उदयसम्शेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयशमशेर राणा
उदयशमशेर राणा
अर्थराज्यमन्त्री[२]
कार्यकाल
२०१७[१]–२०१८ [१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
अध्यक्ष, नेपाल तरुण दल (नेपाली कांग्रेसको भातृ संस्था ) [३]
कार्यकाल
२०१२[३]–२०१७[३]
व्यक्तिगत विवरण
जन्म (1970-02-27) २७ फेब्रुअरी १९७० (उमेर ५४)
ललितपुर , नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
परिचियुवा नेता नेपाली कांग्रेस
वेबसाइटhttp://udayarana.com

उदय शमशेर राणा (जन्म १९७०) ' [४] नेपालको संविधानसभा सदस्य र नेपाल तरुण दल को अध्यक्ष हुन्।[५] उनी अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको उपाध्यक्ष पनि हुन्।[५] उनी प्रधानसेनापति बबर शमशेरका पनाति हुन्।

राणा संविधानसभा-२ मा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार रूपमा ललितपुर जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।[५]

उदय शम्शेर राणा १९८९ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा होमिएका थिए। [६] सागर सम्शेर राणा र बृन्दा राणाका छोरा उदय राणा Cornell University, Ithaca, New York (USA) बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर हासिल गरेका छन्। [७]

पारिवारिक जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

बागतमी प्रदेशको ललितपुरमा बुबा सागर शमशेर जबरा र आमा बृन्दा राणाको कोखबाट जन्मिएका राणाको[५]प्रारम्भिक शिक्षा नेपालमै भएपनि त्यसपछि उनले उच्च शिक्षा भारत र अमेरिकाबाट हासिल गरेका हुन् ।[८][५] प्राथमिक शिक्षा St. Xavier's School ललितपुरबाट प्राप्त गरेका राणाले[५] माध्यमिक शिक्षा दार्जिलिङस्थित St Joseph's College (North Point) बाट हासिल गरेका हुन् भने Lawrence School, Sanawar,, भारतबाट उच्च शिक्षा पूरा गरेका हुन् ।[५] उनले St Stephen's College, University of Delhi बाट स्नातक (Bachelors in Arts) गरे भने Cornell University, Ithaca, New York (USA) बाट स्नात्तकोत्तर तह पूरा गरेका हुन् । [९][५] उनले विभिन्न अनुसन्धान गरी “Foreign Policy of Nepal: Emphasis on relations with India and China” विषयमा सोध प्रबन्ध प्रकाशित गरेका छन् ।[१०]

राजनैतिक जीवन यात्रा[सम्पादन गर्नुहोस्]

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका राणाको राजनीतिक यात्रा भारतबाट सुरु भएको हो । [५]अध्ययनका क्रममा भारतमा रहेका बेला उनले नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भारतमा रहेका नेपाली विद्यार्थीहरुको नेतृत्व गरेका थिए । नेपाल विद्यार्थी संघ, दिल्लीको अध्यक्ष बन्दै उनले राजनीतिमा आफूलाई सक्रिय बनाएका हुन् । [११][५]उनले दिल्लीमा रहेर विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा ऐक्यवद्धता जनाएका थिए ।[५] नेपाल फर्केपछि उनले आफूलाई राजनीतिमा थप सक्रिय बनाए । [११][५] सन् १९९८ सम्म नेपाल तरुण दल ललितपुरको जिल्ला अध्यक्ष भएर समेत उनले काम गरे । त्यसपछि तरुण दलको विभिन्न जिम्मेवारीमा रहँदै सन् २०१२ देखि २०१७ सम्म तरुण दलको केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरे । [१२][५]. सन् २००८ मा सम्पन्न पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका राणा झिनो मतले पराजित भए । तरुण दलको अध्यक्ष रहेकै बखत दोस्रो संविधान सभा निर्वाचनमा भने उनी विपक्षीलाई झण्डै आठ हजार मत अन्तरले हराउँदै विजयी भएका थिए ।[५] उनले अर्थ राज्यमन्त्रीका रुपमा काम गरिसकेका छन् । [१२] उनले संविधान सभा सदस्यका रुपमा संविधान निर्माण कार्यसँगै संसदमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।[५] संसदको अर्थ समिति सदस्य रहेका राणाले विभिन्न तीन उपसमितिमा रहेर काम गरे, जुन उपसमितिले तल उल्लेखित विधेयकहरुलाई अन्तिम रुप दिएको थियो :[१३][५]

  • बैंकिङ र वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) सन् २०१५
  • सहकारी ऐन २०१७
  • PMO लाई खरिद ऐनका लागि संशोधनको सिफारिस

प्रकाशन[सम्पादन गर्नुहोस्]

नेपालका मूलधारका पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यममा नेपाली र अंग्रेजी भाषामा राजनीति, कुटनीति, अर्थतन्त्रलगायगत समसामयीक विषयमा दर्जनौंका संख्यामा लेखहरु प्रकाशित भएका छन् । [१४] [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Nepal PM Sher Bahadur Deuba inducts 15 state ministers; Cabinet 3rd largest ever", firstpost, अगस्ट २२, २०१७। 
  2. "Udaya Shumsher Rana" 
  3. ३.० ३.१ ३.२ "Tarun Dal convention in September" 
  4. उदय शमशेर राणा वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१२ मिति Ujjyalo
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ ५.१२ ५.१३ ५.१४ ५.१५ ५.१६ "उदय शमशेर राणा", mediasanchar। 
  6. Udaya Rana all set in Lalitpur-1 to rise to the challenge वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१४ मिति The Himalayan Times
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named tht१
  8. "Leading the young", nepalitimes, Nov १३, २०१८। 
  9. "Leading the young", nepalitimes, Nov १३, २०१८। 
  10. "Udaya Rana writing about current context", https://thehimalayantimes, Nov १३, २०१८। 
  11. ११.० ११.१ "Leading the young", nepalitimes। 
  12. १२.० १२.१ "Udaya Rana,Leading the young", nepalitimes, २१-२७ फेब्रुअरी २०१४। 
  13. "Udaya Rana as state finance minsiter" 
  14. "Udaya Rana Article", kathmandupost, जुन २२, २०१८। 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]