पिपल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिपल
Ficus religiosa
पिपलको पात र काण्ड
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. religiosa
वैज्ञानिक नाम
Ficus religiosa
L.

पिपल (वैज्ञानिक नाम: Ficus religiosa) नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने एक प्रकारको पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा पीपललाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्। पिपल नेपालको राप्ती अत्ञ्चल अन्तरगत पर्ने रूकुम जिल्लाको एउटा गाविसको नाम पनि पिपल हो ।

विवरण[सम्पादन गर्नुहोस्]

पिपल एक पतझड,तथा अर्ध सदावहार ठुलो प्रजातिमा पर्ने रुख हो । जसको उचाई ३० मिटर सम्म र काण्डको व्यास ३ मिटरसम्म पाईएको छ । पिपलको रुखको आयु लामो हुन्छ ।औषतमा यसको आयु ९०० बर्षदेखि १५०० बर्षसम हुन्छ ,भने कतिपय स्थानमा पाईएका पिपलका रुखहरु ३००० बर्ष पुराना पनि छन ।

वितरण[सम्पादन गर्नुहोस्]

पिपलको रुख समुन्द्र सतहबाट १० मिटरबाट १५२० मिटरको उचाइसम्म राम्ररी फस्टाएको पाईन्छ । यसको रुख ३० डिग्री उत्तरी अक्षांशबाट ५ डिग्री दक्षिणी अक्षांससम्म पाईन्छ ।यो रुख उच्च तापक्रम खप्न सक्ने रुखको रुपमा पनि चिनिन्छ ।

धार्मिक महत्व[सम्पादन गर्नुहोस्]

पिपलको रुखलाई हिन्दु, जैन,बौद्ध धर्मावलम्बीहरुले पवित्र रुखको रुपमा मान्ने गर्छन ।

भागवद गीतमा भगवान श्रीकृष्ण भन्नुहुन्छ ''रुखहरुमा म पिपल हुँ ।ऋषीहरुमा नारद हुँ ।गन्धर्वहरुमा चित्ररथ र शिध्दपुरुषहरुमा कपिल हुँ ।

औषधिय महत्व[सम्पादन गर्नुहोस्]

आयुर्वेदमा यसलाई अश्वत्थ पनि भनिन्छ । श्वाश रोग,दम ,क्षय र कुष्ठ यसले निको गराउँछ । पिपलको बोक्रा सेवन गर्नाले स्तम्भक,रक्तसङ्ग्राहक र पौष्टिक हुन्छ । पिपलको फलले पाचनशक्ती बढाउँछ । यसको फलको सेवनले स्त्रीमा बाँझोपनको समस्या हट्छ । बर र पिपलको बोक्रा बराबरी पारेर पिसेर सख्खर वा मिश्रीसँग मिसाइ खाँदा तागत दिन्छ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]