तबला
| Percussion instrument | |
|---|---|
| वर्गीकरण | Indian Percussion instrument, goatskin heads with syahi |
| Playing range | |
| Bolt tuned or rope tuned with dowels and hammer | |
| सम्बन्धित बाजा | |
| पखवाज, मृदन्गम, खोल | |
तबला एक तालसँग सम्बन्धित बाजा हो। यसको प्रयोग भारतीय उपमहाद्विपका सबै जस्तो ठाउँमा हुन्छ। यो बाजालाइ पुर्बिय बाजाहरूको राजा पनि भनिन्छ / बिसेष गरि भारतमा यो बाजाको बिकाश,प्रचार , प्रसार भएपनि सुम्पुर्ण एसियालि देश हरूमा यसको अस्त्यित्व थियो भन्ने कुरा इतिहासमा उल्लेख छ / यसको इतिहास हेर्दा १७ औ सताब्दी देखिको लिखित इतिहास पाइन्छ / हाल अत्यन्त लोकप्रिय भएकोले देश विदेश का धेरै विश्वविध्यालय हरूमा तबला सम्बन्धि स्नातकोत्तर तथा बिध्यबारिधि सम्मको पढाई पनि हुँदै आइरहेको छ / नेपालमा तबलाको प्रयोग प्राचिन कालदेखि हुँदैआएको हो / नेवारी समुदायमा प्रचलित क्वचाखिन बाजा तबलाको प्राचिन रूप हो भन्न सकिन्छ / नेपाली तबला बादक हरूमा पण्डित किशनलाल श्रेष्ठ , पण्डित झुमक लाल मिश्र , पण्डित शम्भु मिश्र, पण्डित रामहरी गुरूङ ,पं होमनाथ उपाध्याय , पं अच्युत भण्डारी , पं अतुल गौतम , रबिन लालश्रेष्ठ , सुरेन्द्र बैद्य, प्रेम ओझैया, रबिन्लाल , जीवन राइ ,प्रमोद उपाध्याय , मिलेश तन्डुकार,बिदुर कर्णिकार ,परशुराम पौडेल, हरिशरण मानन्धर , अनन्त प्रजापति, सरिता मिश्र, सन्तोष, नबिन श्रेष्ठ, लक्ष्मी डंगोल लगायत थुप्रै रहेका छन् /