परिमल स्नेही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिमल स्नेही परिमल स्नेही बझाङ चैनपुरमा जन्मिएका हुन्। देउडा गीत रेकर्डिङ गर्ने क्रममा मध्य र सुदूरपश्चिमका पहिलो गायकका रूपमा देखापरेका छन परिमल स्नेही।

जीवनी[सम्पादन गर्नुहोस्]

वि.सं. २०१६ सालमा एसएलसी पास गरेका स्नेहिको वि.सं. २०१५ सालमा जनकवी धर्मराज थापासँग चैनपुरमा भेट भएपछी उनीबाट प्रेरित भइ वि.सं. २०१७ सालमा रेडियो नेपालको लोकलहरी कार्यक्रममा तेरा घर पुगे पहाणी बाबु बोलको भदौरे गीत गएका हुन्। रेडियो नेपालबाट ६८ वटा गीतहरु र चारतारे क्लब,राष्ट्रिय नाचघर,म्युजिक नेपाल, रत्न रेकर्डिङ्ग आदिबाट ६२ गरी जम्मा १३० वटा गीतहरु रेकर्डिङ भएका छन्।

सांगीतिक यात्रा[सम्पादन गर्नुहोस्]

परिमल स्नेही केहि चर्चित गीतहरूको बोल यस प्रकार छ।
  • भुइचम्पा चम्पाका बरौने आया भुइचम्पा
  • चरी मर्यो भृकुटी बर्माले
  • जोगी आयो शहरमा
  • सरसरुवा हो हो सरसरुवा किरमडिक रस याउलि
  • तरवाली ढाल रमझमाउने बेला आइछ बलिभाती
  • नाची देउन छलिया बोल मालु दिल
  • ए हजुर लाख लाख बिन्ति छ
  • छोरेट्टा छोरेट्टीका लेक भैसा घर पैसा
  • खेली खेली झल्का रेली

पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

बि. सं. २०६८ मा संस्कृति, ललितकला, भाषा(साहित्य र नाट्य(संगीत गरी चार विधामा योगदान पुर्‍याएबापत, १९८ औँ भानुजयन्ती अवसर पारेर संस्कृति मन्त्रालयले कैलालीका गायक परिमल स्नेही (सुदूरपरिश्चमाञ्चल) नाट्य तथा संगीतका लागि क्षेत्रीय पुरस्कार प्रदान हुन्।।[१]

परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार[सम्पादन गर्नुहोस्]

प्रत्येक वर्ष वितरण गरिदै आएको परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार यस वर्ष बरिष्ट डेउडा गायिका डिक्रादेवी गाइनेलाई प्रदान गरिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]