सामग्रीमा जानुहोस्

तीर्थबहादुर गन्धर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तीर्थबहादुर गन्धर्व (वि.सं. २०१० - वि.सं. २०७०) वरिष्ठ लोकगायक हुन्।

जीवनी

[सम्पादन]

उनको जन्म वि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो। बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्थे।

गायन

[सम्पादन]

उनले झण्डै डेढसय गीत गाएका छन्। उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए। रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गरे। उनका चर्चित गीतहरूः

  • बल्ल पर्‍यो निरमाया माकुरी जालैमा...
  • वनको भलाए
  • आइएम सरी

निधन

[सम्पादन]

उनको निधन वि.सं. २०७० भदौ २८मा सैनिक अस्पताल छाउनीमा भयो। उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए।

बाहिरी लिङ्कहरू

[सम्पादन]