ढ्याङ्ग्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढ्याङ्ग्रो (ङा) नेपाली समाजमा कुनै मान्छे बिमारी भएमा बिमार निको पार्न वा घरको कुलको काम गर्न ल्हबोन, बोन, धामी र झाँक्रिद्वारा प्रयोग गर्ने एक प्रकारको बाजा हो जुन काठलाई पातलो बनाएर गोलो पार्छ अनि दुवैपट्टी छालाले मोरेर समाउनका लागि त्यो काठको बिंड (यू) लगाएर ढ्याङ्ग्रो "ङा" बनाइन्छ । विशेषगरी ल्हबोन बोन धामी अथवा झाँक्रिले चिन्ता बस्दा ढ्याङ्ग्रो बजाउने गर्छन् । यो बाजा मृत्यु संस्कार र पूजामा पनि बजाइन्छ । यसको ताल आफ्नै प्रकारको हुन्छ । ढ्याङ्ग्रो बजाउनको लागि (ङाल्ठ्येङ) प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]