मिला कुनिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मिला कुनिजबाट अनुप्रेषित)

मिला कुनिस
सन् २०१८ मा कुनिस
जन्ममिलेना मार्कोभ्ना कुनिस
(1983-08-14) अगस्ट १४, १९८३ (उमेर ४०)
चेर्निवत्सी, युक्रेनी एसएसआर, सोभियत सङ्घ
(वर्तमान चेर्निवत्सी, युक्रेन)
पेशाअभिनेत्री
कार्यकालसन् १९९४-वर्तमान
जीवनसाथी
(
वि २०१५)
समकक्षीमकाउले कुल्किन (२००२-१०)
सन्तान

मिला कुनिस (/ˈmlə ˈknɪs/; अङ्ग्रेजी: Milena Markovna "Mila" Kunis; युक्रेनी: Мілена Марківна Куніс; रूसी: Милена Марковна Кунис; जन्म अगस्ट १४, १९८३)[१] एक अमेरिकी अभिनेत्री हुन्। सन् १९९१ मा सात वर्षको उमेरमा परिवारसित उनी सोभियत सङ्घबाट लस एन्जलस गइन्। विद्यालय छुट्टी भएपछि हुने अभिनय कक्षाहरूमा भर्ना भइन् र उनलाई छिट्टै केही एजेन्टहरूद्वारा अभिनय गर्नको लागि बोलाइयो। विभिन्न टेलिचलचित्र र विज्ञापनहरूमा उनले भूमिका पाएकी थिइन् र १५ वर्ष नपुग्दै 'द्‌याट सेभेन्टिज सो' मा अभिनय गरेर उनले चर्चा बटुल्न सफल भएकी थिइन्। सन् १९९९ सेप्टेम्बरमा उनले 'फ्यामिली गाय' (एउटा एनिमेटेड टेलिभिजन चलचित्रमा) 'मेग ग्रिफिन' को रूपमा स्वर भूमिका निभाइन्।

सन् २००८ मा उनको ठूलो पर्दाको चलचित्र 'फरगेटिङ सारा मारसल'मा 'रेचल जेनसन'को भूमिका रह्यो जस पश्चात् उनले थुप्रै अन्य भूमिकाहरू निभाइन्। अन्य चलचित्रहरूमा 'म्याक्स प्यान'मा 'मोना स्याक्स', 'बुक्स अफ एली'मा 'सोलेरा', 'फ्रेन्डस विथ बेनिफिट्स'मा 'जेमी', 'टेड'मा 'लोरि' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा'मा 'विइकेड विच अफ वेस्ट (थियोडोरा)' को रूपमा उनको भूमिका रह्यो।

'ब्लायक स्वान'मा 'लिल्ली'को भूमिकामा उनले विश्वभरिका चलचित्र पारखी, दर्शकबाट प्रशंसा बटुलिन् जसमा ६७औँ भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'सर्वश्रेष्ठ नवनायिका पुरस्कार' जित्न सफल भइन्। यस्तै 'सर्वश्रेष्ठ सहायक अभिनेत्री'को गोल्डेन ग्लोब पुरस्कार र 'महिला अभिनेत्रीद्वारा उत्कृष्ट प्रदर्शन' को स्क्रिन एक्ट्रेस गिल्ड पुरस्कारको मनोनयनमा परेकी थिइन्।

बाल्यकाल र शिक्षा

कुनिसको जन्म चेर्नीब्त्सी, सोभियत सङ्घ (हाल: युक्रेन)मा भएको थियो।[२] उनकी आमा एलभिरा, भौतिक विज्ञानकी शिक्षिका हुन् र बुवा मार्क कुनिस मेकानिकल इन्जिनियर हुन्, जो एक ट्याक्सी चलाउँछन्।[३] कुनिसकी दाजुको नाम माइकल हो।[४]

सन् २०११ मा उनले उनका मातापिताको राम्रो जागिर भएको, परिवार भाग्यमानी भएको मान्नुपर्ने र उनीहरू गरीब छैनन् भन्ने बताइन्। कुनिसका बाबुआमाले सोभियत सङ्घ छाड्ने कुरा सोचे किनभने उनीहरूले आफ्नो सन्तानहरूको भविष्य त्यहाँ देखेनन्।[२]

सन् १९९१ मा जब कुनिस सात वर्षकी मात्र थिइन् उनको परिवार जम्मा $२५० डलर लिएर लस एन्जलेस, क्यालिफोर्निया पुगे। उनको आमा बुबाले राम्रो नोकरी र डिग्री छाड्नु परेको थियो किनभने सो डिग्री अमेरिकामा काम लागेन।

कुनिसको परिवार यहुदी हुन् र उनकै अनुसार गैरयहुदी विरोधी धारको हावी हुनुको कारण पनि उनको परिवारले सोभियत सङ्घ छाड्नुको कारण बन्यो।[५][६][७] जस्तै सोभियतमा धर्म दबाइए पनि उनले बताएकी छिन् कि उनको परिवारले उनलाई सक्दो यहुदी वातावरणमा नै हुर्काउन खोजे।[५] लस एनजेल्सको दोस्रो दिनमा उनलाई - रोजवुड इलिमेनटरी स्कुलमा हालियो जुन बेला उनलाई एउटा पनि अङ्ग्रेजी शब्द आउँदैनथ्यो। उनले भनिन् - "मलाई २ कक्षाको चाँसो नै भएन र मलाई त्यसको याद पनि छैन। सधैँ मैले आमा र हजुरआमासँग यो कुरा राखेँ किनभने म प्रत्येक दिन रोएँ। म भाषा बुझ्दिनथेँ। मलाई लेख्न लगाइएको निबन्धका शब्दहरू - 'कल्पना गरे म अन्धो र बहिरो छु, सात वर्षको उमेरमा' जस्ता हुन्थे र मैले त्यस्तै अनुभव गरेँ"।[८]

लस एन्जलसमा उनी हबर्ट होवे ब्यान्क्रोफ्ट बिद्यालयमा पढिन्।[९] पछि हाई स्कुलका वर्षहरूमा चलचित्र कार्य स्थलमा नै उनले ट्युसन पढिन् जति बेला उनी 'ड्याट्स सेभेंटीज शोज' मा अभिनय गर्दै थिइन्।[१०] पछि कार्य स्थलमा नहुँदा फेयरफ्ल्याक्स उच्च बिद्यालयबाट उनले २००१मा स्नातक तह भ्याइन्।[६] केही समय उनले यूसीसीए र लोयोला मेरीमाउन्ट विश्व बिद्यालयमा पनि अध्ययन गरिन्।[११][१२]

चलचित्र यात्रा

१९९४-२००० : अभिनय यात्रा सुरु र टेलिभिजनमा कार्य

नौ वर्षको उमेरमा कुनिस आफ्ना बाबुद्वारा बेबरली हिल स्टुडियोको एक्टिङ कक्षाहरूमा हालिइन्, कक्षाहरू विद्यालय छुट्टी भए पछि हुन्थ्यो जहाँ उनले सुसान कुरटिसलाई भेटिन्। कुरटिस पछि कुनिसको म्यानजर भइन्।[१३][१४] उनको पहिलो अडिसन 'बार्बी'को विज्ञापनका लागि थियो।[१५] पछि उनले 'लिजा फ्रयाङ्क' (उत्पादन कम्पनी) का लागि पनि विज्ञापन गरिन्।[१६][१७] उनको टेलिभिजनको पहिलो भूमिका भने १९९४मा 'डेज अफ आओर लाईबस'मा रह्यो।[१८][१९] केही महिना पछि उनको 'बे वाच'मा पहिलो दुई भूमिका रहे। [२०] केही साना भूमिका 'सेबेन्त हेबेन'मा रहे र केही सहयोगी भूमिका 'सान्टा विथ मसल्स, हनि वि स्रङ्क आओरसेल्बस,' र एन्जेलिना जोलीको फिल्म 'गिया'मा सानी गिया कारगी का रूपमा रहे।

दस वर्षको उमेरमा, कुनिसले एक रसियाली जिविस केटीको भूमिकामा अडिसन दिईन् जो अमेरिका गएकी हुन्छिन्, त्यसमा उनी असफल भईन्। बरु उनलाई एक मेक्सिकन केटीको भूमिका दिइयो।[२१] सन् १९९८ मा कुनिसले 'ड्याडस सेबेन्टी सो'मा जेयाकी बुरक्रहटको भूमिका निभाइन्। कुनिस त्यति बेला चौध वर्षकी मात्र थिईन्, निर्माताहरूको अनुसार भने उक्त भूमिका अठ्ठार वर्षका लागि मात्र उपयुक्त हुन्छ भन्ने थियो तर पछि कुनिसको वास्तविक उमेर थाहा पाएर पनि उनलाई नै भूमिका दिइयो।[५][१४] ड्याड्स सेबेन्टी सो आठ मुख्य भागहरूमा चले।[२२] उनले लगातार 'योङ स्टार अवार्डस' सन् १९९९ र २००० मा जितिन्।[२३]

सन् १९९९, कुनिसले 'ल्यासी च्याबर्ट' ले खेल्दै गरेको 'फ्याम्ली गाए'को 'मेग ग्रिफिन'को भूमिका पाइन्[२४] जुन सेथ मेकफेरलेनले बनाएका थिए। कुनिसले 'ड्याट्स सेबेन्टी सो'मा गरेको भूमिकाले गर्दा उनलाई चुनिएको थियो।[२५] मेकफेरलेनले उनलाई पहिलो अडिसन पछि फेरि बोलाए र ढिलो बोल्नका लागि आग्रह गरे जसमा कुनिसले आफू त्यसमा सफलता हात पारेको भनिसके पछि उनलाई नै लिइयो।[२५] पछि मेकफरलेनले कुनिसमा प्राकृतिक शैली रहेको र उनलाई मेगको भूमिका सुहाएको छ भने।[२६] कुनिस एनी अवार्ड पनि छानिइन्।[२७] उनले फ्यामली गाएको भिडियो गेममा पनि आवाज दिइन्।[२८]

२००१-०८: चलचित्रमा भूमिका

सन् २००१ मा, उनी 'गेट ओवे बिथ इट' भन्ने चलचित्रमा क्रिस्टन डुन्स्टसँग देखिइन्। त्यसलाई पछ्याउँदै २००२ 'अमेरिकन साएको' २ मा विलियम सार्टनरसँग चलचित्र खेलिन् जुन 'अमेरिकन साएकोको' दोस्रो भाग थियो। अमेरिकन साएको २ले खासै राम्रो गरेन।[२९] पछि कुनिसले आफैँलाई राम्रो नलागेको स्वकारीन्।[३०] सन् २००४मा कुनिसले टिना एन्ड टिनाज विडिङमा भूमिका निभाइन्। सन् २००४ तिर फिल्म खिचिए पनि २००७ सम्म चलचित्रले तयारी रुप पाएन।[३१] यो चलचित्र पनि क्रिटिक्सहरलाई मन परेन।[३२] 'डि भि डि टक'ले दर्शकहरूले यो चलचित्र नबनेकै भए राम्रो हुन्थ्यो भन्ने बताएका छन्।[३३]

२००५मा कुनिसले 'जोन हेडर'सँग 'मुभिङ एमसिएलिस्टर'मा काम गरिन् जुन २००७ सम्म तयार भएन।[३४] फिल्म केही हप्ता मात्र चल्यो र खासै राम्रो प्रतिक्रिया पाउन सकेन।[३५][३६] चलचित्र खेल्ने क्रमलाई पछ्याउँदै 'आफ्टर सेक्स'मा उनले 'जोइ सालडाना'सँग काम गरिन्। जोइसँग उनले 'गेट ओवर विथ इट'मा सँगै काम गरेका थिए।[३७] सन् अक्टोबर २००६ मा, उनले 'बुट क्याम्प' भन्ने चलचित्रमा काम गर्न थालीन् जसको नाम सुरुमा 'स्ट्रट एडज' राखिएको थियो।[३८][३९]

म्याक्स पेएन चलचित्र चलेको पहिलो दिन, कुनिस २००८

सन् २००८मा कुनिसको 'फरगेटिङ सारा मारसल'मा 'रेचल जेनसन'को भूमिका रह्यो जसका सह निर्माता 'जड अपस्टन' थिए। उक्त भूमिका उनले 'नक्ड अप' को असफल अडिसन पछि पाएकी थिईन्[४०] जसले उनको अभिनय शैली निखारिएको बताउँछ।[४१] फिल्मले केही राम्रा प्रतिक्रिया पायो।[४२] आर्थिक रूपमा पनि राम्रो कारोबार गर्यो; $१०५ मिलियन कमाउँदै।[४३] कुनिसको कार्यले प्रशंसा पनि बटुल्यो। 'वाल स्टिर्ट जोर्नल' का 'जोइ मोरगनस्टाइन'ले उनको सुन्दरता र कार्य शक्तिको खुलेर प्रशंसा गरे।[४४] 'जेम्स बरडम्नविलि'ले लेखे कि उनी आफ्नो भूमिकामा गाँसिएकी हुन्छिन् र उनलाई कमिक टाइमिङ को पनि ज्ञान छ।[४५] पछि उनी टिन च्वाईस अवार्ड को छनोटमा परिन्।[४६] एक अन्तर्वार्तामा उनले 'अपाटो'लाई आफ्नो करिएरका लागि धन्यवाद पनि दिए।[४०]

'मार्क वेरलवर्ग' सँग सन् २००८मा कुनिसले 'म्याक्स प्यान' चलचित्रमा भूमिका निभाइन् जुन उहीँ नामको एक भिडियो गेममा आधारित थियो। कुनिसले यस भूमिकाका लागि मार्सल आर्ट, बक्सिङ, र हात हतियार चलाउन पनि सिकिन्।[४७] $८५ मिलियन कमाउँदै चलचित्रले राम्रो आम्दानी गर्यो।[४८] तर विष्लेशकहरूले त्यति राम्रो मानेनन् [४९] जसमा धेरैले कुनिसलाई त्यस भूमिकामा नराखिएको भए हुन्थ्यो भन्ने बताए।[५०][५१] ट्रभिस एस्टफोल्डले लेखे कि उनलाई राखिनु गलत थियो जसमा उनको स्वर उपयुक्त थिएन।[५२] निर्माता जोन मुरेलले कुनिसको बचाउ गर्दै भने - " मिलाले हामीलाई चकित पारिन् ... उनी हाम्रो साधारण रोजाइ थिइनन् तर उनले भूमिकालाई राम्रो सँग बाधिँन्। हामीलाई भूमिकामा लेप लगाउनु थिएन। हामीलाई त्यस्तो कलाकार चाहिएको थियो जो तेस्तो बनोस् र आफ्नै शैली बताओस्। मलाई लाग्छ मिलाले सहि रूपमा त्यसलाई पूरा गरिन् "।[४७] यसै भूमिकाका लागि कुनिस फेरि टिन च्वाइस अवार्डको छनोटमा परिन्।[५३]

२००९-१२ : चलचित्रमा सफलता र थप अन्य भूमिका

सन् २००९मा, उनी 'एक्सट्रयाक्ट' भन्ने हास्य चलचित्रमा बेन एफ्लेक र जेसन वेटम्यानसँग देखिइन्। त्यस चलचित्रले राम्रै प्रतिक्रिया बटुल्यो[५४] र $१०.८ मिलयन कमायो।[५५] रोजर एग्बर्ट,जो एक क्रिटिकस थिए उनले पनि कुनिसलाई यस चलचित्रमा राम्रै प्रतिक्रिया दिए।[५६] निर्माता माइक जजले भने: "अती सुन्दर मिला फिल्मको दुनिँया र वास्तविक दुनियाँमा साटिन सक्छ"।[५७]'फरगेटिइ सारा मारसल'मा कुनिसको अभिनय देखे पछि जजले कुनिसलाई 'एस्ट्रयाक'मा भूमिका दिएका थिए। जजले भने, "मैले सोचे - वा ! ,यो केटी उपयुक्त छे र उनले पनि यसका लागि सहमति जनाइन्"। कुनिसले पनि भनिन्, "म पनि माएक जजको ठूलो फ्यान हुँ। मैले भनेँ - हुन्छ। यसमा धेरै कुरा सोच्नु पर्ने कुरा छैन"।[५८]

कुनिस फ्याम्ली गाएको प्रतिनिधि बन्दै,स्यान डि यागो कमिक कन, २००९ मा

सन् २०१०मा कुनिस डेनजल वासिङ्टनसँग बुक अफ एलीमा देखिइन्। फिल्मले मश्रित प्रतिक्रिया पाए पनि $१५७ मिलियन कमाउँदै राम्रो आम्दानी गर्यो। चलचित्र विशेषज्ञ रिचार्ड रुपरले कुनिसको अभिनयलाई राम्रो भन्दै एक बलियो काम भएको बताए। अन्यले पनि राम्रो भएको बताए, जसमा थिए बक्स अफिस म्यागजिनका पिटि ह्यामन्ड। ऊनले लेखे कि कुनिस मुख्य भूमिकामा छानिनु धेरै ठिक भयो। जसले उक्त चलचित्रलाई मन पराएनन् उनीहरूले पनि कुनिसको खुलेरै प्रशंसा गरे। जेम्स बेरारडिनेली जो ती मध्यका एक थिए, उनले लेखे कि कुनिसको भूमिका कथाको दायरा भित्र नै थियो। 'स्टार ट्रिब्युन' का 'कोलिन कोभर्ट'ले लेखे कि कुनिसले झिल्को ल्याए र आफ्नो शैलीमा आफू ठिक छु भन्ने कुरा बुझाइन्, उनलाई बारम्बार कसैको सहायता चाहिन्न। अरू विशषज्ञ जस्तै 'यु एस ए टुडे'का क्लाडडियआ पियुगले भने कुनिस विज्ञापन खेलेर भागेकी जस्ती देखिन्थिन् भनेर लेखिन्। जे होस् कुनिस टिन चबाईस अवार्डसको छनोटमा भने पर्न सफल भइन्। सन् २०१०मा कुनिसको सानो भूमिका एक हाँस्य चलचित्र डेट नाइटमा रह्यो। यसमा उनले राम्रो प्रतिक्रियाहरू पाइन्। 'सिकागो ट्रिव्युन'का माइकल फिलिपस्ले कुनिसको भूमिका निशानामा लागेको गोली जस्तै भनेर तारिफ गरे।

व्लयाक स्वान चलचित्रबाट कुनिस थुप्रै अवार्डका छनोटमा परिन्। उनी उनको पहिलो गोल्डेन ग्लोव अवार्डको छनोटमा पनि परिन्। यस चलचित्रमा मुख्य भूमिकामा नटाली पोर्टम्यान रहेको थियो। व्लयाक स्वानले उनलाई धेरै राम्रा प्रतिक्रियाहरू दियो। चलचित्रले $१०६.९ मिलियन अमेरिकामा कमायो र क्यानाडामा $३२९ मिलियन कमायो। कुनिसले विभिन्न श्रेणिमा मारसेलो मास्ट्रोइयानी अवार्ड,गोल्डेन ग्लोब अवार्ड, स्क्रिन एक्टरस गिल्ड अवार्डस,र स्याटर्न अवार्डस जितिन्।

सन् २०१३मा 'फ्रेन्डस् विथ बेनिफिटस्' मा जस्टीन टिम्बरलेकसँग कुनिस देखिइन्। फिल्मले $१४९ मिलियन कमायो।

सन् २०१२मा कुनिस 'मारक वालवर्ग'सँग 'टेड'मा देखिइन्। 'टेड' नै $५४९ मिलियनन कमाउँदै कुनिसको हालसम्म बढी कमाउने चलचित्र बन्यो।

२०१३-वर्तमान : भविष्यका योजनाहरू

सन् २०१३मा कुनिसले 'ओज, द ग्रट एन्ड पाओरफुल' मा (तीन बोक्सी मध्यकी कान्छी) थियोडोरा भइ अभिनय गरिन्। फिल्म र कुनिसले मिश्रित प्रतिक्रिया पाए पनि चलचित्रले $४९३ मिलियन कमाउन सफल भयो।

२०१३को क्यानिज चलचित्र महोत्सवमा देखाइएको चलचित्र 'बल्ड टाइस'बाट कुनिसले राम्रो गर्न सकिनन्। 'द एङग्रिएस्ट म्यान अफ ब्रुकलिन' जसमा कुनिस रोविन विलियम्ससँग देखिए ; त्यसले पनि खासै राम्रो प्रतिक्रिया बटुलेन। टोरोन्टो चलचित्र महोत्सवमा देखाइएको 'थर्ड परसन'ले पनि खासै राम्रो गर्न नसके पनि कुनिसले भने केही प्रशंसा बटुलिन्।

कुनिस एक विज्ञान धारको चलचित्र 'जुप्पिटर एसेन्डिङ'मा 'च्यानिङ टाटुम'मा देखिने भएकी थिइन् जुन १८ २०१४मा रिलिज हुने भएपनि जुन ३ मा फेरबरी ६ ,२०१५मा रिलिज हुने भनियो ।

कुनिस नारी प्रधान टेलिचलचित्र 'मेरिडियन हिल्स'को 'एक्सिक्युटिब प्रड्युसर' बन्ने तय भएका छन्। सन् १९७०को नारी अधिकार आन्दोलनको बारे उक्त टेलिचलचित्र रहनेछ जसमा कुनिक भने देखिने छैनन्।[५९][६०][६१] अक्टोबर २०१४मा कुनिस र उनका साथीहरूले 'अरचार्ड फार्म प्रड्कस्न' सुरु गरेका बताएका थिए।[६२]

कुनिस अभिनित चलचित्र ब्याड ममस् जुलाई २९, २०१६ मा रिलिज भएको थियो।[६३]

मेडिया क्षेत्रमा

सन् २००७ मा कुनिस 'फनि अर डाइ' भन्ने वेबसाइटको एक भिडियोमा जेम्स फ्रेन्को सँग देखा परिन्। उक्त भिडियो एम टि भिको कार्यक्रम 'द हिल्स'को नक्कल गर्न खोजिएको थियो। त्यस भिडियो १० लाख स्रोताले हेरे जुन वेबसाइटको लागि पनि सफल सावित भयो।[६४] 'सन लेबी' ,डेट नाइट को निर्माताले कुनिस र जेम्स फ्रेन्को लाई छान्नुको कारण उक्त भिडियोमा दुई बीचको केमिस्ट्री रहेको बताएका थिए।[६५] डिसेम्बर २००८ मा, कुनिस 'साइन योर ओन स्टार', क्रिस्मस क्याम्पेनमा देखिइन्।[६६]

सन् २०१० मा उनी 'एसक्वाइर' म्यागजिनको वोमन वि लब भागको एक भिडियोमा पनि उनी सामेल भइन्।[६७] कुनिस अन्य महिला कलाकार कर्मीहरूमा पर्छिन् जसको फोटो ब्रायन एडम्स (क्यनाडियन गायक, गितकार)ले खिचेको थियो जुन फोटोहरू 'क्यालभिन क्लेन कलेकसन' को अमेरिकन वोमन २०१० अन्तर्गत पर्थे ; पछि 'ऐन.वाइ.सी. एडस. फाउन्डेसन' लाई दिइएको थियो।[६८] सन् २०१०को गर्मी समय तिर कुनिसले, र्यान्डी ज्याकसनलाई नौँ वार्षिक 'क्रिस्यालिस फाउन्डेसन बेनिफिट'मा 'मास्टर अफ सेरोमोनि' भई सहयोग गरिन्। 'क्रिस्यालिस फाउन्डेसन' लस एन्जलसमा रहेको नाफा रहित संस्था हो जसको उद्देश्य कमजोर आर्थिक अवस्था भएकाहरूलाई र घरबार बिहिनहरूलाई रोजगार प्रधान गराई आत्मनिर्भर बनाउनु रहेको छ।[६९]

'जि.क्यु' म्यागजिनले उनलाई २०११ को 'नक आउट अफ यअर'मा राखेको थियो।[७०]मेनस हेल्थ ले उनलाई सय कामुक महिलाको सुचिमा पनि राखेको थियो।[७१] 'एफ एग एम म्याग्जिन' ले २०१२ मा उनलाई 'हट हन्ड्रेड'मा नौँ स्थानमा राख्यो।[७२] पछि उनी २०१३को विश्वको सय कामुक महिलाहरूको सूचिमा अंक १ मा नै परिन् जसले चार वर्ष देखि बेलायती महिलाहरू मात्र परेको थियो;[७३][७४] कुनिसले त्यसको अन्त गरिन्।[७५]

सन् २००८ मा उनले भनिन्, "आफ्नो करियरलाई बलियो बनाउनु छ, एफ एच एमको सयजनाको सूचिमा पर्नू भन्दा पनि। तिम्रो स्वरुप मरेर जान्छ त अनि त के बाँकी हुन्छ ?" [८] म्याक्सिम म्यागजिनले सदा जसो कुनिसलाई हट हन्ड्रडको सूचिमा राख्दै आएको छ। सन् २००९ मा पाँचौँमा, २०११ मा नौँमा[७६] र २०१२ मा तीन अङ्कमा राखेको थियो। [७७][७८] २०१२ मा 'इस्क्वाएर' म्यागजिनले कुनिसलाई सेक्सिएस्ट वोमन अलाईब भन्ने नाम दियो [७९]। 'आस्क म्यान'ले उनलाई २०१३को 'टप नाइन्टिनाइन वोमन'को सूचिमा २ अङ्कमा राखिन् जसमा कुनिस जेनिफर लरेन्सको पछाडि थिईन्। [८०] सन् २०१३मा कुनिसले बताइन् - "म त्यति भन्न सक्छु कि मलाई कामुक भनिएको मा म सम्मानित भएको महशुस गर्छु "। [८१]

सन् २०१२ मा 'क्रिस्चियन डोर'; एक फ्रान्सेली कम्पनिले स्परिङ फेसन क्यामपेन को एक अनुहार बन्न निम्त्याएको थियो।[८२][८३] फेरबरी २०१३ मा उनी जेम फिल्डस कम्पनीको 'ग्लोवल ब्रान्ड एमब्यासडर' पनि भइन् र विज्ञापनको एक अनुहार भइन्।[८४] जेमफिल्डस एक आन्नदायी सामान उत्पादन गर्ने कम्पनी जसले बहुमुल्य रत्नहरू निर्यात गर्छ, उनले जेमफोल्डसको खानी पनि घुमिन् जुन ज्यामबियामा छ।[८५]

सन् २०१३मा 'फोर्ब्स' म्यागजिन्मा उनी 'सय शक्तिशाली सेलिब्रेटी'को ८९औँ शङ्ख्यामा परिन् जुन पाँच श्रणी अनुसार छुट्याइएको थियो - धन, टि.भि./रेडियो, प्रेस, सामाजिक रूपमा, मार्केटिङ शैली, जसमा कुनिस मार्केटिङ शैलीमा १४नम्बरमा थिई जुन अरु पाँच श्रेणीमा भन्दा बढी थियो। जुन २०१३को अन्तिम सम्म उनले $१,करोट १०लाख कमाई सकेकी थिईन्।[८६]

२०१४ मा उनी 'बिम',एक हुस्की उत्पादन कम्पनीको विज्ञापनहरूमा देखिइन्।[८७]

व्यक्तिगत जीवन

सेप्टेम्बर १४, २०११ मा एफबिआइले कुनिसको र अन्य सेलिब्रटीको फोन, इमेल खाता ह्याक भएको नभएको खोजिनीति गरिरहेको जनाएको थियो।[८८][८९][९०] पछि फ्लोरिडाको 'क्रस्टोफर'ले आफू नौ वटा ह्याकिङ घटनामा दोषि भएका स्विकारे। [९१]

सन् नोबम्बर २०११मा अमेरिकी सामुन्द्रिक सैनिक समुहको स्थापनको २३६औँ वार्षिक उत्सवमा पनि कुनिस सहभागी भइन्। सारजेन्ट स्कट मुरेको अफगानिस्तानको हेलमन्युड प्रान्तबाट यु ट्युबको निम्तो भिडियो हेरपछि कुनिस उक्त कार्यक्रममा सहभागी भइन्।[९२]

सन् २०११ मा कुनिस उक्त कार्यक्रममा भाग लिदैँ

राजनितिक विचार

कुनिस डेमोक्रेटिक पार्टी र बाराक ओबामाका पक्षधर हुन्।[९३] सन् २०१२ को एक अन्तरवार्तामा उनले रिपबक्लिक पार्टीको खण्डन गर्दै भनिन् - 'रिपबक्लिकनहरूले आइमाईको बारेमा बोलेको कुरा मलाई असरदायी लाग्छ। उनीहरूले धर्मको बारे बोलेका कुरा असर पार्ने खालका छन्। म यहुदी पछ्याइरहेको त छैन। जिससको बारे मात्र कति बोल्नु पर्यो?[९४]

स्वास्थ्य

जनवरी २०११ मा उनले आँखामा क्रोनिक इरिटिस् नामक अवस्था रहेको बताएकी थिई जसले उनको एउटा आँखामा अन्धोपन ल्याएको थियो। उक्त भनाइको २ महिना पहिले अघि मात्र उनले आँखाको अवस्था सुधार्न शल्यक्रिया गराएकी थिइन्।[९५] कुनिसको Heterochromia iridumभन्ने आँखाको अवस्था छ जसमा आँखाको आइरिस नामको भाग दुइटा भिन्नै रङका हुन्छन् जसमा उनको बायाँ आँखाको खैरो र दायाँ आँखाको हरियो रङको रहेको छ।[९६][९७]

वैवाहिक नाता

सन् २००२ मा उनले नायक मकाउले कुल्किनसँग डेटिङ सुरु गरेकी थिई।[९८][९९] यस क्रममा कुनिसको नायक 'मकाउले कुल्किन' सँग विवाह हुने हल्ला चलेको थियो तर कुनिसले यो कुरा गलत भएको बताइन्।[१००] 'व्लायकबुक म्यागजिन' को अन्तर्वार्तामा उनले भनिन्, "विवाह मेरो लागि त्यो विषय होइन जुन चाँसोको विषय होस्"[१०१] र आफ्नो र मकाउले कुल्किनको गोपनियता बचाउने प्रयासमा भनिन्, "हामी यो कुरा प्रेससँग बोल्दैनौँ। यो मैले चाहेको भन्दा पनि बढी फिँजियो"।[१०२] प्रेस र आफुले चलाउने ट्याबलोइडमा कुनबाट उम्कन मुस्किल छ भन्ने प्रश्नमा कुनिसको जवाफ थियो - "मलाई आफ्नो व्यक्तिगत जीवन व्यक्तिगत नै राख्नु छ जसरी भए पनि"। के त्यसो गाह्रो हुन्न भन्ने प्रश्नमा- "मलाई मतलब भएन। म आफ्नो चिहानसम्म प्रयास गरेर जानेछु। यो गाह्रो छ तर म एउटा सानो भित्ताको सानो दुलो सम्मलाई बार मान्दै जानेछु। म आफुलाई पहिलै घटित हुने ठाउँमा लैजाने छैन"।[१०३] कुनिसले खुल्ला रूपमा जनवरी ३, २०११ मा आफ्नो र कल्किनको सम्बन्धको अन्त भएको बताएकी थिइन्। यो राम्रोको लागि नै भएको र उनीहरू अझै नजिकका साथी भएका उनले बताएकी थिइन्।[९८]

अप्रिल २०१२ मा 'ड्याट्स सेबेनटिज शो' को एस्टन कचरसँग डेटिङ गइन्। [१०४][१०५] फेब्रुअरी २०१४ मा वैवाहिक नातामा जोडिए। [१०६] सेप्टेम्बर २०१४ मा उनीहरूले एक छोरी जन्माए जसको नाम व्याट इसाबेला राखे। [१०७][१०८] जुन २०१६ मा उनीहरूको प्रतिनिधिले उनीहरूले दोस्रो सन्तानको अपेक्षा राखेको बताए।[१०९]

अभिनित चलचित्रहरू

कुनिसद्वारा अभिनित चलचित्रहरू तल अङ्ग्रजीमा दिइएका छन्।

  • Piranha (1995)
  • Santa with Muscles (1996)
  • Honey, We Shrunk Ourselves (1997)
  • Krippendorf's Tribe (1998)
  • Get Over It (2001)
  • American Psycho 2 (2002)
  • Tony n' Tina's Wedding (2004)
  • Stewie Griffin: The Untold Story (2005)
  • After Sex (2007)
  • Moving McAllister (2007)
  • Boot Camp (2008)
  • Forgetting Sarah Marshall (2008)
  • Max Payne (2008)
  • Extract (2009)
  • The Book of Eli (2010)
  • Date Night (2010)
  • Black Swan (2010)
  • Friends with Benefits (2011)
  • Ted (2012)
  • Tar (2012)
  • Oz the Great and Powerful (2013)
  • Blood Ties (2013)
  • Third Person (2013)
  • The Angriest Man in Brooklyn (2014)
  • Hell & Back (2014)
  • Jupiter Ascending (2015)
  • ब्याड मम्स् (२०१६)

अवार्डस र छनौट

वर्ष अवार्ड श्रेणी उपाधि नतिजा
१९९९ योङ आर्टिष्ट अवार्ड बेस्ट परफरमन्स इन टिभि सिरिज ड्याट्स सेबेन्टी सो मनोनित
१९९९ योङ स्टार अवार्ड वेस्ट परफरमन्स अफ योङ एक्टेरस इन कमिडीसो विजयी
२००० टिन च्वइस अवार्ड च्वइस एक्ट्रेस मनोनित
२००० योङ आर्टिष्ट अवार्ड बेस्ट परफरमेन्स इन टिभि सिरिज मनोनित
२००० योङ स्टार अवार्ड बेस्ट योङ एक्टेरस इन कमेडि सिरिज विजयी
२००१ टिन च्वइस अवार्ड च्वइस एक्टरेस मनोनित
२००१ तोङ आरटिष्ट अबार्ड बेस्ट परफरमन्स इन कमेडी सिरिज ;लिडिङ योङ एक्टेरेस मनोनित
२००२ टिन च्वइस अवार्ड च्वइस एक्टेरेस मनोनित
२००२ योङ हलिउड अवार्ड विजयी
२००३ टिन च्वइस अवार्ड च्वइस टिभि एक्टेरेस मनोनित
२००४ टिन च्वइस अवार्ड च्वइस टिभि एक्टेरेस (हास्य) मनोनित
२००५ टिन च्वइस अवार्ड च्वइस टिभि एक्टेरेस (हास्य) मनोनित
२००६ टिन च्वइस अवार्ड च्वाइस हाँस्य[११०] मनोनित
२००६ स्पाइक भिडियो गेम फ्याम्ली गाई भिडियो गेम मनोनित
२००६ स्पाइक भिडियो विजयी
२००७ एनी अवार्ड आवाज अभिनय फ्याम्ली गाई मनोनित
२००८ टिन च्वाइस फरगेटिङ सारा मारसल मनोनित
२००९ टिन च्वाइस म्याक्स पेन मनोनित
२०१० टिन च्वाइस द बुक अफ एली मनोनित
२०१० स्क्रिम अवार्ड मनोनित
२०१० भेनिस इन्टरनेसनल फिल्म ब्ल्याक स्वान विजयी
२०१० गोलडेन ग्लोब मनोनित
२०१० स्क्रिन एक्टरस् मनोनित
२०१० स्क्रिन एकटरस् मनोनित
२०१० ब्रोडकास्ट फिल्म मनोनित
२०१० डलाज फोर्ट वोर्थ फिल्म क्रिटिक्स मनोनित
२०१० ओक्लोहमा फिल्ल क्रिटिक्स विजयी
२०१० लस भेगास फिल्म क्रिटिक्स मनोनित
२०१० उताहा फिल्म क्रिटिक्स मनोनित
२०१० अनलाईन फिल्म क्रिटिक्स सोसाइटी मनोनित
२०११ स्याट्रन अवार्डस् विजयी
२०११ एम टि बि अवार्डस् मनोनित
२०११ टिन च्वाइस च्वाइस मुभि[१११] मनोनित
२०११ टिन च्वाइस मनोनित
२०११ टिन च्वाइस उनी आफैँ मनोनित
२०११ टिन च्वाइस च्वाइस समर : महिला [११२] फ्रेन्ड्स विथ बेनिफिट्स् मनोनित
२०११ स्क्रिम अवार्ड सफल सहयोगी नायिका[११३] ब्ल्याक स्वान विजयी
२०१२ पिपुल च्वाइस अवार्ड Favorite Comedic Movie Actress[११४] फ्रेन्ड्स विथ बेनिफिट्स् मनोनित
२०१२ रेमब्रेन्ट अवार्ड सफल अन्तर्राष्ट्रिय नायिका[११५] मनोनित
२०१३ पिपुल च्वाइस अवार्ड रुचाइएकी चलचित्र नायिका[११६] उनी आफैँ मनोनित
२०१३ पिपुल च्वाइस अवार्ड हास्य चलचित्र नायिका[११६] मनोनित
२०१४ ब्रोडकास्ट फिल्म सफल नायिका (हास्य)[११७] टेड मनोनित
२०१३ MTV मुभि अवार्ड मनोनित
२०१३ एम टि भि अवार्डस MTV मुभि बेस्ट फेमल पर्फरमन्स मनोनित
२०१३ टिन चबाईस अवार्ड[११८] ओज द ग्रेट एन्ड पाओरफुल मनोनित
२०१३ टिन चबाईस अवार्ड चबाईस फेमल हटी उनी आफैँ मनोनित
२०१४ एम टि भि अवार्डस् खलनायिका[११९] ओज द ग्रेट एन्ड पाओरफुल विजयी
२०१५ टिन च्वाइस अवार्ड्स चोइस मुभी एक्ट्रेस, Sci-Fi जुपिटर एसेन्डिङ मनोनित

सन्दर्भ सामग्रीहरू

  1. Armstrong, Derek, "Mila Kunis; Alternate Name: Milena Markovna Kunis", AllMovie/Rovi via The New York Times, मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २३, २०१२ 
  2. २.० २.१ Lawrence, Will (सेप्टेम्बर २, २०११), "Mila's crossing to fame", The Daily Telegraph (UK), मूलबाट अक्टोबर २८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  3. "Mila Kunis: "Nothing was ever given to me"", Yahoo, मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १२, २०१२  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १२, २०१२ मिति
  4. (यूक्रेनी) "Kunis recalled how in Chernivtsi she was running around hungry and scratched up", मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित। 
  5. ५.० ५.१ ५.२ Caroline Kepnes, "Schmoozin' with Mila Kunis", JVibe Magazine। 
  6. ६.० ६.१ "Exclusive Interview : Mila Kunis", Moviehole.net, मूलबाट मार्च १२, २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण मार्च १२, २०१२ मिति
  7. "Interview: Mila Kunis on 'Black Swan', Kissing Natalie Portman, Her Russian Heritage & More!", मूलबाट मे २८, २०११-मा सङ्ग्रहित। , Obsessed With Film (January 20, 2011)
  8. ८.० ८.१ Lytal, Cristy (अक्टोबर १६, २००८), "I was a good kid", Los Angeles Times, मूलबाट अक्टोबर २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ३०, २०१० 
  9. "Mila Kunis", New York Post, अक्टोबर १०, २०११, मूलबाट अगस्ट २५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २०११  = Archive.today अभिलेखिकरण सेप्टेम्बर ६, २०१२[समयचिह्न लम्बाइ] मिति
  10. Espinoza, Galina (अप्रिल २, २००१), "High Roller", People, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १७, २०११ 
  11. Spines, Christine (सेप्टेम्बर २००९), "Mila Kunis Keeps it Real", Women's Health, मूलबाट डिसेम्बर ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०१० 
  12. Slotek, Jim (सेप्टेम्बर १, २००९), "That busy '70s girl", Toronto Sun, फेब्रुअरी २९, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. Mottram, James (जनवरी २०, २०११), "Mila Kunis: The other Black Swan finds her feet", The Independent (London), मूलबाट डिसेम्बर २०, २०१३-मा सङ्ग्रहित। , independent.co.uk (January 20, 2011)
  14. १४.० १४.१ Scoth, Allison (अक्टोबर १५, २००८), "The American Dream Girl", Americanway Magazine, मूलबाट नोभेम्बर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१० 
  15. "Before They Were Stars: Mila Kunis in Barbie Commercials", The-Back-Row.com, जनवरी १२, २०११, मूलबाट अक्टोबर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १४, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १७, २०११ मिति
  16. "Mila Kunis, Esquire's 'sexiest woman' uncovered in vintage Lisa Frank sticker commercial", zap2it.com, अक्टोबर १७, २०१२, मूलबाट नोभेम्बर ५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १८, २०१२ 
  17. "Mila Kunis Lisa Frank Commercial!", YouTube, अक्टोबर १७, २०१२, अन्तिम पहुँच अक्टोबर १८, २०१२ 
  18. Smith, Ryan (जुलाई ५, २०१२), "Mila & the immigration", Vogue, Condé Nast Publications, मूलबाट डिसेम्बर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१२  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३, २०१२ मिति
  19. "Mila Kunis- Biography", Yahoo! Movies, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१२ 
  20. "It's Mila Ku-teness! Watch star's acting debut in Baywatch", The Sun (London), अगस्ट १५, २०१२, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१२ 
  21. Franco, James, "Mila Kunis", Interview, मूलबाट अप्रिल १७, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१२ 
  22. Hochman, David (फेब्रुअरी १२, २००६), "Even Those 70's Kids Should Have Seen It Coming", The New York Times, मूलबाट मार्च २२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २००९ 
  23. "Mila Kunis (Celebrity Profile)", Superiorpics.com, अन्तिम पहुँच नोभेम्बर १, २०१२ 
  24. Wolk, Josh; Joe Flint (मे ९, १९९९), "Troubled Life", Entertainment Weekly, मूलबाट डिसेम्बर ११, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ११, २०१०  = Archive.today अभिलेखिकरण सेप्टेम्बर ४, २०१२[समयचिह्न लम्बाइ] मिति
  25. २५.० २५.१ "Family Guy – Casting Mila Kunis", The Paley Center for Media, अन्तिम पहुँच मे १५, २०१० 
  26. "Interview with Seth MacFarlane", IGN, जुलाई २१, २००३, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १७, २००९ 
  27. "Mila Kunis – Awards", Internet Movie Database, अक्टोबर २२, २००९, मूलबाट अक्टोबर ६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २२, २००९ 
  28. De Leon, Kris (सेप्टेम्बर २५, २००७), "Mila Kunis Talks About Working on Family Guy and Her Upcoming Movie", BuddyTV, मूलबाट डिसेम्बर १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ३, २००९ 
  29. "American Psycho 2 Movie Reviews, Pictures", Rotten Tomatoes, मूलबाट अक्टोबर १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ११, २००९ 
  30. Harris, Chris (मे ६, २००५), "Mila Kunis' Career Thrives Despite 'Psycho' In Her Past", MTV, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ११, २०१० 
  31. Scheib, Ronnie (मे ५, २००४), "Tony n Tina's Wedding", Variety, अन्तिम पहुँच जुन २९, २०१० 
  32. "Tony N' Tina's Wedding", Rotten Tomatoes, मूलबाट डिसेम्बर १६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१० 
  33. Cornelius, David (अगस्ट १८, २००८), "Tony n Tina Review", मूलबाट अगस्ट २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१० 
  34. Tecson, Brandee (अगस्ट ९, २००५), "Heder Lines up Six Pics", मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  35. "Moving McAllister", Box Office Mojo, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१० 
  36. "Q & A with Ben Gourley", movingmcallisterthemovie.com, सेप्टेम्बर २००७, अन्तिम पहुँच जुन २९, २०१० 
  37. Chang, Justin (अगस्ट २८, २००५), "After Sex", Variety, अन्तिम पहुँच जुन २९, २०१० 
  38. McNary, Dave (सेप्टेम्बर २४, २००६), "Straight Edge", Variety, अन्तिम पहुँच जुन २९, २०१० 
  39. Kane, Mondo (अगस्ट ९, २००९), "Blue Ray and DVD News", DVDtown.com, मूलबाट अगस्ट १३, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१० 
  40. ४०.० ४०.१ "Mila Kunis is willing to turn pirouettes for her role in Black Swan", Orlando Sentinel, अगस्ट २७, २००९, मूलबाट अक्टोबर २४, २०१२-मा सङ्ग्रहित। 
  41. Otto, Jeff, "Exclusive Mila Kunis Interview", ReelzChannel, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २०, २०१२ मिति
  42. "Forgetting Sarah Marshall Movie Reviews, Pictures", Rotten Tomatoes, मूलबाट अप्रिल २५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  43. "Forgetting Sarah Marshall", The Numbers, मूलबाट डिसेम्बर १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २००८ 
  44. Morgenstern, Joe (अप्रिल १८, २००८), "'Sarah Marshall' Has No Craft but Plenty of Comedy", The Wall Street Journal, मूलबाट अगस्ट ५, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  45. Berardinelli, James, "Forgetting Sarah Marshall", Reelviews, मूलबाट अगस्ट २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  46. "2008 Teen Choice Awards winners and nominees", Los Angeles Times, जुन १७, २००८, अन्तिम पहुँच अक्टोबर २, २०११ 
  47. ४७.० ४७.१ "Max Payne Production Notes", visualhollywood.com, जुलाई १०, २०१०, मूलबाट जनवरी १६, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २००८  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ८, २०१२ मिति
  48. "Max Payne (2008)", Box Office Mojo, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  49. "Max Payne Movie Reviews, Pictures", Rotten Tomatoes, मूलबाट जनवरी १३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २००९ 
  50. Moore, Roger (अक्टोबर १५, २००८), "Movie review: Max Payne – 2 out of 5 stars", Orlando Sentinel, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  51. Brunson, Matt (अक्टोबर २१, २००८), "New releases: W., Max Payne", Connect Savannah, मूलबाट डिसेम्बर ८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१० 
  52. Estvold, Travis (जनवरी २८, २००९), "Max Payne", Boise Weekly, मूलबाट डिसेम्बर १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ७, २०१२ मिति
  53. Carlson, Meghan (अगस्ट ११, २००९), "'Gossip Girl,' 'Twilight' Big Winners at Teen Choice Awards 2009", BuddyTV, मूलबाट अगस्ट १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २, २०११ 
  54. "Extract (2009)", Rotten Tomatoes, मूलबाट अप्रिल २२, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १६, २०१० 
  55. "Extract (2009)", Box Office Mojo, मूलबाट अप्रिल ११, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१० 
  56. Ebert, Roger (सेप्टेम्बर २, २००९), "Extract", Chicago Sun-Times, मूलबाट नोभेम्बर २४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ९, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २८, २०१० मिति
  57. Gordinier, Jeff (सेप्टेम्बर २००९), "Mila Kunis", Details Magazine, मूलबाट नोभेम्बर १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २०१० 
  58. Nasson, Tim (अगस्ट १३, २००९), "Extract: Behind the Scenes", wildaboutmovies.com, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १८, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  59. "Mila Kunis producing 70s show for The CW", insidetv.ew.com, नोभेम्बर ६, २०१२, मूलबाट मे २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०१२ 
  60. Goldberg, Lesley (नोभेम्बर ६, २०१२), "Mila Kunis to Exec Produce Women's Lib Drama for CW", thehollywoodreporter.com, मूलबाट डिसेम्बर २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०१२ 
  61. "Mila Kunis to be executive producer on new CW drama", digitalspy.com, नोभेम्बर ७, २०१२, मूलबाट सेप्टेम्बर २७, २०१३-मा सङ्ग्रहित। 
  62. Nededog, Jethro (अक्टोबर १५, २०१४), "Mila Kunis Signs First-Look Production Deal With ABC Studios", The Wrap, अन्तिम पहुँच अक्टोबर १५, २०१४ 
  63. "Comedy 'Bad Moms', Sci-Fi Film 'The Space Between Us' Swap Release Dates", The Hollywood Reporter, मार्च १४, २०१६, अन्तिम पहुँच मार्च १४, २०१६ 
  64. "The Hills with James Franco and Mila Kunis", Funny or Die, नोभेम्बर २००७, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ८, २०१०  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १२, २०१२ मिति
  65. Newgen, Heather (अप्रिल ५, २०१०), "Exclusive: Date Night Director Shawn Levy", CraveOnline, मूलबाट अगस्ट २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ८, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ७, २०१० मिति
  66. Snead, Elizabeth, "Despite tragedy, Jennifer Hudson keeps smiling", Zap2it.com, अगस्ट १८, २०१२-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  67. "12 Things You Don't Know about Mila Kunis", Esquire, मूलबाट अगस्ट २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २०, २०१० 
  68. Milligan, Lauren (नोभेम्बर २५, २०१०), "American Women", Vogue, मूलबाट जुन १२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०१०  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २८, २०१० मिति
  69. "Butterfly Ball 2010", Chrysalisworked.org, जुन ५, २०१०, मूलबाट अगस्ट २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१२  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २०, २०१३ मिति
  70. "Mila Kunis", GQ, नोभेम्बर १६, २०११, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१२ 
  71. "The 100 Hottest Women of All-Time", Men's Health, २०११, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३, २०१२ 
  72. "The 2012 Hot 100 List", FHMonline.com, मूलबाट नोभेम्बर ५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१२ 
  73. "Mila Kunis — Elfin Hilarious", FHM, मूलबाट मे ३०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २८, २०१३ 
  74. "FHM 100 Sexiest Women In The World 2013: The full list", FHMonline.com, मूलबाट अक्टोबर २५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १८, २०१३ 
  75. "Mila Kunis Named "Sexiest Woman in the World" by FHM Magazine", eonline.com, मे १, २०१३, मूलबाट अक्टोबर २३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २८, २०१३ 
  76. "The 2009 Hot 100 List", Maxim, मूलबाट नोभेम्बर ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २७, २०१०  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २५, २०१० मिति
  77. "The 2012 Hot 100: The Definitive List of the World's Most Beautiful Women", Maxim, मूलबाट मे १६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २१, २०१२ 
  78. "2012 Hot 100", Maxim, मूलबाट सेप्टेम्बर २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २१, २०१२ 
  79. "Mila Kunis Is the Sexiest Woman Alive", Esquire, अक्टोबर ६, २०१२, मूलबाट मे २४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ७, २०१२ 
  80. "#2 Mila Kunis", AskMen, मूलबाट २०१३-१६-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०१२ 
  81. "Mila Kunis: Love is wonderful", Contactmusic.com, जुन १६, २०१३, मूलबाट अक्टोबर १७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १८, २०१३ 
  82. "Mila Kunis revealed as new face for Miss Dior handbags", Los Angeles Times, जनवरी ५, २०१२, मूलबाट जुलाई ६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ५, २०१२ 
  83. Socha, Miles (जनवरी ५, २०१२), "Christian Dior Signs Mila Kunis", Women's Wear Daily, मूलबाट जुन ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १०, २०१२ 
  84. "Mila Kunis revealed as Gemfields global ambassador", Professionaljeweller.com, फेब्रुअरी २०, २०१३, मूलबाट अप्रिल २४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २०, २०१३ 
  85. "Exclusive: Mila Kunis on Her New Jewelry Gig", elle.com, फेब्रुअरी २१, २०१३, मूलबाट अगस्ट २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ११, २०१३ 
  86. "Mila Kunis", Forbes, जुन २६, २०१३, मूलबाट डिसेम्बर २४, २०१३-मा सङ्ग्रहित। 
  87. "Jim Beam® Partners With Mila Kunis For Its First-Ever Global Marketing Campaign, Make History™", जनवरी २९, २०१४, मूलबाट फेब्रुअरी १, २०१४-मा सङ्ग्रहित। 
  88. Winter, Jana (सेप्टेम्बर १४, २०११), "FBI Investigating Alleged Nude Scarlett Johansson Photo Hack", Fox News, मूलबाट डिसेम्बर १२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११ 
  89. Derschowitz, Jessica (सेप्टेम्बर १४, २०११), "Scarlett Johansson taps FBI over allegedly hacked nude photos", CBS News, मूलबाट नोभेम्बर २, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११ 
  90. D'Zurilla, Christie (सेप्टेम्बर १४, २०११), "Scarlett Johansson enlists FBI over allegedly hacked naked photos", Los Angeles Times, मूलबाट मे ६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११ 
  91. Winton, Richard (जुन २६, २०१२), "Hacker should pay Johansson, other celebrities $150,000, feds urge", Los Angeles Times, मूलबाट अगस्ट ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १७, २०१२ 
  92. Perry, Tony (नोभेम्बर १९, २०११), "Mila Kunis attends Marine Corps birthday ball with sergeant", Los Angeles Times, मूलबाट मे ६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०११ 
  93. "Interview: Mila Kunis", Stylist, मूलबाट नोभेम्बर ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ११, २०१२ मिति
  94. name="esquire"
  95. "Mila Kunis reveals struggle with chronic eye illness", Celebrity Heathfitness.com, जनवरी १०, २०११, मूलबाट डिसेम्बर १९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १०, २०११  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १३, २०११ मिति
  96. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named FHM-1
  97. "Mila Kunis Has Heterochromia: Two Eye Colors", International Business Times, जुलाई १३, २०११, मूलबाट जुलाई १५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ८, २०१२ 
  98. ९८.० ९८.१ Derschowitz, Jessica (जनवरी ३, २०११), "Mila Kunis and Macaulay Culkin Split", CBS News, मूलबाट नोभेम्बर ४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३, २०११ 
  99. Friedman, Roger (अगस्ट २०, २००२), "Macaulay Culkin's Happy 'Ending'", Fox News, मूलबाट फेब्रुअरी २६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २१, २०१० 
  100. "The Nerds are Winning", Parade, नोभेम्बर ९, २००७, मूलबाट नोभेम्बर ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १५, २०१२ 
  101. Barna, Ben (डिसेम्बर १, २००९), "Mila Kunis: On the Brink of Movie Stardom page 3", BlackBook, मूलबाट अगस्ट १८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ७, २०१२ मिति
  102. "Mila Kunis Covers Ocean Drive", Back Seat Cuddler, अक्टोबर २००८, मूलबाट अगस्ट २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०१०  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१० मिति
  103. Goodykoontz, Bill (जनवरी १३, २०१०), "Q & A with Mila Kunis", The Arizona Republic, अन्तिम पहुँच फेब्रुअरी २३, २०१० 
  104. "Ashton Kutcher & Mila Kunis Dating: "I'm Happy for Them," Says That '70s Show Costar", E! Online, नोभेम्बर २, २०१२, अन्तिम पहुँच मार्च ३०, २०१३ 
  105. Rapkin, Mickey (मार्च २०, २०१३), "Nobody's Fool", Elle Magazine, मूलबाट डिसेम्बर २८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३०, २०१३ 
  106. Oldenburg, Ann (मार्च २४, २०१४), "Mila Kunis and Ashton Kutcher are expecting!", USA Today, अन्तिम पहुँच मार्च २४, २०१४ 
  107. "Mila Kunis Opens Up About Pregnancy and Engagement to Ashton Kutcher, Planning a Natural Birth", E!, मे ९, २०१४, अन्तिम पहुँच मे ९, २०१४ 
  108. Vultaggio, Maria (अक्टोबर २, २०१४), "Mila Kunis Baby Pictures: Ashton Kutcher Reveals Name And 'Photos'", International Business Times, अन्तिम पहुँच अक्टोबर ३, २०१४ 
  109. Mizoguchi, Karen; Green, Mary; Leonard, Lizz (जुन १५, २०१६), "Ashton Kutcher and Mila Kunis Expecting Second Child", People, जुन १६, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन १६, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  110. "Teen Choice Awards Spread the Love", zap2it.com, जुन १५, २००६, मूलबाट मे २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २४, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मे २२, २०१३ मिति
  111. Turner, Sadao (जुन ३०, २०११), "'Twilight,' 'Harry Potter', & Ryan Seacrest Score Teen Choice Awards Nominations", RyanSeacrest.com, मूलबाट मे २५, २०१४-मा सङ्ग्रहित। 
  112. Ng, Philiana (जुलाई १९, २०११), "Teen Choice Awards 2011: 'Pretty Little Liars,' Rebecca Black Added to List of Nominees", The Hollywood Reporter, मूलबाट मे २, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २३, २०११ 
  113. "Best Supporting Actress", Scream Awards, मूलबाट जनवरी १६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०११ 
  114. "People's Choice Awards", Peopleschoice.com, मूलबाट नोभेम्बर १५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  115. "Rembrandt Awards", IMdb.com, अन्तिम पहुँच अगस्ट १८, २०१२ 
  116. ११६.० ११६.१ "The Nominations Are in for the 2013 People's Choice Awards वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०६ मिति, reelz.com November 16, 2012
  117. "Critics Choice Movie Awards Nominees", Broadcast Film Critics Association, मूलबाट डिसेम्बर १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ११, २०१२  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ८, २०१६ मिति
  118. "2013 Teen Choice Award Nominations: Twilight and Vampire Diaries Are Tops, Taylor Swift and Harry Styles Square Off", eonline, मूलबाट मे २५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २२, २०१३ 
  119. "2014 MTV Movie Awards", mtv, मूलबाट अप्रिल २१, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ६, २०१४ 

बाह्य कडीहरू