बिजुली गारत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिजुली गारत राणा कालका बेला रहेको सेनाको समूह हो । यो समूहले श्री ३ एवम् प्रधानमन्त्रीको निवासको सुरक्षा गर्थ्यो ।

सङ्गठन[सम्पादन गर्नुहोस्]

बिजुली गारतको गठन रणोद्दीप सिंहले गरेका थिए। भतिजाहरू(दाजु जंगबहादुर र भाइ धीरशमशेरका छोरा) बीच चर्किएको शक्तिसङ्घर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाम दिई यो विशेष फौज निर्माण गरेका थिए। इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार विशेष प्रकारका हातहतियारका अलावा यो फौजले गल र साबेलजस्ता साधन पनि बोक्ने गथ्र्यो ताकि आवश्यकता परे कसैको घर वा पर्खाल भत्काउनै किन नपरोस्। राजा महेन्द्रले ०२५ सालतिर यसलाई सैनिक प्रहरी नाम दिएर संगठित गरेका थिए। [१]

गणतन्त्र पछि[सम्पादन गर्नुहोस्]

गणतन्त्र स्थापनापछि चाहिँ यसलाई विशेष सुरक्षा बलका रूपमा निरन्तरता दिइएको छ। दौरा-सुरुवालमा ठाँटिएको देखिए पनि सुरक्षामा खटिने यो फोर्सका सैनिकहरू विशेष तालिमप्राप्त हुन्छन्, र साथै चनाखो पनि। राष्ट्राध्यक्ष कुनै ठाउँमा पुग्नुभन्दा पहिल्यै यसका सैनिक सादा पोसाकमा घटनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरसिकेका हुन्छन्। उनीहरूले दिने सूचनाकै आधारमा राष्ट्रपति-उपराष्ट्रपति त्यहाँ जाने-नजाने कुराको अन्तिम टुंगो लाग्छ। अन्य सैनिक एकाइहरू पृतना, बाहिनी, गण वा गुल्मको मातहतमा हुन्छन्। तर, राष्ट्राध्यक्षको सुरक्षाको जिम्मेवारी पाएकाले यसलाई सीधै जंगी अड्डाप्रधानसेनापतिको मातहत राखिएको छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "रणोद्दीपको चिनो: बिजुली गारत", अन्तिम पहुँच वैशाख २३, २०७१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२९ मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]