तीर्थबहादुर गन्धर्व
स्वरूप
तीर्थबहादुर गन्धर्व (वि.सं. २०१० - वि.सं. २०७०) वरिष्ठ लोकगायक हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म वि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो। बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्थे।
गायन
[सम्पादन गर्नुहोस्]उनले झण्डै डेढसय गीत गाएका छन्। उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए। रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गरे। उनका चर्चित गीतहरूः
- बल्ल पर्यो निरमाया माकुरी जालैमा...
- वनको भलाए
- आइएम सरी
निधन
[सम्पादन गर्नुहोस्]उनको निधन वि.सं. २०७० भदौ २८मा सैनिक अस्पताल छाउनीमा भयो। उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए।