पानामा नहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पानामा नहर
{{{alt}}}
A schematic of the Panama Canal, illustrating the sequence of locks and passages
वास्तविक धनी La Société internationale du Canal
प्रमुख इन्जीनियर John Findlay Wallace, John Frank Stevens (1906–1908), George Washington Goethals
पहिलो मिति १५ अगस्ट १९१४
ताल्चा 3 locks up, 3 down per transit; all two lanes


(2 lanes of locks; locks built in three sites)

अवस्था Open, extension in process
नेविगेशन अधिकार Panama Canal Authority
नक्शामा प्रशान्त महासागर (तल) र क्यारेबियन सागर (माथी)को बीचमा अवस्थित पानामा नहर

पानामा नहर (स्पेनी: Canal de Panamá) एट्लान्टिक महासागरलाई (क्यारेबियन सागर हुंदै) प्रशान्त महासागरसँग जोड्ने ४८ माइल (७७.१ किमी) लामो मानव निर्मित जहाजी नहर हो ।

अमेरिकाको पूर्वी र पश्चिमी तटको बीचको दूरी यस नहरबाट जाँदा करिब ८००० मिल (१२,८७५ कि.मी .) कम हुन गयो । पनामा नहर पार गर्न जहाजलाई ८ घण्टाको समय लाग्छ।

यस नहरको निर्माण १४ अगस्ट १९१४ मा पुरा भएको थियो र १५ अगस्ट १९१४ मा जहाजको आवागमनको लागि खोलियो । १४ अगस्अट २०१४ मा पानामा नहरको निर्माणको १०० औं वार्षिकोत्सव मनाइएको थियो ।[१] जब यो नहरको निर्माण भयो लगभग प्रति बर्ष १००० जलपोत पार हुन्छन् र १०० बर्ष पछि पनि प्रति दिन लगभग ४२ जहार पार हुन्छन् ।

यो नहरलाई यसको इन्जिनियरिङ को एक ठूलो उपलब्धि र विलक्षण उदाहरण मानिन्छ। यो नहर एक ताजा पानीको गटुन ताल हुँदै पार हुन्छ । यस तालको जलस्तर समुद्र सतह बाट २६ मिटर माथि छ, यसमा जहाज प्रवेश गर्नको लागि तीन लक(Lock) को निर्माण गरिएको छ जसमा जलपोतको प्रवेश गराएर र पानी भएर जहाजलाई माथि उठाइन्छ, ताकि जहाज ताल हुँदै पार हुन सकोस। यी लकको चौडाई ३५ मिटर छ र यो समकालीन ठूला जलपोतको लागि पर्याप्त छैन है अतः यसको विस्तारको प्रोजेक्ट चलिरहेको छ ।

पनामा नहरलाई अमेरिकन सोसायटी अफ सिभील इंजीनियर्स ले आधुनिक इन्जिनियरिङको सात आश्चर्यमा स्थान दिएको थियो ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

प्रारम्भिक प्रयास[सम्पादन गर्नुहोस्]

पनामा नहरको निर्माणको सबै भन्दा पहिलो योजना स्पेनका राजा राजा र पवित्र रोमन साम्राज्यका सम्राट चार्ल्स पाँचौ ले सन् १५३४ पास गरे र यसको हेतु सर्वेक्षण गर्नको लागि निर्देश जारी गरे ताकि स्पेनी व्यापारि र सेनालाई पोर्चुगिजहरूको भन्दा राम्रो जलमार्ग मिलोस् र यसको लाभ उठाउन सकियोस्।[३][४] स्त्रतेजिक र व्यापारिक हितको महत्व र खोजिएका दुवै महाद्वीप को मध्य स्थित पनामा जलसन्धि को कम चौडाईको बाबजुद यहाँ व्यापारिक मार्ग बनाउने पहिलो प्रयास १६५८ मा स्कटल्यान्ड राज्य द्वारा भयो जुन एक स्थल मार्ग थियो र खराब पर्यावरणीय परिस्थिति र उच्चावच को विषम अवस्थाको कारण यो योजना १७०० मा रद्द गरियो।[५]

१८५५ मा विलियम कनिश नामक इंजीनियरले संयुक्त राज्य अमेरिकाको सरकारको लागि ज्काम गर्दा यास इलाकाको सर्वेक्षण गरे र रिपोर्ट प्रस्तुत गरे [६] पुनः १८७७ मा अरमांड रेक्लस (Armand Reclus) नामक फ्रेन्च सैन्य अधिकारी (इंजीनियर) र लूसियान नेपोलियन नामक इंजीनियरले मिलेर नहर निर्माण मार्गको सर्वेक्षण गरे [७] यसको पछाडी फ्रेन्चद्वारा निर्माण गरिएको स्वेज नहर निर्माणको उपलब्धिको उत्साह थियो।

फ्रेन्च प्रयास[सम्पादन गर्नुहोस्]

फर्डिनेंड डी लेसप
बास अबिसोमा उत्खनन का कार्य, १८८६

फ्रान्सद्वारा द्वारा यहाँ नहर बनाउने कार्य १ जनवरी १८८१ मा फर्डिनेंड डी लेसपको नेतृत्वमा शुरू भयो जो स्वेज नहर का निर्माणकर्ता थिए ।

भूगर्भिक र जलवैज्ञानिक अध्ययनको बिना आरम्भ गरिएको यास कार्यमा अन्य कयौं बाधाहरू थिए, जसमा यहाँ की असह्य जलवायवीय परिस्थिति र लामखुट्टे को प्रकोप को कारण महामारी तथा अन्य दुर्घटनामा करिब २२,००० जनाको ज्यान गयो।

अंततः १८८९ मा यो निर्माता कंपनी टाट पल्टियो र फर्डिनेंड डी लेसपका छोरा चार्ल्स डी लेसपलाई वित्तीय अनियमितताको आरोपमा (जिसलाई पनामा स्क्यान्डल भानिन्छ) पाँच वर्षको कैद सजाय भयो। कंपनी दामासाहीमा परेपछी काम रोकियो। १८९४ मा दोस्रो एक कम्पनी कुम्पनी नौवेल्ले दू क्यानल डे पनामा (Compagnie Nouvelle du Canal de Panama) बन्यो तर यसको प्रयास पनि सफल हुन सकेन ।

अमेरिकी निर्माण[सम्पादन गर्नुहोस्]

पछी अमेरिकी सरकारले कोलंबिया सरकारको साथ सन्धि गरेर यस क्षेत्रको अधिग्रहण (तब यह कोलंबिया देश के अंतर्गत था) गर्यो र १९०४ मा अमेरिकी इन्जिनियरले काम सुरु गरे जसमा यस नहरलाई तीन लक् को साथ साथ बनाउने कामको शुरूआत भयो ।

अमेरिकिहरू को धेरै आध्ययन र लागानी पछी १९१४ मा यसको निर्माण पुरा भयो । एक नजरबात हेर्दा वास्को डी बिल्बोया द्वारा पनामा जाला डमरु पार गर्न सुरु गरेको लगभग 400 वर्षको उपरान्त यस नहरको निर्माण भयो । यस प्रोजेक्टमा अमेरिकी सरकार ले लगभग $३७५ मिलियन (वर्तमान सम्तुल्य्क $8,600,000,000) खर्च गर्यो [८]

सारा परिवर्तन, विवाद र अंतर्राष्ट्रीय व्यापारमा यसको निष्पक्ष स्थिति कायम गरिराख्ने उद्देश्यले लगभग ८० किलोमीटर लामो यस नहरको प्रशासन ३१ डिसेम्बर १९९९ मा पनामा लाई सुम्पिइयो।

संचालन[सम्पादन गर्नुहोस्]

संचालनको मामिलामा यो नहर अद्वितीय छ किनकी यो नहर दुनिया एक मात्र यस्तो जलमार्ग हो जहां कुनै पनि जहाजको क्याप्टेन आफ्नो जहाजको पुरै नियन्त्रण पानामाको स्थानीय विशेषज्ञ क्याप्टेनलाई हस्तानतरण गर्छ ।[१] प्रसान्त र आन्ध्र महासागरको बेच्छ बनेको यो नहर पार गर्नको लागि हजारों टन भारी जहाजलाई लक् प्रणालीमा पानी भरेर ८५ फुट माथि उठाइन्छ ।

पुरै लक प्रणालीलाई पार गर्नको लागि पहिले जहाजलाई सबै भन्दा तलको लकमा ल्याइन्छ। त्यसपछि लकलाई बन्द गरेर पानी भरिन्छ। यस प्रकार पानीबाट जहाज माथि उठ्छ। त्यसपछि भारी र निकै शक्तिशाली लोकोमोटिभ इंजन जहाजलाई पार्श्वोंबाट टक्कर हुन बाट बचाउन तानेर दोस्नेरो लकमा लैजान्छ । फेरी दोस्रो लकमा पनि यही काम दोहोरिन्छ, पानी भरिन्छ, जहाजलाई तानिन्छ र अगाडी बढ्गेछ। तीन लकद्वारा माथि उठेपछी जहाज ताजा पानीको कृत्रिम ताल, गटुन ताल, हुदै पार हुन्छ । दोस्रो छेउमा पुगेपछि फेरी यसै प्रक्रिया ८५ फीट तल गएर महासागरमा उतारिन्छ ।

यहाँ यातायात प्रबंधनको लागि पूर्णतया कम्प्यूटरीकृत सिस्टम लगाइएको हुन्छ जसबाट यस नहरबात पार हुने जलपोतको संचालन सुविधाजनक ढंगबात गर्न सकिन्छ ।[९]

प्रतिस्पर्धा[सम्पादन गर्नुहोस्]

निकारागुआ नहर के प्रस्तावित मार्ग (लाल रंग)(2013); पनामा नहर (नीले रंग से)

चीनको सहायताबात निकारागुआ मा पनि नहर बनाउने योजना हुँदै छ ।[१०] यद्यपि यो नहर बनाउने प्रोजेक्टको पर्यावरणविद समुदायबाट निकै बिरोध भैरहेको छ र यो पनि अनुमान गरिएको छ कि यसमा खर्च निकै धेरै र आम्दानी कम हुन्छ ।[११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "पनामा नहर के 100 साल", डॉयचे वेले, मूलबाट २६ अगस्त २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५-अगस्त-२०१४ 
  2. "Seven Wonders", American Society of Civil Engineers, मूलबाट २०१०-०८-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०१ मिति
  3. "History of the Panama Canal: French and American Construction Efforts" [पनामा नहर का इतिहास: फ्रेंच और अमेरिकी निर्माण के प्रयास] (अङ्ग्रेजीमा), पनामा नहर प्राधिकरण, मूलबाट १५ दिसंबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१५ मिति
  4. "Some Early Canal Plans" [कुछ शुरुआती नहर योजनाएं] (अङ्ग्रेजीमा), मूलबाट २ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०२ मिति
  5. "Darien Expedition" [डेरियन अभियान] (अङ्ग्रेजीमा), मूलबाट १९ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४ 
  6. "Manx Worthies" [मैंक्स वर्थीस] (अङ्ग्रेजीमा), मूलबाट २८ जून २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४ 
  7. जेरार्ड फ़ॉकनर (२००४), Panama: Armand Reclus et le canal des deux océans [पनामा: अरमांड रेक्लस और दो ​​महासागरों का चैनल] (फ्रान्सेलीमा), वर्जिनिया विश्वविद्यालय, मूलबाट १७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४ 
  8. "Read our history: American Canal Construction" [हमारे इतिहास पढ़ें: अमेरिकी नहर निर्माण] (अङ्ग्रेजीमा), पनामा नहर प्राधिकरण, मूलबाट १५ दिसंबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१५ मिति
  9. "Enhanced Vessel Traffic Management System" [संवर्धित पोत यातायात प्रबंधन प्रणाली] (अङ्ग्रेजीमा), पनामा नहर प्राधिकरण, मूलबाट २६ अगस्त २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २६-अगस्त-२०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२६ मिति
  10. "Hiina firma tahab ehitada uue Ameerika kanali" [एक चीनी कंपनी अमेरिका में एक नई नहर का निर्माण करना चाहती हैं] (एस्टोनियाईमा), मूलबाट २२ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्त २०१४ 
  11. "क्या दूसरी पनामा नहर की ज़रूरत है?", रेडियो रूस, मूलबाट २६ अगस्त २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५-अगस्त-२०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२६ मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

Map all coordinates using: OpenStreetMap 
Download coordinates as: KML
GPX (primary)
GPX (secondary)
GPX (all)

निर्देशाङ्कहरू: ९°०४′४८″उ॰ ७९°४०′४८″प॰ / ९.०८०००°N ७९.६८०००°W / 9.08000; -79.68000