पोर्टल:नेपाल/Featured article/1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेगनाश ताल

पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा शहर नेपालको ठूलो शहर हो। यसैले यसलाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यहाँका महत्पूर्ण स्थानहरूमा फेवाताल, महेन्द्र गूफा, पातले छाँगो, सराङ्गकोट आदि पर्द्छ्न। पोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा पर्दछ। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकास क्षेत्रको पनि सदरमुकाम हो। पोखरा शहर नेपालको प्रमुख शहरमध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो। पोखरा पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ। देश अनि बिदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन्। पोखरा पोखरा उपत्यकाको उत्तर पूर्वी कुनोमा अवस्थित छ | धौलगिरि, अन्नपूर्ण र मनास्लु श्रृंखला, ८००० मिटर भन्दा अग्ला हिमालहरू पनि यहाँबाट देख्न सकिन्छ । फेवातालले पोखराको सौन्दर्य अझै बढाएको छ। पोखरा नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो। यहाँका पाताले छाँगो, महेन्द्र र गुप्तेश्वर गुफा पनि पर्यटकीय स्थल हुन्। माछापुछ्रे हिमालको मनोरम दृष्य पनि पोखराबाट देखिन्छ।