बर्दिया राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{name}}}
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वार
The gate of Bardiya National Park in western Nepal
Sign boards of various jungle lodges in the gate of Bardiya National Park in western Nepal

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व-पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।

इतिहास[सम्पादन गर्नुहोस्]

पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे। यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए। पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो। पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो।

हावापानी[सम्पादन गर्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ। आश्विन देखि फाल्गुणसम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ। बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, यती बेला यहाँको तापक्रम बढेर ४५‌ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ। त्यसपछिका महिनामा भारी वर्षातको मौसम शरु हुन्छ। यहाको माटो एकदमै कोमल भएको हुँदा वर्षातमा धेरै हिलो हुने गर्दछ ।

वनस्पति तथा वन्यजन्तुहरू[सम्पादन गर्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्जमा विचरण गरिरहेको एक सिंगे गैंडा

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

गोही


बाह्रसिंगे


पाटे बाघ


हात्ती

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बर्दिया राष्ट्रिय निकुञ्ज वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०३ मिति नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग