ठेकुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठेकुवा
वैकल्पिक नामहरू
  • खजुरिया
  • टिकारी
  • ठेकुआ
प्रकारखजुरी
परिकारखाजा
उत्पत्ति स्थाननेपाल तथा भारत
क्षेत्र वा राज्यभारत (उत्तर प्रदेश, झारखण्ड, बिहार), नेपाल (मधेश, लुम्बिनी)
मुख्य सामग्रीहरू

ठेकुवा (जसलाई खजुरिया वा टिकरी पनि भनिन्छ) दक्षिणी नेपाल तथा उत्तरी भारतमा बनाइने एक प्रकारको सुख्खा मिठाई हो।[१] यो नेपालको तराई क्षेत्र तथा भारतको बिहार, झारखण्डउत्तर प्रदेश राज्यमा धेरै लोकप्रिय छ।[२] यी ठाउँहरूमा ठेकुवा, शताब्दीयौंदेखि एउटा मीठो खाजाको रूपमा प्रयोग हुँदै आएको छ।[३]

ठेकुवा छठ पूजाको समयमा देवतालाई चढाइने पूजनीय प्रसाद हो। [४][५][६]

तयारी विधि[सम्पादन गर्नुहोस्]

ठेकुवाका मुख्य सामग्रीहरू गहुँको पीठो, चास्नी (पग्लिएको चिनी) र घिउ हुन्। शख्खर कहिलेकाहीँ चिनीको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ।[७] यी चार मुख्य सामग्रीहरू प्रयोग गरेर मिश्रण तयार गरिन्छ र स्वाद बढाउन सुकुमेल वा अन्य मसलाहरू पनि थप्न सकिन्छ।

पिठोको मिश्रणको सा-सानो टुक्रा बनाएर गोलो आकार मा बेलिन्छ र एउटा विशेष साँचोको सहायता ले ठेकुवामा बुट्टा बनिइन्छ। त्यसपछि ठेकुवालाई तातो घिउ वा तेलामा तारिन्छ। ठेकुवाको रङ रातोमा परिणत भएपछि त्यसलाई तेलबाट निकालिन्छ। ठेकुवा सेलाएपछि कडा हुन्छ र खानको लागि तयार हुन्छ।  

यसलाई कुनै संरक्षकको आवश्यकता पर्दैन र यसलाई हावा नछिर्ने भाँंडोमा धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ।

छठ पर्वको पवित्रता कायम राख्नको लागि प्रसादको ठेकुवाको तयारी सामान्यतया पूजा कोठामा गरिन्छ।[८]

कीर्तिमान[सम्पादन गर्नुहोस्]

बिहारको दरभङ्गाका १६ जनाको समूहले लिम्का बुक अफ रेकर्ड्समा कीर्तिमान राख्न सन् २०१९ मा ९१ केजीको ठेकुवा तयार पारेका थिए।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma, Gunjan (२ नोभेम्बर २०१९), "Thekua: The blessing Of Chhath Maiya", G Plus (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-१५ 
  2. Bureau, The Week, "Snack time delights", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-१० 
  3. Grover, Neha (२ नोभेम्बर २०१९), "Chhath Puja 2019: Thekua And More; 5 Traditional Recipes To Celebrate The Festival With", NDTV Food, अन्तिम पहुँच २०१९-११-१५ 
  4. "Sun god to smile on devotees, scientists say", Telegraph India (अङ्ग्रेजीमा), ३० अक्टोबर २०१९, अन्तिम पहुँच २०१९-११-१५ 
  5. "All you need to know about Thekua and how you can make it at home", The Times of India (अङ्ग्रेजीमा), २०१९-११-०२, अन्तिम पहुँच २०१९-११-१५ 
  6. "Sun worshippers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१०-१० 
  7. "'Rasiao-kheer', 'thekua' make for festive platter", The Times of India, १ नोभेम्बर २०११, मूलबाट ११ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०१३ मिति
  8. नागरिक, "छठमा ठेकुवा", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-३० 
  9. Nov 1, Sanjiv Das, "Bihar: Makers of 91kg 'thekua' eyeing Limca book", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-१५