बाँसुरी
नेपाली विकिपीडियाबाट
| अन्य नामहरू | बंसी |
|---|---|
| वर्गीकरण | Indian Woodwind Instrument |
| Playing range | |
| 2.5 Octaves (six-hole), 3 Octaves (seven-hole) | |
| सम्बन्धित बाजा | |
| Venu | |
| संगीतकार | |
| List of Indian Flautists | |
| थप सामाग्रीहरू | |
| भारतीय संगित | |
बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै ६-७ वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ ।