एकतारे
नेपाली विकिपीडियाबाट
एकतारे एक प्रकारको बाजा हो । यो बाजा सन्त र जोगीबाबाहरूको प्रिय बाजा हो । एउटा मात्र तार हुने भएकाले यो बाजाको नाम एकतारे रहन गएको हो । यसलाई औंलाले बजाइन्छ । यो बाजा एउटा मात्र तारलाई दुई हातसम्मको डन्डामा तुम्बा (पेट झन्डै गोलाकार भई फुकेको र घाँटीचाहिँ सानो हुने एक प्रकारको लौका वा यस्तै आकारको भाँडो) जोडी बनाइन्छ । तुम्बालाई छालाले मोरिएको हुन्छ । यसको तार मिलाउन टुप्पामा काठको चुकुल जडिएको हुन्छ ।