पाँचतले मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(न्यातपोल मन्दिरबाट अनुप्रेषित)
न्यातपोल
न्यातपोल मन्दिर
प्राथमिक विवरण
स्थान:भक्तपुर, टौमडी
सम्बन्धनहिन्दुत्व
जिल्लाभक्तपुर जिल्ला
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारप्यागोडा
निर्माताभुपतिन्द्र मल्ल

ङातापोल्हँ (न्यातपोल) मन्दिर भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ । विक्रम संम्बत् १७०१ देखि १७०२ ताका निर्माण गरिएको हो । यो मन्दिर जम्मा सात महिनामा निर्माण गरिएको मानिन्छ । यस मन्दिरको निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती आदि ठाउँका बासिन्दाहरूले पनि सहयोग गरेको उल्लेख गरिएको छ । उपत्यकाका राज्यहरूसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरी भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरूलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग २३ हजार जना मानिसहरूको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो ।

विसं २०७२ को महाभूकम्पमा पनि यस मन्दिरमा खासै क्षति भएको पाइएन ।

ने .से .८२२ कातिक – ८२२ जेष्ठ ६ महिनाको अवधिमा तत्कालीन भक्तपुरका राजा भुपतिन्द्र मल्लले निर्माण सम्पन्न गराएका थिए । यो नेपालको सबैभन्दा अग्लो (१०८ फिट ३३.२३ मिटर) नेपाली शैलीको मन्दिर हो ।

यो मन्दिरमा पूजा आज्ञा गर्न पूजारी र तोकिएको व्यक्ति बाहेक अन्य मन्दिरमा जस्तो सर्वसाधारणको प्रवेश छैन. मन्दिर कहिल्यै खुला रहदैन। भित्र एउट ढुंगामा कलात्मक सिद्धिलक्ष्मीको मूर्ति रहेको छ। न्यातपोल मन्दिरको गर्भस्थानमा वीर बेतालाको मूर्ति माथि महारुद्र (भैरव) को मूर्ति माथि नौ मुख (सब भन्दा माथि एक मुख, त्यसको तल तीन मुख, त्यसको तल पाँच मुख गरि नौ मुख ) १८ हात भएको तीन् तहको संयुक्त मूर्ति प्रतिस्थापन गरिएको पाइन्छ। देवीको बायाँ श्री मसान भैरव र दायाँ महाकाल भैरवको मूर्ति रहेको छ। मन्दिर पूजाको लागि खुला नरहेकाले यो कुन देवताको मन्दीर हो भनी चिनिदैन।[१]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ङातापोल्हँ जीर्णोद्वार २०७७ (Nepaliमा), Nepal: भक्तपुर नगरपालिका, २०२१, पृ: 33–52, आइएसबिएन 9789937086639 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]