैली भन्दा फरक छ । कव्वालीमा हुने कविताको बोल कुनै खास धर्म पक्षको वा धर्मनिरपेक्ष वा सुखवादी भएता पनि यसको अर्थ खास आध्यात्मिक हुन्छ । कव्वालीको केन्द्रिय विषय प्रेम, भक्ति र लालसा (मानिसको परमात्माका लागि) हुन्छन् । कव्वालीलाई सामग्रीका आधारमा विभिन्न श्रेणिमा वर्गिकृत गर्न सकिन्छ :

  • हम्द (حمد), प्रशंसाका लागि अरबी शब्द, अल्लाहको प्रशंसामा गाईने गीत हो । परम्परागत रुपमा कव्वाली हम्दबाट शुरु हुने गर्दछ ।
  • नात (نعت), विवरणका लागि अरबी शब्द, पैगंबर मुहम्मदको प्रशंसामा गाईने गीत हो । हम्द पछि नात गाउने चलन छ ।
  • मनक़बत (مناقب), विशेषताका लागि अरबी शब्द, ईमाम अलि र अन्य सूफी संतहरुको प्रशंसामा गाईने गीत हो । अलिको प्रशंसामा गाईने मनक़बत सियासुन्नी दुबै का समारोहमा गाईन्छ । मनक़बत नात पछि गाउने चलन छ । साधारणतया परम्परागत कार्यक्रममा कम्तिमा एउटा मनक़बत गाउने चलन छ ।
  • मर्सिया (مرثية), मृत व्यक्तिका लागि गरिने विलापका लागि अरबी शब्द, यो विलाप कर्बालाको लडाईँमा ईमाम हुसेनको परिवारका सदस्यको मृत्युका प्रति गरिन्छ । मर्सिया सिया समारोहमा मात्र गाईन्छ ।
  • ग़जल (غزل), प्रेम गीतका लागि अरबी शब्द, धर्म निरपेक्ष गीत हो । ग़जलमा दुई रुपकको प्रयोग देखिन्छ - पिउनुको सुख र प्रेमीसँगको विछोडको दु:ख । यी गीतहरुमा उत्तम कविताको प्रयोग गरिएको हुन्छ र यसलाई अङ्कित मानकै स्तरमा आनन्द लिन सकिन्छ । वास्तवमा भारत र पाकिस्तानमा ग़जलको पनि आफ्नै विशिष्ट शैली छ र तसर्थ एउटै गीतलाई पनि दुई क्षेत्र भिन्न भिन्न तरिकाले धर्मनिरपेक्ष सन्दर्भमा गाईन्छ । खास शैलीको प्रयोगमा गीतको अर्थ साधारणरुपमा लिइन्छ। तर कव्वालीको संदर्भमा, नशा र तडपका गीतहरु ले आत्माको परमात्मासँगको मिलनको लालसा र परमात्मा-प्रेमको खुसीलाई व्यक्त गर्नकालागि रुपका रुपमा प्रयोग गर्दछन् ।

नशाका गीतहरुमा "मदिरा" ले "परमात्माको ज्ञान" र मदिरा दिने व्यक्ति (साधारणतया सुन्दर महिला, जसलाई शाकी पनि भनिन्छ) ले भगवान वा आध्यात्मिक गुरु, मधुशाला वा मदिरास्थलले आत्माले आध्यात्मिक ज्ञान प्राप्त गर्न सक्ने (वा गर्न असमर्थ हुने) ठाउँलाई बुझाउन रुपकको रुपमा लिइन्छ । नशामा भएको अवस्थालाई आध्यात्मिक ज्ञान प्राप्त गरेको अवस्था वा परमात्मा प्रेमको सुखको अवस्थाको रुपमा लिइन्छ । तडपको गीतमा आत्माको आफू प्रेमीसँगको विछोडको स्थितीलाई भगवानले पुनर्मिलनका लागि गाएको गीतका रुपमा लिइन्छ ।

  • काफी पंजाबी, सेराकी वा सिन्धिमा रचित कविता हो । यो शाह हुसैन, बुल्ले शाहसाचल सरमस्त जस्ता कविहरुको अनौठो शैली पनि हो । दुई प्रख्यात काफी "नि मैं जाना जोगी दे नाल" र "मेरा पिया घर आया" हुन् ।
  • मुनद्जात (مناجاة), रात्री संवाद का लागि अरबी शब्द, यस गीतमा गायकले अल्लाहलाई विभिन्न भाषकिय विविधता प्रयोग गरेर धन्यवाद ज्ञापन गर्दछ । यसलाई फारसीमा गाईन्छ र यस शैलीलाई जन्म दिने श्रेय जलाल-अद-दीन रुमी लाई जान्छ ।

कव्वाली पार्टीको संरचना[सम्पादन गर्ने]

कव्वाली संगितकारहरुको समूहलाई कि पार्टी (वा उर्दूमा हमनवाँ) भनिन्छ । उक्त समूहमा मुख्य गायक, एक वा दुई सहगायक, एक वा दुई हारमोनियम (जसलाई मुख्य गायकले वा सहगायक वा कोही अरुले वादन गर्छन), र तबला वादक गरी ८ वा ९ जना हुन्छन् । तबला वादकले मुख्यत: तबला र मादल प्रयोग गर्छन् । समूहका कोरसका लागि पनि ४ वा ५ जना हुन्छन् । कोरसले मुख्य पङ्गति दोहोर्याउने र ताली बजाएर तबलालाई सहयोग गर्ने कार्य गर्दछन् । संगितकारहरु दुई पङ्गतिमा पलेटी मारेर बस्छन - प्रमुख गायक, सहगायक र हारमोनियम वादक अगाडिको पङ्गतिमा बस्छन र कोरस र तबलावादक पछाडिको पङ्गतिमा बस्छन् । कव्वालीमा हारमोनियमको प्रयोग हुनु भन्दा पूर्व सारङ्गीको प्रयोग गरिन्थ्यो । गीतहरुका बीचमा सारङ्गी मिलाउनु पर्द्थ्यो, हारमोनियममा केही परिवर्तन नै नगरी बजाउन सक्ने भएकाले हारमोनियमलाई मन पराउँन थालियो र तसर्थ कव्वालीको हारमोनियमको प्रयोग देखिन्छ । महिलालाई परम्परागत मुस्लिम संगितबाट अलग्ग राख्ने गरिन्छ किन भनें पुरुषको उपस्थितिमा महिलालाई गाउन निषेध गरिन्छ । यी परम्पराहरुमा विस्तारै बदलाव आउँदै छ, र यसको उदाहरण अविदा परविन जस्ता महिला गायीकाहरुको ख्यातिले पुष्टी गर्दछ । तर पनि कव्वालीलाई पुरुषको कार्यको रुपमा लिने गरिन्छ । अहिले सम्म पनि मूलधारमा गाउने महिला कव्वालहरु छैनन् । अविदा परविनले गाउने केही गीतहरु कव्वालीको तर्जमा भएता पनि उनले परम्परागत शैलीमा कव्वाली गाउँदिनन् । उनको शैलीमा कोरसले दोहोर्याउने पङ्गतिको शैली र ताली हुँदैन ।

सांगितिक संरचना[सम्पादन गर्ने]

कव्वालीका गीतहरु साधारणतया १५ देखि ३० मिनेटका हुने गर्दछन् । तर पनि रेकर्ड गरिएको सबै भन्दा लामो कव्वाली ११५ मिनेट भन्दा पनि लामो छ (अजिज मियाँ कव्वालको हस्र के रोज ये पुछुंगा गीत) । कव्वालीका उस्ताट नुसरत फतेह अलि खानको पनि कम्तिमा २ वटा गीतहरु ६० मिनेट भन्दा लामो छ । कव्वाली निम्न गतिमा शुरु हुन्छ र बिस्तारै यसले उच्छ उर्जा स्तर प्राप्त गर्दछ र उक्त उर्जाले संगितकार र श्रोता दुबैलाई मोहित अवस्थामा पुर्याउँदछ । गीतलाई निम्न अनुसार क्रमबद्धरुपमा गाईन्छ :

  1. कव्वाली वाद्ययन्त्रको संगितबाट शुरु हुन्छ । यस संगितमा रागका लागि हारमोनियम प्रयोग गरिन्छ र त्यसलाई तबलाले साथ दिन्छ । तबलाले उक्त रागको परिमार्जन पनि प्रस्तुत गर्दछ ।
  2. त्यसपछि आलाप आउँछ । यसमा गायकहरुले परिमार्जित रुपमा विभिन्न प्रकारको रागमै पर्ने लामो तानमा गाउँछन् ।
  3. त्यसपछि मुख्य गायकले केही गीतकै भुमिकाको तर गीतको भाग नभएका पङ्गतिहरु गाउँछ । यी पङ्गतिहरुलाई रागको स्तरमा गाईँदैन, र यी रागकै परिमार्जित र परिष्कृत संस्करणको रुपमा प्रस्तुत हुन्छन् । यी पङ्गतिमा हारमोनियमलाई वाद्ययन्त्रको रुपमा प्रयोग गरिन्छ । मुख्य गायकले एक पङ्गति गाएपछि, एक सहगायकले उक्त पङ्गतिलाई आफ्नै रुपमा परिमार्जन गरि दोहोर्याउँदछ । यसरी नै केही वा धेरै पङ्गतिहरु गाउँदै गीतका मुख्य बोलमा पुगिन्छ ।
  4. गीतको मुख्य बोल शुरु हुने बित्तिकै तबला र ताली पनि शुरु हुन्छ । साथ-साथै संपूर्ण गायकहरुले पनि साथ दिन थाल्छन । गीतको बोलमा केही परिमार्जन गरिँदैन, र यी बोल धेरैजसो विभिन्न समूहहरु द्वारा गाईने परम्परागत गीतबाट लिईएको हुन्छ । तर पनि मुख्य रागको स्तरमा रहेर कहिले काहिँ परिमार्जन पनि हुने गरेको देखिन्छ । नुसरत फतेह अलि खानले यस क्षणमा सरगम गायनको परम्परा शुरु गरेको पाइन्छ । यसरी नै गीतमा गति र जुनुन बन्दै जान्छ र हरेक गायकले गायन कलामा एक अर्कालाई उछिन्दै अगाडि बढ्छन् । केही गायकले विद्यार्थी गायकसँग क्रमबद्ध रुपमा लामो सरगम परिमार्जनमा पनि सहभागि हुन्छन् । यी गीत एक्कासी सकिन्छन् ।

पाश्चात्य संगितको तुलनामा कव्वालीको गायन शैली विभिन्न स्तरमा फरक छ । उदाहरण स्वरुप पाश्चात्य संगतिमा "म" बाट शुरु हुने शब्दमा गायकले "म" पछिको स्वरमा ध्वनि दबाव दिन्छन; तर कव्वालीमा "म" लाई एक छिन समातेर राखिन्छ र यसले मौन ध्वनी उत्पादन गर्दछ । यसैगरी कव्वालीमा छातीको स्वर र घाँटीको स्वरमा फरक हुँदैन । कव्वाली गायक उच्च स्वरमा जोड दिएर गाउँछन् र यसले उनीहरुको छातीको स्वरलाई पाश्चात्य संगितको तुलनामा उच्च स्तरमा पुर्याउँदछ ।

चिस्ति खलकको कव्वाली प्रदर्शनको परम्परागत क्रम[सम्पादन गर्ने]

  • वाद्य-ध्वनी: यसलाई मोइनुद्दिन चिस्तिको आगमनको घोषणाको रुपमा लिइन्छ । सूफीहरुले उनीहरुको सन्त समय र अन्तरिक्षमा स्वतन्त्र छन् भन्ने धारणा राख्छन् । यसैगरी नबी, सिद्दिक, साहिद र सलेह दर्जाका व्यक्तिहरु कहिले मर्दैनन्, उनीहरु एक ठाउँ/अवस्थाबाट अर्कोमा जान्छन् र उनीहरुको प्रसंशामा समारोह गरेर बोलाउँदा आउँछन् भन्ने सूफीहरुको विश्वास रहिआएको छ ।
  • हम्द
  • नात
  • मनक़बत अलि
  • मनक़बत घौस: अब्दुल-काद़िर गिलानीको प्रसंशा
  • मनक़बत ख्वाजा: मोईनुद्दिन चिस्तिको प्रसंशा
  • मनक़बत सैख: उर्स समारोहमा सैख/पीरको प्रशंसा
  • रंग वा बधवा: उर्स समारोहमा रंग अमिर खुसरोद्वारा रचित कविता हो, र सैख जनमोत्सवमा यसलाई बधवा भनिन्छ । रंग गाउँदा श्रोतालाई उठ्न आग्रह गरिन्छ ।

अतितका प्रख्यात कव्वालहरु[सम्पादन गर्ने]

हालका कव्वालहरु[सम्पादन गर्ने]

श्रोत[सम्पादन गर्ने]

बाहिरी कडी[सम्पादन गर्ने]