प्रतिभा सामुदायिक पुस्तकालय
स्वरूप
प्रतिभा सामुदायिक पुस्तकालय कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड नं १ अत्तरियामा अवस्थित सामुदायिक पुस्तकालय हो । यो पुस्तकालयले आफ्ना सबै सेवाहरू नि:शुल्क प्रदान गर्दछ ।
स्थापना एवं दर्ता
[सम्पादन गर्नुहोस्]यो पुस्तकालय २०५७ साल असोज ३० गते जिल्ला प्रशासन कार्यालय कैलाली (धनगढी) मा दर्ता गरीएको हो । त्यहाँको द.नं ४९९/०५७ हो । त्यसपछि २०७१ साल माघ २१ गते समाजकल्याण परिषद् काठमाण्डौ नेपालमा पनि दर्ता गरीएको छ । त्यहाँको स.क.प.आबद्घता नं ४०९१६ हो ।
पुस्तकालयका उदेश्यहरू
[सम्पादन गर्नुहोस्]- पुस्तकालयमा आउने सबै पाठकहरु र संस्थाका आजीवन सदस्यहरू लाइ राजनीति, साहित्य, सङ्गीत, कला, धर्म, संस्कृति, कोर्श, लोकसेवा,कृषि ज्ञान, विज्ञान, दर्शनका तथा विविध फाँटका अन्य पुस्तकहरु नि:शुल्क पढ्न उपलब्ध गराउने ।
- सवै तह र तप्काका पाठकहरूलाई निःशुल्करूपमा नयाँ तथा तथा छह महिना सम्मका पुराना राष्ट्रिय तथा स्थानीय पत्र–पत्रिकाहरू निःशुल्क पढ्न उपलब्ध गराउने |
- यसक्षेत्रको लोप हुन लागेको विभिन्न भाषा–भाषिका, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने ।
- बरिष्ठ साहित्यकार,कवि र लेखकहरुका जन्म जयन्ती मनाउने |
- समय–समयमा कवीता, गीत ,गजल ,निवन्ध,कथा, ड्यौडा, चैत, धमारी, बाँचन कार्यक्रम तथा प्रतियोगीता समेत गराउदै नेपाली र डोटेली साहित्यको विकास र संवर्धनमा टेवा पुर्याउने |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]- प्रतिभा सामुदायिक पुस्तकालय को फेसबुक पेज
- नागरिक न्यूज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२२ मिति
- नागरिक न्यूज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२२ मिति
- नागरिक न्यूज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२२ मिति