राजेश गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजेश गौतम (२००७-) नेपालका एक इतिहासकार हुन्।[१] राजेशको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका रूपमा वि.सं. २००७ साल असार (सन् १९५० जुन १) ठमेलमा भएको हो। उनले एमए, पिएचडी गरेका छन्। उनी इतिहास विषयका प्राध्यापक हुन्।

उनले वि.सं. २०४६ मा नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका नामक पुस्तकको लागि मदन पुरस्कार प्राप्त गरे।[२][३]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

गौतमका प्रकाशित कृतिमध्ये मुख्य यी हुन्:

  • नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका[४]
  • नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस
  • इतिहासलेखनको इतिहास
  • राणाकालीन नेपालको एक झलक[५]

पुरस्कार[सम्पादन गर्नुहोस्]

गौतमले पाएका मुख्य पुरस्कारहरू:

  • उत्कृष्ट युवा पुरस्कार, वि.सं. २०४४
  • मदन पुरस्कार, वि.सं. २०४६[६]
  • राष्ट्रिय शिक्षा पुरस्कार
  • महेन्द्र विद्याभूषण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राजेश गौतम – मदन पुरस्कार गुठी", मदन पुरस्कार (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०२ 
  2. "मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४७) – मदन पुरस्कार गुठी", मदन पुरस्कार (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०२ 
  3. "राजेश गौतम", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०२ 
  4. गौतम, राजेश (१९८९), "नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषदको भूमिका" (नेपालीमा), राजेश गौतम, अन्तिम पहुँच २०२०-०९-०२ 
  5. गौतम, राजेश (१९९३), "राणाकालीन नेपालको एक झलक: प्रशासनिक, शैक्षिक र सामाजिक अवस्था" (नेपालीमा), रत्न पुस्तक भण्डार, अन्तिम पहुँच २०२०-०९-०२ 
  6. "कसले हत्याउला यस वर्षको मदन पुरस्कार ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]