भुभुजेला
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
भुभुजेला[१] भनेको एक किसिमको हरन हो जुन स्टेडियममा बजाईन्छ । यो लगभग एक मीटर लामो सम्मको हुन्छ । दक्षिण अफ्रिकामा भैरहेका विश्वकप-फुटबलमा यसको व्यापक प्रयोग दर्शकहरुले गरिरहेका छन् । यसलाई मुखमा राखेर बजाउँदा एककिसिमको ‘प्वाँऽऽऽ’ गर्ने एकनाशे ध्वनी निस्कन्छ ।
भुभुजेला अहिले निक्कै चर्चाको विषय बनेको छ । यस ‘प्वाँऽऽऽ’ ध्वनीका विरोधीहरु ‘यो दिक्क लाग्दो भुँईभुँई ले फुटबलको मजा नै चौपट भयो’ भनिरहेकाछन् भने स्वास्थ्यविद्हरुको विचारमा यसबाट रुघा-खोकी तथा फ्लू सर्ने खतरा खोक्दा वा हल्ला गर्दा भन्दा बढी हुन्छ भन्ने छ ।
भुभुजेलाका समर्थक आयोजक राष्ट्र दक्षिण अफ्रिका भने ‘यसले दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगितालाई विशिष्ट बनाएको’ धारणा राख्छन् ।