पाउलोनिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पाउलोनिया किगोर्ट परिवारअन्तर्गत पर्ने चिनियाँ वृक्ष हो। यो रूख नीलोसेतो रङमा ढकमक्क फुल्छ। एउटा पाउलोनियाले रोपेको १० वर्षमा कम्तीमा ३० देखि ३६ क्यूविक फिट काठ दिन्छ। एक पटक रोपेको रूख पाँच पटकसम्म काट्न मिल्छ। एक रोपनी जग्गामा ८० वटा बोटसम्म लगाउन सकिन्छ। यसबाट दाउरा र पोसिलो घाँस पनि उत्पादन हुन्छ। चिनी, चिल्लो पदार्थ र प्रोटिन हुने भएकाले गाईवस्तुले यसको घाँस मन पराउँछन्। घाँसको लागि रोप्ने हो भने धेरै हाँगा फैलन दिनुपर्छ।

Paulownia tomentosa.jpg

यसको फूलले मौरीको चरनको काम गर्छ। यस्तो विशुद्ध अर्गानिक महको ठूलो माग छ भने घाँसले पशुपालनमा उत्तिकै फाइदा गर्छ। पाउलोनिया नेपालको तराईदेखि २ हजार मिटरसम्मको पहाडमा हुन्छ। सिंचाइ नहुने सुक्खा बारीमा समेत बढ्ने यसको बिरुवा जेठ–असारमा रोप्दा सहजै हुर्कन्छ।यसको रूखमुनि बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर जस्ता नगदे खेती गर्न सकिन्छ।काठकै लागि बढी रोपिने पाउलोनियाको वैजनी रङको फूल निकै आकर्षक हुने भएकोले पाउलोनिया ठूला उद्यान र सडक किनारका लागि पनि राम्रो हुन्छ। चीनको रैथाने यो रूख अहिले जापान, कोरियालगायत एशियाली देश र अमेरिका, न्युजिल्याण्ड आदि मुलुकमा पुगेको छ। पाउलोनियालाई किटी, राजकुमारी र महारानी वृक्ष पनि भनिने चीनमा छोरी जन्मेको उपलक्ष्यमा यसको बिरुवा रोप्ने चलन छ। छोरीको विवाह गर्दा त्यो रूखको फर्निचर दाइजो दिने परम्परा रहेछ, चीनमा।

पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ। खँदिलो, नफुट्ने, नपसाङ्गिने र कीरा नलाग्ने यो काठ डुङ्गा, फर्निचर, खेलौना, वाद्ययन्त्र र प्याकेजिङका लागि उत्तम मानिन्छ। यो काठ घरको झयाल–ढोका, पार्केटिङ र सिलिङका लागि पनि राम्रो हुन्छ। हलुका र नमक्किने हुनाले पाउलोनियाको काठ हस्तकला, हवाइजहाज, ग्लाइडर, वायुयान, पानीजहाजहरूमा धेरै प्रयोग हुन्छ। यसको बाहिरी पत्र (पलाँस) निकै पातलो हुनेभएकाले चाहिने काठ बढी हुन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]