उमा (चलचित्र)
स्वरूप
उमा | |
---|---|
निर्देशक | छिरिङरितार शेर्पा |
निर्माता | मिला प्रोडक्सन |
सङ्गीत | जयदेव |
प्रदर्शन मिति | वि.सं. २०७० साल जेठ १० |
देश | नेपाल |
भाषा | नेपाली |
उमा वि.सं. २०६९ सालमा बनेको नेपाली चलचित्र हो । मिला प्रोडक्सनद्वारा निर्मित यो चलचित्रमा माओवादी द्वन्द्वकालको कथा छ ।
कथा
[सम्पादन गर्नुहोस्]माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित चलचित्र सत्य घटनाबाट प्रेरित तथा वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजु-बहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ ।
कलाकार
[सम्पादन गर्नुहोस्]चलचित्रमा तुलसी घिमिरे, मिथिला शर्मा, अशोक शर्मालगायतको अभिनय छ । चलचित्रको पटकथा छिरिङ छोदन र कुमार भट्टराईले तयार गरेका हुन् । छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् ।
छायाङ्कन
[सम्पादन गर्नुहोस्]यो चलचित्र काभ्रेपलाञ्चोक जिल्लामा ३५ दिनसम्म छायाङ्कन गरिएको हो ।
प्रदर्शन
[सम्पादन गर्नुहोस्]यो चलचित्र वि.सं. २०७० साल जेठ १० गते देशभर प्रदर्शनमा ल्याउने भएको थियो ।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]