विश्वले चिन्नेछ नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वले चिन्नेछ नेपाल हालसम्म विश्वभरमै सबैभन्दा लामो समय चलाईएको टेलिभिजन वार्ता हो । सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीर्तिमान बनाएका छन् । न्युज 24 टेलिभिजन मार्फत निरन्तर ६२ घण्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका छन् । युक्रेनका दुई प्रस्तोताले सन् २०११मा युक्रेनको च्यानल फाइव टिभीमा बनाएको ५२ घण्टाको रेकर्ड लामिछानेले तोडेका हुन् । विसं २०६९ चैत्र २९ गते बिहान १० बजेर ३४ मिनेटदेखि ‘विश्वले चिन्नेछ नेपाल’ नाम दिएर अन्तर्वार्ता कार्यक्रम थालेका लामिछानेले २०६९ चैत्र ३१ गते राति १० बजेर ३४ मिनेटमा ६० घण्टाको लक्ष्य पुरा गरेका हुन् । प्रति घण्टा आरामका लागि प्राप्त गरेको पाँच मिनेट समय समेत जोडेर उनले कूल ६२ घण्टा १२ मिनेटको रेकर्ड बनाएका हुन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरू भएको कार्यक्रम चर्चित अभिनेताहरू मदनकृष्ण श्रेष्ठहरिवंश आचार्यको अन्तर्वार्ताबाट समापन भएको थियो । कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता ३६ वर्षीय लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टमा व्यवस्थापक छन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]